२०८२ असार ३०, सोमवार

‘सुम्निमा’ मा कुन्साङ र उपासना जोडी, निर्देशक मिलन चाम्सको नयाँ प्रेमकथा

काठमाडौं, साउन २९:-फरक-फरक शैलीका सफल चलचित्रहरू निर्देशन गरेर नेपाली फिल्म क्षेत्रमा आफ्नो पृथक पहिचान बनाइसकेका निर्देशक मिलन चाम्स अब नयाँ प्रेमकथात्मक चलचित्र ‘सुम्निमा’ को तयारीमा जुटिरहेका छन्। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा बन्न लागेको चलचित्रमा नव–अभिनेता कुन्साङ बमजन मुख्य भूमिकामा अनुबन्ध भएका छन्।

चलचित्र ‘सुम्निमा’ मार्फत डेब्यु गर्न लागेका कुन्साङ बमजनले निर्देशक चाम्सको फिल्ममा अभिनय गर्न पाउनु आफैंमा गर्वको विषय भएको प्रतिक्रिया दिएका छन्। उनले “यो मेरो लागि सपना पूरा जस्तै हो। निर्देशक चाम्सजस्तो अनुभवी व्यक्तिसँग काम गर्न पाउनु सौभाग्य हो। म दिलोज्यानले मेहनत गरेर आफ्नो क्षमताको प्रमाण दिन चाहन्छु,” भन्दै उत्साह व्यक्त गरेका छन्।

चलचित्रकी मुख्य अभिनेत्रीको रूपमा उपासना सिंह ठकुरी अनुबन्ध भइसकेकी छन्। कुन्साङ र उपासनाको नयाँ जोडी दर्शकको लागि नयाँ स्वाद र उत्सुकताको विषय बन्ने विश्वास लिइएको छ।

चलचित्र ‘सुम्निमा’ को शीर्षक सुन्दा नारी केन्द्रित लागे पनि निर्देशक चाम्सका अनुसार यो शुद्ध प्रेमकथामा आधारित फिल्म हुनेछ। उनले भने, “फिल्मको नाम नेपाली संस्कार, भाव र सौन्दर्य बोकेको छ, तर कथा प्रेममा केन्द्रित हुनेछ। यसको प्रस्तुति इन्टरनेशनल लेभलको बनाउने तयारीमा छौं।”

राजीव थापाको लेखनमा तयार हुँदै गरेको चलचित्रको छायांकन आगामी अगस्टमा नेपाल र लण्डनमा गरिने निर्देशक चाम्सले जानकारी दिएका छन्। हाल चलचित्रको अन्य कलाकार तथा प्राविधिक टोली छनोटको प्रक्रिया जारी रहेको छ।

यसबाहेक चाम्सद्वारा निर्देशित पछिल्लो चलचित्र ‘अञ्जिला’ ले नेपाली बायोपिक फिल्ममा सबैभन्दा बढी व्यापार गर्ने रेकर्ड बनाएको थियो, जसले बक्स अफिसमा ब्लकबस्टर सफलता हासिल गरेको थियो।

दिया पुन ‘मैझारो’मा अनुबन्धित, विल्सन विक्रम राईको निर्देशनमा बन्ने फिल्म

काठमाडौं — अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने नयाँ फिल्म ‘मैझारो’ मा अभिनेत्री दिया पुन पनि अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।

यसअघि नै अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुबन्धित भइसकेका थिए। अब मुख्य तीन पात्रका रूपमा धिरज, मिरुना र दियाको टिम फाइनल भएपछि फिल्मको कलाकारहरूको सूची क्रमशः विस्तार हुँदै गएको छ।

निर्देशक राईले भने, “कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं। अन्य कलाकार पनि छानिँदैछन्।” निर्माण टिमका अनुसार केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्नेछ।

‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा बोकेको फिल्म हो। साउन पहिलो साताबाट छायांकन सुरु हुने फिल्म ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने बताइएको छ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन् भने गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङकै स्वर रहनेछ। छायांकनको जिम्मा चर्चित छायाँकार सौरभ लामाले लिएका छन्।

निर्देशक राईका अनुसार ‘मैझारो’ लेखन र निर्देशन दुवैमा उनको डेब्यु फिचर फिल्म हो। यसअघि तक्मे प्रोडक्सनले हास्य सामग्री र सांगीतिक प्रस्तुति निर्माण गर्दै आएको भए पनि, यो कम्पनीको पहिलो ठुलो पर्दाको फिचर फिल्म हुनेछ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवालको इन्ट्री

