रमेश रम्तेल र चाहना श्रेष्ठको अभिनयमा ‘जहिले भन्छौ Sorry’, भोलि सार्वजनिक हुने

काठमाडौं,जेठ २६,:- नेपाली संगीत क्षेत्रमा नयाँ सिर्जनाले पुनः ध्यान खिचेको छ। मोडेल रमेश रम्तेलको शब्द, अभिनय र कुमार गजुरेलको प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो ‘जहिले भन्छौ Sorry’ भोलि मंगलबार सार्वजनिक हुँदैछ।

कुमार गजुरेलको निर्देशनमा बनेको यो म्युजिक भिडियोले प्रेम, भावनात्मक द्वन्द्व र पछुतोपनको कथा प्रस्तुत गर्नेछ। भिडियोमा रमेश रम्तेलसँगै अभिनेत्री चाहना श्रेष्ठ प्रमुख भूमिकामा देखिनेछन्। पोस्टरमा देखिएको चाहना श्रेष्ठको संवेदनशील र गम्भीर भावले नै गीतको कथावस्तुप्रति दर्शकको चासो बढाएको छ।

यो गीतमा लोकप्रिय गायिका एलीना चौहानको सुमधुर स्वर सुन्न पाइनेछ। संगीत अर्जुन मिश्रको रहेको छ भने संगीत संयोजन र मिक्सिङ सुरज भुसालले गरेका छन्। भिडियोको छायांकन दुर्गा श्रेष्ठले, सम्पादन अनिल बिस्ट (प्युठानी) ले, र मेकअप कविता तोलाङीले गरेका छन्। भिडियोको क्यामेरा एसिस्टेन्टमा रायकुमार विष्वकर्मा छन्।
भिडियोमा रमेश रम्तेल र चाहना श्रेष्ठसँगै सह–कलाकार सौजन्या श्रेष्ठ, अजीत पाण्डे र कबिन बिस्ट पनि भिडियोमा देखिनेछन्।
‘जहिले भन्छौ Sorry’ Ramesh ramtel युट्युब लगायत अन्य डिजिटल प्ल्याटफर्म बाट सार्वजनिक हुने तयारीमा छ।
नेपाली म्युजिक भिडियोको भावनात्मक गहिराइमा उतार्ने प्रयास गरिएको यस भिडियोप्रति दर्शक तथा श्रोतामा विशेष उत्साह देखिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्