२०८२ मंसिर २४, बुधबार

विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीपछि ‘राम नाम सत्य’ मा सुपुस्पा भट्ट कंडेलको इन्ट्री

‘काठमाडौ ,जेठ २९ :-The Curtainn Behind Curtainn’ भन्ने ट्यागलाइनसहित सार्वजनिक पोस्टरले रहस्य बढायो

नेपाली फिल्म क्षेत्रमा पुन: सक्रिय भएका एक्शन हिरो विराज भट्ट, लोकप्रिय अभिनेता सुशील श्रेष्ठ, र प्रतिभाशाली अभिनेत्री दिव्या रायमाझी अभिनीत नयाँ नेपाली चलचित्र ‘राम नाम सत्य’ मा अब अर्की अभिनेत्री सुपुस्पा भट्ट कंडेल पनि प्रमुख भूमिकामा देखिने भएकी छन्।

Mycall Entertainment House को ब्यानरमा निर्माण हुन लागेको यो फिल्म Mycall Chand को निर्देशनमा बन्नेछ। ‘The Curtainn Behind Curtainn’ भन्ने रहस्यमय ट्यागलाइनसहित सार्वजनिक गरिएको पोस्टरमा रामको धनुष तानेको चित्र प्रयोग गरिएको छ, जसले फिल्मको विषयवस्तुमा आध्यात्मिकता, रहस्य, र सम्भावित एक्शन मिसिएको संकेत गर्दछ।

फिल्मको पोस्टरमा सुनौलो अक्षरमा लेखिएको ‘राम नाम सत्य’ शीर्षकसँगै गहिरो जङ्गलजस्तो पृष्ठभूमि र कलात्मक प्रतीकहरूको प्रयोग गरिएको छ, जसले दर्शकमा कौतूहलता थपेको छ।

निर्माताहरूमा उपेन्द्र शाही, स्वेता बिमली, र उत्तम गुरुङ छन् भने कार्यकारी निर्मातामा डा. डी.आर. उपाध्याय रहेका छन्। फिल्मका सर्जक, पटकथा लेखक तथा निर्देशक स्वयं मायकल चन्द हुन्।

फिल्मका अन्य प्रमुख टिम सदस्यहरूमा:

सङ्गीत: अर्जुन पोख्रेल, बाबुल गिरी

कथा सल्लाहकार: समाया थापालिया

प्रोडक्सन डिजाइनर: बिदुषी थापा

डिओपी: सुसन प्रजापति

मिडिया समन्वय: विजय आवाज

प्रचार डिजाइन: विजय बस्याल

मुख्य सहायक निर्देशक: आकासु इकेडा

रचनात्मक निर्देशक: निराजन थकुरी

हाल पोस्टर मात्र सार्वजनिक गरिएको भए पनि फिल्मले सामाजिक, धार्मिक र रहस्यमय पृष्ठभूमिमा आधारित कथा प्रस्तुत गर्ने अनुमान लगाइएको छ।

सुपुस्पा भट्ट कंडेलको अन्तिम चरणमा फिल्ममा इन्ट्री भएको जानकारीले फिल्मको कास्टिङ थप आकर्षक बनेको छ। फिल्मको अन्य विवरण चाँडै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।

जनसम्पर्क समिति न्यूज़ील्याण्डद्वारा अधिवेशन तयारी सुरु,

🗓 अकल्याण्ड, न्यूज़ील्याण्ड
✍ अदृश्य संचार संवाददाता

नेपाली जनसम्पर्क समिति न्यूज़ील्याण्डले आसन्न अधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता संकलन अभियान सुरु गरेको छ। संगठनलाई थप सशक्त र लोकतान्त्रिक बनाउने उद्देश्यका साथ समिति नेतृत्वले नेपाली काँग्रेसका सम्पूर्ण समर्थकहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेको हो।

समितिका सभापति बुद्धि सागरले यस अभियानबारे भनाइ दिँदै भने,

“नेपाली जनसम्पर्क समिति प्रवासी नेपालीहरूको साझा मंच हो। हामी सबैको सक्रियताबाट मात्र यो संस्था अझ मजबुत र लोकतान्त्रिक बन्न सक्छ। अधिवेशनलाई सफल बनाउन सबैलाई क्रियाशील सदस्यता फारम भरेर सहभागिता जनाउन आग्रह गर्दछु।”