काठमाडौं:-अदृश्य संचार ,नेपाली चलचित्र उद्योगमा छुट्टै पहिचान बनाएका निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को औपचारिक घोषणा गरेका छन्। फरक शीर्षकसहित दर्शकमा चासो जगाउने प्रयासस्वरूप निर्माण हुन लागेको यस फिल्ममा सामीप्यराज तिमिल्सिनाको पटकथा रहनेछ भने कार्यकारी निर्माता श्रीधर पौडेल रहनेछन्।

सन् २०७५ मा आएको ‘गोपी’ पछि लामो समयपछि पत्रकारिताबाट फिल्म क्षेत्रमा आएका तिनै टिम पुनः सहकार्य गर्न लागेका हुन्।

फिल्ममा हालसम्म अभिनेता राज कटुवाल मात्र फाइनल भएका छन्। उनी यसअघि ‘नरसिंहा अवतार’ जस्ता फिल्ममार्फत दर्शक माझ आइसकेका छन्। निर्देशक लामाका अनुसार अन्य कलाकार छनोटको प्रक्रिया टुंगिन बाँकी छ।

‘कटुवालको पात्र स्क्रिप्टसँग मिल्दो भएकाले उनलाई अनुबन्धित गरिएको हो,’
निर्देशक लामाले बताए,
‘बाँकी कलाकार पनि कथा र चरित्रको प्रकृति हेरेर नै छानिनेछन्।’

फिल्मको कथावस्तु

लेखक सामीप्यराज तिमिल्सिनाका अनुसार ‘मुनामदनको ब्रेकअप’ ग्रामीण परिवेशमा आधारित प्रेमकथा हुनेछ।

‘फिल्ममा पछिल्लो समय प्रचलित प्रेमकथाभन्दा पृथक स्वाद पाइनेछ,’
तिमल्सेनाले भने,
‘दर्शक हलसम्म ल्याउन कठिन भएको यो समयमा हामी पटकथालाई अझ जीवन्त बनाउनमा केन्द्रित छौं।’

अभिनय र निर्माण पक्ष

राज कटुवाल यो फिल्मलाई लिएर उत्साहित छन्।

‘यो भूमिकाले मलाई कलाकारका रूपमा अझ निखारिने मौका दिनेछ,’
उनले बताए,
‘यस पटकको भूमिका चुनौतीपूर्ण छ र म त्यसका लागि तयारीमा छु।’

कार्यकारी निर्माता श्रीधर पौडेलका अनुसार फिल्मको छायांकन कास्की जिल्लाको ग्रामीण क्षेत्रहरूमा गरिनेछ।

‘स्क्रिप्ट र प्रिप्रोडक्सन चरण पूरा भएपछि मात्रै छायांकन सुरु गर्ने योजना छ,’
पौडेलले जानकारी दिए,
‘हामी दर्शकलाई सशक्त र फरक स्वादको सिनेमाटिक अनुभव दिन चाहन्छौं।’

निर्देशकको अनुभव

‘घामपानी’ बाट निर्देशन यात्रा सुरु गरेका दीपेन्द्र लामाले ‘दुखी आत्मा’ सहित ६ वटा फिल्म निर्देशन गरिसकेका छन्। नयाँ फिल्मलाई उनले मनोरञ्जक र विचारपूर्ण शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेका छन्।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवालको इन्ट्री

काठमाडौं:-अदृश्य संचार ,नेपाली चलचित्र उद्योगमा छुट्टै पहिचान बनाएका निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को औपचारिक घोषणा गरेका छन्। फरक शीर्षकसहित दर्शकमा चासो जगाउने प्रयासस्वरूप निर्माण हुन लागेको यस फिल्ममा सामीप्यराज तिमिल्सिनाको पटकथा रहनेछ भने कार्यकारी निर्माता श्रीधर पौडेल रहनेछन्।

सन् २०७५ मा आएको ‘गोपी’ पछि लामो समयपछि पत्रकारिताबाट फिल्म क्षेत्रमा आएका तिनै टिम पुनः सहकार्य गर्न लागेका हुन्।

फिल्ममा हालसम्म अभिनेता राज कटुवाल मात्र फाइनल भएका छन्। उनी यसअघि ‘नरसिंहा अवतार’ जस्ता फिल्ममार्फत दर्शक माझ आइसकेका छन्। निर्देशक लामाका अनुसार अन्य कलाकार छनोटको प्रक्रिया टुंगिन बाँकी छ।

