विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीपछि ‘राम नाम सत्य’ मा सुपुस्पा भट्ट कंडेलको इन्ट्री

‘काठमाडौ ,जेठ २९ :-The Curtainn Behind Curtainn’ भन्ने ट्यागलाइनसहित सार्वजनिक पोस्टरले रहस्य बढायो
नेपाली फिल्म क्षेत्रमा पुन: सक्रिय भएका एक्शन हिरो विराज भट्ट, लोकप्रिय अभिनेता सुशील श्रेष्ठ, र प्रतिभाशाली अभिनेत्री दिव्या रायमाझी अभिनीत नयाँ नेपाली चलचित्र ‘राम नाम सत्य’ मा अब अर्की अभिनेत्री सुपुस्पा भट्ट कंडेल पनि प्रमुख भूमिकामा देखिने भएकी छन्।

Mycall Entertainment House को ब्यानरमा निर्माण हुन लागेको यो फिल्म Mycall Chand को निर्देशनमा बन्नेछ। ‘The Curtainn Behind Curtainn’ भन्ने रहस्यमय ट्यागलाइनसहित सार्वजनिक गरिएको पोस्टरमा रामको धनुष तानेको चित्र प्रयोग गरिएको छ, जसले फिल्मको विषयवस्तुमा आध्यात्मिकता, रहस्य, र सम्भावित एक्शन मिसिएको संकेत गर्दछ।

फिल्मको पोस्टरमा सुनौलो अक्षरमा लेखिएको ‘राम नाम सत्य’ शीर्षकसँगै गहिरो जङ्गलजस्तो पृष्ठभूमि र कलात्मक प्रतीकहरूको प्रयोग गरिएको छ, जसले दर्शकमा कौतूहलता थपेको छ।
निर्माताहरूमा उपेन्द्र शाही, स्वेता बिमली, र उत्तम गुरुङ छन् भने कार्यकारी निर्मातामा डा. डी.आर. उपाध्याय रहेका छन्। फिल्मका सर्जक, पटकथा लेखक तथा निर्देशक स्वयं मायकल चन्द हुन्।
फिल्मका अन्य प्रमुख टिम सदस्यहरूमा:
सङ्गीत: अर्जुन पोख्रेल, बाबुल गिरी
कथा सल्लाहकार: समाया थापालिया
प्रोडक्सन डिजाइनर: बिदुषी थापा
डिओपी: सुसन प्रजापति
मिडिया समन्वय: विजय आवाज
प्रचार डिजाइन: विजय बस्याल
मुख्य सहायक निर्देशक: आकासु इकेडा
रचनात्मक निर्देशक: निराजन थकुरी
हाल पोस्टर मात्र सार्वजनिक गरिएको भए पनि फिल्मले सामाजिक, धार्मिक र रहस्यमय पृष्ठभूमिमा आधारित कथा प्रस्तुत गर्ने अनुमान लगाइएको छ।
सुपुस्पा भट्ट कंडेलको अन्तिम चरणमा फिल्ममा इन्ट्री भएको जानकारीले फिल्मको कास्टिङ थप आकर्षक बनेको छ। फिल्मको अन्य विवरण चाँडै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्