नेपाली विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय सदस्य रोशन श्रेष्ठले नेपाली काँग्रेसको विचारधारा र संगठनात्मक अनुशासनलाई प्रवासी भूमिमा बलियो बनाउने बेला आएको बताए।
उनले भने,

“नेपाली काँग्रेसको विचारधारामा आस्था राख्ने हामी प्रवासी नेपालीहरूले संगठनप्रति उत्तरदायी बन्नुपर्ने बेला आएको छ। जनसम्पर्क समिति न्यूज़ील्याण्डको अधिवेशन हाम्रो साझा आवाजलाई संगठित गर्ने अवसर हो। क्रियाशील सदस्यता फारममार्फत हामीले लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनेछौं।”

यसैबीच, शंकरदेव क्याम्पसका स्ववियु सदस्य सुलभ हमालले युवाको सहभागिता अनिवार्य भएको बताउँदै छोटकरीमा प्रतिक्रिया दिए,

“प्रवासी भूमिमा युवाहरुको सक्रियता पार्टीलाई नयाँ उचाइमा लैजान सहायक हुन्छ। हामी सबै मिलेर अधिवेशनलाई सफल बनाऔं।”

सम्बन्धित संयोजक वा प्रतिनिधिमार्फत सदस्यता फारम संकलन प्रक्रिया अघि बढाइने जनाइएको छ। अधिवेशनको मिति र विस्तृत कार्यक्रमबारे चाँडै सार्वजनिक जानकारी गराइने समिति स्रोतले जनाएको छ

शिल्पी थिएटरमा मञ्चन हुँदै नाटक ‘डल्ले खोला’, भ्रष्टाचारविरुद्धको सशक्त कथा

काठमाडौँ, जेठ २९ – रंगकर्मी वेदना राईको निर्देशनमा तयार भएको नाटक ‘डल्ले खोला’ शिल्पी थिएटर, बत्तीसपुतलीमा मञ्चन हुँदैछ। नाटक यही जेठ २९ गतेदेखि असार १४ गतेसम्म मञ्चन हुनेछ।

एक थिएटर नेपालको प्रस्तुति रहेको यस नाटकमा कथाकार परशु प्रधानको चर्चित कथा ‘डल्ले खोला’लाई रंगमञ्चमा उतारिएको छ। यो कथा कक्षा ८ को नेपाली पाठ्यक्रममा समेत समावेश छ।

नदीको कथा मार्फत समाजमा नदीकै नाममा भइरहेका भ्रष्टाचारका घटना उजागर गरिने निर्देशक राईले जानकारी दिइन्। “नदीजस्तै बग्ने संवेदना र यसको नाममा दोह्याइने शोषणलाई यस नाटकमार्फत उजागर गर्ने प्रयास गरिएको छ,” उनले भनिन्।

कलाकारहरूको व्यापक सहभागिता

नाटकमा उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईको अभिनय रहनेछ।

सौजन सेनेहाङ निर्माता रहेका नाटकको प्रस्तुति पक्ष बलियो बनाउने प्रयास गरिएको छ।

मञ्चन समय र स्थान

मिति: जेठ २९ गतेदेखि असार १४ गतेसम्म

स्थान: शिल्पी थिएटर, बत्तीसपुतली

समय: मंगलबारबाहेक हरेक दिन साँझ ५:१५ बजे

शनिबार: दिउँसो १ बजे अतिरिक्त सो

शिल्पी थिएटरको वातावरणमै तयार पारिएको ‘डल्ले खोला’ समाजप्रति प्रश्न उठाउने, कलात्मक र विचारोत्तेजक प्रस्तुतिको रूपमा अघि आउन लागेको छ।

निर्देशक कुमार गजुरले को निर्देशन‘जहिले भन्छौ Sorry’ सार्वजनिक

काठमाडौं, जेठ २६ – नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जनाले पुनः ध्यान खिचेको छ। मोडल रमेश रम्तेलको शब्द र अभिनयमा आधारित नयाँ म्युजिक भिडियो ‘जहिले भन्छौ Sorry’ मंगलबार सार्वजनिक भएको छ। भावनात्मक द्वन्द्व र पछुतोपनमा आधारित प्रेम कथा समेटिएको यो भिडियो दर्शकहरूद्वारा मन पराइँदैछ।

