निर्देशक कुमार गजुरले को निर्देशन‘जहिले भन्छौ Sorry’ सार्वजनिक

काठमाडौं, जेठ २६ – नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जनाले पुनः ध्यान खिचेको छ। मोडल रमेश रम्तेलको शब्द र अभिनयमा आधारित नयाँ म्युजिक भिडियो ‘जहिले भन्छौ Sorry’ मंगलबार सार्वजनिक भएको छ। भावनात्मक द्वन्द्व र पछुतोपनमा आधारित प्रेम कथा समेटिएको यो भिडियो दर्शकहरूद्वारा मन पराइँदैछ।

कुमार गजुरेलको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा रमेश रम्तेल र चाहना श्रेष्ठबीचको मायाको अन्तरद्वन्द्वलाई समावेश गरिएको छ। पछुतो, गल्ती र माफीको भावलाई समेट्दै प्रस्तुत गरिएको कथा दृश्यगत रूपमा गहिरो र प्रभावशाली देखिन्छ। साथमा सौजन्या श्रेष्ठ, अजीत पाण्डे, र कबिन विष्ट सह-कलाकारको रूपमा देखिएका छन्।

गीतमा लोकप्रिय गायिका एलीना चौहानको सुमधुर स्वर सुन्न सकिन्छ। अर्जुन मिश्रको संगीतमा बनेको यस गीतमा सुरज भुसालले संगीत संयोजन र मिक्सिङ गरेका छन्।

भिडियोको छायांकन दुर्गा श्रेष्ठ, सम्पादन अनिल बिस्ट (प्युठानी) र मेकअप कविता तोलाङीले गरेका हुन्। रायकुमार विष्वकर्मा क्यामेरा असिस्टेन्टको रूपमा संलग्न छन्।

‘जहिले भन्छौ Sorry’ भिडियो Ramesh Ramtel नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ भने अन्य डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध गराइएको छ।

यस म्युजिक भिडियोलाई दर्शक तथा श्रोताहरूले भावनात्मक गहिराइमा छुने प्रयासका लागि विशेष रुचि र प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालहरूमा भिडियोले सकारात्मक चर्चा पाइरहेको छ।

Share Post on Social media