‘कटुवालको पात्र स्क्रिप्टसँग मिल्दो भएकाले उनलाई अनुबन्धित गरिएको हो,’
निर्देशक लामाले बताए,
‘बाँकी कलाकार पनि कथा र चरित्रको प्रकृति हेरेर नै छानिनेछन्।’

फिल्मको कथावस्तु

लेखक सामीप्यराज तिमिल्सिनाका अनुसार ‘मुनामदनको ब्रेकअप’ ग्रामीण परिवेशमा आधारित प्रेमकथा हुनेछ।

‘फिल्ममा पछिल्लो समय प्रचलित प्रेमकथाभन्दा पृथक स्वाद पाइनेछ,’
तिमल्सेनाले भने,
‘दर्शक हलसम्म ल्याउन कठिन भएको यो समयमा हामी पटकथालाई अझ जीवन्त बनाउनमा केन्द्रित छौं।’

अभिनय र निर्माण पक्ष

राज कटुवाल यो फिल्मलाई लिएर उत्साहित छन्।

‘यो भूमिकाले मलाई कलाकारका रूपमा अझ निखारिने मौका दिनेछ,’
उनले बताए,
‘यस पटकको भूमिका चुनौतीपूर्ण छ र म त्यसका लागि तयारीमा छु।’

कार्यकारी निर्माता श्रीधर पौडेलका अनुसार फिल्मको छायांकन कास्की जिल्लाको ग्रामीण क्षेत्रहरूमा गरिनेछ।

‘स्क्रिप्ट र प्रिप्रोडक्सन चरण पूरा भएपछि मात्रै छायांकन सुरु गर्ने योजना छ,’
पौडेलले जानकारी दिए,
‘हामी दर्शकलाई सशक्त र फरक स्वादको सिनेमाटिक अनुभव दिन चाहन्छौं।’

निर्देशकको अनुभव

‘घामपानी’ बाट निर्देशन यात्रा सुरु गरेका दीपेन्द्र लामाले ‘दुखी आत्मा’ सहित ६ वटा फिल्म निर्देशन गरिसकेका छन्। नयाँ फिल्मलाई उनले मनोरञ्जक र विचारपूर्ण शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेका छन्।

एलीना चौहान र पवन परियारको स्वरमा नयाँ लोकपप गीत ‘सिस्नो ले पोल्यो’ सार्वजनिक

काठमाडौ :- असार २९,चर्चित गायिका एलीना चौहान र गायक पवन परियारको सुमधुर स्वरमा सजिएको नयाँ लोकपप गीत ‘सिस्नो ले पोल्यो’ सार्वजनिक गरिएको छ। गीत शुक्रबार ‘टिआर सिरिज’ युट्युब च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक भएको हो।

गीतमा तुलाराम लामिछाने र पवन परियारकै शब्द संयोजन रहेको छ भने संगीत पनि पवन परियारले नै तयार गरेका हुन्। लोक भावनालाई आधुनिक संगीतसँग मिसाएर तयार पारिएको यस गीतमा करिश्मा शाही, सुमन योगी लगायत कलाकारको अभिनय देख्न सकिन्छ।

“सिस्नोले पोल्यो” भन्ने प्रतीकात्मक अभिव्यक्तिमार्फत गीतले पहाडी गाउँको परिवेश, प्रेम र पीडाको कथा प्रस्तुत गरेको छ। एलीना चौहानको मिठास भरिएको स्वर र पवन परियारको दमदार गायनले गीतलाई भावुक र प्रभावशाली बनाएको छ।

गीतको कोरियोग्राफी तथा निर्देशन सुरेश पाण्डेले गरेका हुन्। देव दोर्जे लामाको छायांकन र अनिल बिष्ट प्युठानीको सम्पादन रहेको भिडियोले दर्शक स्रोतामाझ उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ।

लोकपप शैलीमा नयाँ स्वाद थप्ने प्रयासस्वरूप तयार पारिएको यो गीतले नेपाली संगीत क्षेत्रलाई अझ विविध र समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘जहाजैमा’मा वर्षा सिवाकोटी अनुबन्धित, फागुन १ गतेदेखि देशव्यापी प्रदर्शन

काठमाडौं — निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार एक कार्यक्रममार्फत् उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।

फिल्ममा अनुबन्ध भएपछि अभिनेत्री सिवाकोटीले कथा र टिम मन परेकाले काम गर्न सहमति जनाएकी हुन्। साथै, उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन्।