कुमार गजुरेलको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा रमेश रम्तेल र चाहना श्रेष्ठबीचको मायाको अन्तरद्वन्द्वलाई समावेश गरिएको छ। पछुतो, गल्ती र माफीको भावलाई समेट्दै प्रस्तुत गरिएको कथा दृश्यगत रूपमा गहिरो र प्रभावशाली देखिन्छ। साथमा सौजन्या श्रेष्ठ, अजीत पाण्डे, र कबिन विष्ट सह-कलाकारको रूपमा देखिएका छन्।

गीतमा लोकप्रिय गायिका एलीना चौहानको सुमधुर स्वर सुन्न सकिन्छ। अर्जुन मिश्रको संगीतमा बनेको यस गीतमा सुरज भुसालले संगीत संयोजन र मिक्सिङ गरेका छन्।

भिडियोको छायांकन दुर्गा श्रेष्ठ, सम्पादन अनिल बिस्ट (प्युठानी) र मेकअप कविता तोलाङीले गरेका हुन्। रायकुमार विष्वकर्मा क्यामेरा असिस्टेन्टको रूपमा संलग्न छन्।

‘जहिले भन्छौ Sorry’ भिडियो Ramesh Ramtel नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ भने अन्य डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध गराइएको छ।

यस म्युजिक भिडियोलाई दर्शक तथा श्रोताहरूले भावनात्मक गहिराइमा छुने प्रयासका लागि विशेष रुचि र प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालहरूमा भिडियोले सकारात्मक चर्चा पाइरहेको छ।

‘सिटामोल’ मार्फत श्री कृष्ण निरौलाको डेब्यु, सौगात मल्लको साथमा नयाँ भरोसा

नेपाली फिल्म ‘सिटामोल’का तीनवटा पोस्टर सार्वजनिक भएसँगै, फिल्मको मुख्य कलाकारमध्ये एक श्री कृष्ण निरौला पनि चर्चामा आएका छन्। धेरै म्युजिक भिडियोमार्फत दर्शकमाझ राम्रो छवि बनाएका श्री कृष्ण निरौलाले यस चलचित्रबाट मुख्य भूमिकामा डेब्यु गर्न लागेका छन्, जुनसँगै नेपाली सिने क्षेत्रमा एक नयाँ अनुहारको उदय हुने अपेक्षा गरिएको छ।

राज बहादुर सानेको निर्देशन र प्रदीप भारद्धाजको लेखनमा तयार भएको यो फिल्मले समाजमा गहिरो रूपमा जरा गाडेका कुसंस्कार र विकृतिमाथि प्रश्न उठाउने उद्देश्य राखेको छ। श्री कृष्णलाई चलचित्रमा अभिनेत्री जानुका विश्वकर्माले साथ दिएकी छन्, जसले दुबैको अभिनय यात्रामा विशेष मोड ल्याउने विश्वास निर्माण पक्षले लिएको छ।

फिल्मको पोस्टरहरूमा सौगात मल्ल, बेनिशा हमाल, र बाल कलाकार करण नेपालीसँगै श्री कृष्ण पनि आफ्नै पात्र अनुरूपको गम्भीर मुद्रामा देखिन्छन्। यो दृश्यले उनको अभिनय क्षमताको झल्को दिने प्रयास गरेको छ।

‘सिटामोल’ साउन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ, जसमा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, करण नेपाली, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायत कलाकारहरूको अभिनय छ।

सिमोस सुनुवारको प्रस्तुति रहेको यो फिल्म तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको हो।

श्री कृष्ण निरौलाको यो डेब्यु फिल्म ‘सिटामोल’ मार्फत नेपाली सिने उद्योगमा नयाँ आशा र भरोसाका साथ गरिन लागेको प्रवेश हो, जुन भविष्यमा थप सशक्त भूमिका निभाउने आधार बन्न सक्छ।

