शिल्पी थिएटरमा मञ्चन हुँदै नाटक ‘डल्ले खोला’, भ्रष्टाचारविरुद्धको सशक्त कथा

काठमाडौँ, जेठ २९ – रंगकर्मी वेदना राईको निर्देशनमा तयार भएको नाटक ‘डल्ले खोला’ शिल्पी थिएटर, बत्तीसपुतलीमा मञ्चन हुँदैछ। नाटक यही जेठ २९ गतेदेखि असार १४ गतेसम्म मञ्चन हुनेछ।
एक थिएटर नेपालको प्रस्तुति रहेको यस नाटकमा कथाकार परशु प्रधानको चर्चित कथा ‘डल्ले खोला’लाई रंगमञ्चमा उतारिएको छ। यो कथा कक्षा ८ को नेपाली पाठ्यक्रममा समेत समावेश छ।

नदीको कथा मार्फत समाजमा नदीकै नाममा भइरहेका भ्रष्टाचारका घटना उजागर गरिने निर्देशक राईले जानकारी दिइन्। “नदीजस्तै बग्ने संवेदना र यसको नाममा दोह्याइने शोषणलाई यस नाटकमार्फत उजागर गर्ने प्रयास गरिएको छ,” उनले भनिन्।
कलाकारहरूको व्यापक सहभागिता
नाटकमा उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईको अभिनय रहनेछ।
सौजन सेनेहाङ निर्माता रहेका नाटकको प्रस्तुति पक्ष बलियो बनाउने प्रयास गरिएको छ।
मञ्चन समय र स्थान
मिति: जेठ २९ गतेदेखि असार १४ गतेसम्म
स्थान: शिल्पी थिएटर, बत्तीसपुतली
समय: मंगलबारबाहेक हरेक दिन साँझ ५:१५ बजे
शनिबार: दिउँसो १ बजे अतिरिक्त सो
शिल्पी थिएटरको वातावरणमै तयार पारिएको ‘डल्ले खोला’ समाजप्रति प्रश्न उठाउने, कलात्मक र विचारोत्तेजक प्रस्तुतिको रूपमा अघि आउन लागेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्