यसअघि नै केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया फिल्ममा अनुबन्धित भइसकेका छन्। अन्य कलाकारहरूको चयन अन्तिम चरणमा रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् भने छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्। फिल्म उज्ज्वल गुरागाईंको निर्माणमा यूएनए प्रोडक्सनको ब्यानरमा तयार हुँदैछ, जसमा केपी फिल्म्सले सहकार्य गरेको छ।

फिल्मको छायांकन भदौ महिनाबाट जापानमा सुरु हुने बताइएको छ। नेपाल, जापान र फिलिपिन्सका विभिन्न स्थानमा छायांकन हुने फिल्मको प्रि-प्रोडक्सन तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।

निर्माण टिमले छायांकन सुरु हुनुअघि नै फिल्मको प्रदर्शन मिति समेत सार्वजनिक गरिसकेको छ। आर.आर फिल्म्ससँग सहकार्य गर्दै फिल्म फागुन १ गतेदेखि देशभर प्रदर्शनमा ल्याइने छ। वितरणको जिम्मेवारी आर.आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले सम्हाल्नेछन्।

गुरु पूर्णिमामा घोषणा : नवीन पन्तको निर्देशनमा नयाँ नेपाली फिल्म ‘बाकस’ आउने

काठमाडौं — गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली चलचित्र ‘बाकस’ को घोषणा गरिएको छ। पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने यस फिल्मको निर्देशन नवीन पन्तले गर्नेछन्। कथा लेखन पनि निर्देशक पन्त स्वयंले गरेका हुन्।

नेपाली परिवेशमा आधारित ‘बाकस’ नेपाल तथा विदेशका विभिन्न लोकेसनमा छायांकन गरिने तयारीमा रहेको छ। निर्माण पक्षका अनुसार फिल्मको स्क्रिप्ट लेखन अन्तिम चरणमा छ भने चाँडै कलाकार तथा प्राविधिकहरूको टिम घोषणा गरिनेछ।

फिल्ममा चर्चित गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीतहरू समावेश हुनेछन्। तिहारपछि छायांकन सुरु गर्ने लक्ष्य राखिएको ‘बाकस’ २०८३ सालमा प्रदर्शन गर्ने तयारीमा रहेको छ।

‘दान्भी’ पछि निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’को घोषणा

काठमाडौं, असार २७, २०८२ :-निर्देशक रुपेश तामाङले आफ्नो नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको औपचारिक घोषणा गरेका छन्। गत वर्षको फिल्म ‘दान्भी’ निर्देशन गरेका रुपेशले यसपटक झनै सशक्त कथावस्तु, एक्सन र सस्पेन्सलाई आधार बनाएर फिल्म बनाउन लागेका हुन्।

‘एक्का तीन–च्याप्टर १’ शीर्षक दिइएको यो फिल्मलाई जुना फिल्म्सको प्रस्तुति रहनेछ भने सुमन गजमेरले फिल्मको लेखन गर्नेछन्। फिल्म सन् २०२६ मा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

सार्वजनिक गरिएको थिम पोस्टरमा हेलिकप्टर, ठूलो विष्फोट, र तीन जना पात्र (दुई पुरुष र एक महिला) देख्न सकिन्छ। यसले फिल्मको कथा एक्सन र रहस्यमा भरिएको संकेत गर्छ।

फिल्ममा नायिका पूजा शर्माको मुख्य भूमिका रहने पक्का भइसकेको छ भने अन्य कलाकारको विवरण छिट्टै सार्वजनिक गरिने बताइएको छ।

निर्देशक रुपेश तामाङका अनुसार, ‘एक्का तीन’ उनको अघिल्लो अनुभवको सुधारसहितको प्रस्तुति हुनेछ। उनले भने, “मैले अघिल्ला प्रोजेक्टमा भएका कमीकमजोरीलाई गम्भीरतापूर्वक बुझेको छु। अबको यो फिल्ममा दर्शकले नयाँ स्वाद पाउनेछन्।”

हाल फिल्मको प्रि–प्रोडक्सन तीव्र गतिमा भइरहेको छ भने छायांकन चाँडै सुरु हुने तयारीमा छ।

‘एक्का तीन’लाई ‘च्याप्टर १’ भनेर उल्लेख गरिनुले यसको दोस्रो भाग पनि निर्माण हुने संकेत गरिएको छ।

सुदूरपश्चिमको मौलिक देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

काठमाडौं :-सुदूरपश्चिमको मौलिक लय, संस्कृति र जीवनशैलीलाई समेटिएको नयाँ देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक गरिएको छ। गायक रोशन टमट्टा र गायिका संगीता बडुवालको स्वरमा रहेको गीतले आधुनिक सन्देशलाई लोकशैलीको माध्यमबाट प्रस्तुत गरेको छ।