‘एक्लो’ फिल्मका सुनील थापा र एवन राज उप्रेतीको फरक अवतारमा पोस्टर सार्वजनिक

काठमाडौं, जेष्ठ २६ – नेपाली साइन्स फिक्शन फिल्म ‘एक्लो’ का कलाकार सुनील थापा र एवन राज उप्रेतीको चरित्र पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा दुवै कलाकार फरक लुक्समा प्रस्तुत भएका छन्, जसले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाएको छ।

यसअघि फिल्मका अन्य प्रमुख कलाकारहरू प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरी, र जेमी बेकन लगायतको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। फिल्ममा दिया पुन ‘एस्ट्रोनट पुन’ को भूमिकामा देखिने भएकी छिन्, जसले फिल्मको विषयवस्तु साइन्स फिक्शन भएको संकेत दिन्छ।

निर्देशक प्रदीप शाहीको निर्देशनमा निर्माण भइरहेको ‘एक्लो’ को पोस्ट प्रोडक्सन हाल लण्डनमा भइरहेको छ। निर्देशक शाहीले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन् र ‘एक्लो’ लाई अन्तर्राष्ट्रिय स्तरको फिल्म बनाउने लक्ष्यसाथ अगाडि बढिरहेका छन्।

फिल्मले केही साता अघि फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिभलमा स्टल राखी प्रचारप्रसार समेत गरिसकेको छ। त्यसयता फिल्मको चर्चा थप चुलिएको छ। हालसम्म प्रदर्शन मिति तोकिएको छैन भने टीजर चाँडै सार्वजनिक गरिने निर्देशकले बताएका छन्।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती कलाकार जेमी बेकनको अभिनय रहेको छ।

निर्माण पक्ष
फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्।

प्राविधिक पक्ष
छायांकन बाबु श्रेष्ठले गरेका छन्। द्वन्द निर्देशनमा राजु तामाङ, सेट डिजाइनमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा र प्रोडक्सन डिजाइनमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ छन्।

रमेश रम्तेल र चाहना श्रेष्ठको अभिनयमा ‘जहिले भन्छौ Sorry’, भोलि सार्वजनिक हुने

काठमाडौं,जेठ २६,:- नेपाली संगीत क्षेत्रमा नयाँ सिर्जनाले पुनः ध्यान खिचेको छ। मोडेल रमेश रम्तेलको शब्द, अभिनय र कुमार गजुरेलको प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो ‘जहिले भन्छौ Sorry’ भोलि मंगलबार सार्वजनिक हुँदैछ।

कुमार गजुरेलको निर्देशनमा बनेको यो म्युजिक भिडियोले प्रेम, भावनात्मक द्वन्द्व र पछुतोपनको कथा प्रस्तुत गर्नेछ। भिडियोमा रमेश रम्तेलसँगै अभिनेत्री चाहना श्रेष्ठ प्रमुख भूमिकामा देखिनेछन्। पोस्टरमा देखिएको चाहना श्रेष्ठको संवेदनशील र गम्भीर भावले नै गीतको कथावस्तुप्रति दर्शकको चासो बढाएको छ।

यो गीतमा लोकप्रिय गायिका एलीना चौहानको सुमधुर स्वर सुन्न पाइनेछ। संगीत अर्जुन मिश्रको रहेको छ भने संगीत संयोजन र मिक्सिङ सुरज भुसालले गरेका छन्। भिडियोको छायांकन दुर्गा श्रेष्ठले, सम्पादन अनिल बिस्ट (प्युठानी) ले, र मेकअप कविता तोलाङीले गरेका छन्। भिडियोको क्यामेरा एसिस्टेन्टमा रायकुमार विष्वकर्मा छन्।

भिडियोमा रमेश रम्तेल र चाहना श्रेष्ठसँगै सह–कलाकार सौजन्या श्रेष्ठ, अजीत पाण्डे र कबिन बिस्ट पनि भिडियोमा देखिनेछन्।

‘जहिले भन्छौ Sorry’ Ramesh ramtel युट्युब लगायत अन्य डिजिटल प्ल्याटफर्म बाट सार्वजनिक हुने तयारीमा छ।

नेपाली म्युजिक भिडियोको भावनात्मक गहिराइमा उतार्ने प्रयास गरिएको यस भिडियोप्रति दर्शक तथा श्रोतामा विशेष उत्साह देखिएको छ।

‘सिटामोल’ले उठायो समाजभित्रको मौन पीडा, तीन पोस्टर सार्वजनिक

काठमाडौ ,जेठ २६,निर्देशक राज बहादुर सानेको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘सिटामोल’का तीनवटा नयाँ पोस्टर सार्वजनिक भएका छन्, जसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।

पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल, र बाल कलाकार करण नेपाली भावुक मुद्रामा प्रस्तुत छन्, जुन दृश्यले परिवारबीचको भावनात्मक सम्बन्धको आभास दिन्छ। दोस्रो पोस्टरमा भने सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, र लोकेन्द्र लेखक पनि देखिन्छन्, आ–आफ्नो पात्र अनुरूपको मूडमा। तेस्रो पोस्टरमा भने केवल सौगात मल्ललाई देखाइएको छ, जहाँ उनी बैशाखीको सहारामा निराश मुद्रामा हिँडिरहेका देखिन्छन्।

साउन २३ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा सौगात, बेनिशा, श्रीकृष्ण, जानुका र करणसँगै लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, र बाल कलाकार आराध्या राज्यलक्ष्मी डिसीको समेत अभिनय रहेको छ।

फिल्म ‘सिटामोल’ले नेपाली समाजमा गहिरो गरी बसेका परम्परागत सोच, विकृति र कुसंस्कारमाथि प्रश्न उठाउने उद्देश्य राखेको निर्माण पक्षको भनाइ छ। निर्देशक साने र लेखक प्रदीप भारद्धाजको लेखनमा तयार भएको कथाले जनजीवनका वास्तविकता चित्रण गर्ने प्रयास गरेको बताइएको छ।

तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको यस सिनेमामा सिमोस सुनुवारको प्रस्तुती, भूगोल कुमार कार्की र विकास राज जोशीको निर्माण, अप्सरा नेपाली, अजय मल्ल, र कुमार केसी कार्यकारी निर्माताको रूपमा रहेका छन्। सह-निर्माता गंगाराम श्रेष्ठ हुन्।

प्राविधिक पक्षमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानद्वारा गरिएको डिआई कलर, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालद्वारा डिजाइन गरिएको पोस्टर, र दिव्य सुवेदीको छायांकन रहेको छ। साथै विकास तामाङ र धनबहादुर राई प्रोडक्सन म्यानेजरका रूपमा छन्।

Hiphop लाई समाजको ऎना बनाउँदै: नुवाकोटका र्‍यापर सागर सुनारको प्रेरणादायी यात्रा

काठमाडौं:- नेपाली हिपहपको भूमिमा दिनानुदिन नयाँ स्वरहरू उदाउँदैछन्। यिनै स्वरहरूमध्ये एक हुन् — नुवाकोट लिखु गाउँपालिका–६ थान्सिङका युवा र्‍यापर सागर सुनार, जसले जीवनको कठिनाइलाई गीतमा ढालेका छन् र समाज परिवर्तनको सपना बोकेका छन्।

२०५४ साल माघ १४ गते जन्मिएका सागरको बाल्यकाल सामान्य गाउँले परिवेशमा बित्यो। सानैदेखि कविता र गीतसंगीतमा रुचि राख्ने उनले समाजका विकृति–विसङ्गतिहरू चिर्न खोज्ने प्रयास कविता लेखनबाट सुरु गरे। बिस्तारै यिनै कविताले हिपहप र्‍यापको रूप लिन थाल्यो।

नेपालका चर्चित र्‍यापर यम बुद्धबाट प्रेरणा लिएका सागरले स्कुले कार्यक्रममा र्‍याप प्रस्तुत गर्न थाले। हिपहप के हो? यसको इतिहास के हो? भन्ने जिज्ञासाले उनलाई अझै खोजीमा लग्यो। जब उनी काठमाडौं आए, जीवनको कठिन यात्रा अझै गहिरो बन्यो।

काम गर्दै, पढ्दै, र्‍याप गाउने यो युवा कहिलेकाहीं भोकै सुते; पैसा अभावले कलेज टुरसमेत रद्द गर्नु पर्‍यो। मुर्ति बनाउने कामदेखि होटेलमा भाँडा माझ्नेसम्मका काम गर्दै पनि उनले हिपहपलाई कहिल्यै छोडेनन्।