गीतका शब्द र संगीत संगीता बडुवाल स्वयंले तयार गरेकी हुन् भने दीपक संगम बि.सी.ले संगीत संयोजन गरेका छन्। देउडा शैलीमा आधारित यो गीतको भिडियो पनि उत्तिकै आकर्षक र सांगीतिक रङमा रंगिएको छ।

गीतको भिडियोमा दीपक संगम बि.सी., मिराज विक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालको अभिनय रहेको छ। भिडियोको निर्देशन तथा नृत्य निर्देशन मिराज विक्रम सिंहले गरेका छन्। छायांकन तथा रंग संयोजन अमित बीकेले गरेका हुन् भने सम्पादन राजेश बोहराले गरेका छन्।

सामाजिक सन्देश बोकेको यो गीत शैली, लय र प्रस्तुतिकरणको दृष्टिले उत्कृष्ट रहेको भन्दै देउडा गीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ। गीत गायक रोशन टमट्टाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

अभिनेता हमालले उद्घाटन गरे ‘सि–कार’, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

काठमाडौं, नक्साल —
नेपालको प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी सम्पूर्ण सेवा एकै थलोमा प्रदान गर्ने उद्देश्यले ‘सि–कार’ नामक सुविधा सम्पन्न अटो सेन्टर सञ्चालनमा आएको छ।

महानायक राजेश हमालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमबीच सि–कारको औपचारिक उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा बोल्दै हमालले एउटै स्थानमा यति धेरै सेवा उपलब्ध हुनु उपभोक्ताका लागि समय र खर्च दुवैको बचत हुने उल्लेख गरे। उनले सि–कारजस्ता नविन मोडलहरूले नेपाली अटोमोबाइल क्षेत्रमै नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

सवारीसाधनका सम्पूर्ण सेवा एउटै परिसरमा
सि–कारमा नयाँ तथा सेकेन्ड ह्यान्ड गाडीहरूको शोरुम, सवारी पार्ट्स तथा एस्सेसरिज पसल, सवारी एक्सचेञ्ज सेवा, बीमा सुविधा, क्याफे तथा रेस्टुरेन्ट लगायतका सेवा उपलब्ध छन्।

संस्थापक रोशन घिमिरेका अनुसार सि–कारले उपभोक्तालाई सवारी क्षेत्रसँग सम्बन्धित अधिकतम सेवा एउटै छानामुनि प्रदान गर्ने लक्ष्य राखेको छ।

विद्युतीय सवारी र द्रुत चार्जिङ स्टेसन
विद्युतीय सवारीको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सि–कारले एकैपटक आधा दर्जनभन्दा बढी सवारी चार्ज गर्न सकिने द्रुत चार्जिङ स्टेशनसमेत सञ्चालनमा ल्याएको छ। विशेष गरी BYD ब्रान्डको नयाँ शोरुम सि–कारको मुख्य आकर्षणमध्ये एक हो।

ग्राहकमैत्री सुविधा र वारेन्टी सेवा
सेकेन्ड ह्यान्ड गाडी खरिद गर्ने ग्राहकलाई सि–कारले ३ महिनासम्मको वारेन्टी सुविधा प्रदान गर्दै आएको छ। साथै, बीमा सेवा लिने ग्राहकको बिलबुक नवीकरण निःशुल्क गरिने व्यवस्था गरिएको छ।

सदस्यता योजना र प्वाइन्ट सिस्टम
कम्पनीले विभिन्न वर्गीकरणमा सदस्यता योजना पनि ल्याएको छ, जसअनुसार सेवाको प्रयोग गर्दा प्वाइन्ट संकलन गर्न सकिनेछ र विभिन्न सेवामा छुट प्राप्त हुनेछ।

चार रोपनी क्षेत्रफल र ५० जना रोजगारी
करीब चार रोपनी क्षेत्रफलमा फैलिएको सि–कारले हाल ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। कम्पनीले भविष्यमा थप सेवा विस्तार गर्दै जाने योजना बनाएको छ।

निष्कर्ष
सवारीसाधनका विविध पक्षलाई एकै स्थानमा समेटेर प्रस्तुत गरिएको ‘सि–कार’ नेपाली अटो क्षेत्रको व्यावसायिकता, नविन सोच र ग्राहक–केन्द्रित सेवाको उत्कृष्ट उदाहरण बनेको देखिन्छ।