२०७३ सालमा काठमाडौं प्रवेश गरेका सागरले प्रभात कलेज ग्वार्कोमा ११–१२ कक्षा पढे। पढाइसँगै काम र र्‍यापलाई पनि सँगसँगै अघि बढाए। उनका र्‍यापहरूमा समाजका यथार्थ समस्या — जातीय भेदभाव, बलात्कार, गरिबी, बाध्यता — स्पष्ट देखिन्छ।

‘Hiphop समाजको ऐना हो’ भन्ने दृढ विश्वास बोकेका सागरले हालसम्म “संघर्ष”, “अस्मिता गायब”, “किसान”, “आमा”, “बाध्यता” जस्ता गीतहरू सार्वजनिक गरिसकेका छन्। यी गीतहरूले सामाजिक सन्देश दिनुका साथै सकारात्मक ऊर्जा पनि बोकेको उनले बताउँछन्।

आज उनी नेपालटारमा बसोबास गर्दै, संगीतसँगै सुनको काम, अन्तरवार्ता, स्टेज शो र पोडकास्टमा समेत व्यस्त छन्। उनका प्रयासहरूलाई कदर गर्दै उनी “जलजला राष्ट्रिय म्युजिक तथा फिल्म अवार्ड २०८०”, “आदर्श राष्ट्रिय अवार्ड २०८१”, “जिनियस म्युजिक अवार्ड २०८०” र “दोश्रो सांस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड” मा उत्कृष्ट र्‍यापरको रूपमा सम्मानित भइसकेका छन्।

सागर सुनार, जसको जीवन एउटा संघर्षको कथा हो — उनी हिपहपमार्फत समाज रूपान्तरणको सपना देखिरहेका छन्। उनको सन्देश स्पष्ट छ — “र्‍याप केवल रमाइलोको माध्यम होइन, यो परिवर्तनको स्वर हो।”

पोखरामा ‘महानायक’को तामझाम: राजेश हमालको क्रेज यथावत्, ‘नरसिंहाः अवतार’को प्रचार आक्रामक बन्दै

पोखरा, जेठ २१ –
नेपाली फिल्मका ‘महानायक’ राजेश हमाल अहिले देश दौडाहामा व्यस्त छन् । चलचित्र ‘नरसिंहाः अवतार’ को प्रचारप्रसारलाई थप बलियो बनाउन हमाल फिल्मको टिमसहित मंगलबार पोखरा पुगेका थिए । फिल्म रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको ऊर्जा उस्तै देखिएको छ ।

पोखरामा उनले दिनभर विभिन्न कार्यक्रममार्फत दर्शकहरूसँग प्रत्यक्ष संवाद गरे । बिहान कोटी होममा आयोजित एक कार्यक्रममा हमालले झन्डै १ घन्टा बिताए, जहाँ उनले जीवन, दर्शन, धर्म र मनोरञ्जनबारे आफ्ना विचार साझा गरे । हमालका प्रेरणादायी भनाइले पोखरेली दर्शकहरुलाई गहिरो प्रभाव पारेको थियो।

त्यसपछि हमाल मिडटाउन सिनेमाज र क्यूएफएक्स हल पुगे । हलमा पुगेका हमालले दर्शकहरूसँग फोटो खिचे, स्टेजमा नाचे र चलचित्रबारे प्रतिक्रिया पनि संकलन गरे। दर्शकसँगको आत्मीय भेटघाटले हलको माहोल उत्सवजस्तै बनेको थियो।

फिल्मको प्रचारका लागि पोखरा पुगेको टोलीमा नायक राज कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी तथा वितरक छविराज ओझा पनि सहभागी थिए। टिमलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो।

‘नरसिंहाः अवतार’ दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको हो। फिल्ममा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन र दीपक प्रसाद ढकालको लगानी रहेको छ। जेठ ९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले प्रचारमार्फत लगातार दर्शकको ध्यान तानिरहेको छ।

राजेश हमालको यो सक्रियता नेपाली फिल्म प्रचारको नयाँ उचाइको प्रतीक मानिएको छ।