२०८२ पुस १, मङ्लबार

नेवार गीत ‘असार या महिनासा…’ मा रोशन के. श्रेष्ठको निर्देशन, शंकरलाल र जुना कार्कीको अभिनय

काठमाडौँ, असार २२ – नेपाली सांगीतिक बजारमा मौलिक संस्कृतिमा आधारित अर्को नयाँ प्रस्तुति थपिएको छ। नेवार समुदायको भाषा, संस्कृति, भेषभूषा र कृषि परम्परा झल्काउने ‘असार या महिनासा…’ बोलको नेपाल भाषामा तयार पारिएको म्युजिक भिडियो हालै OSR Movies युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

भिडियोको निर्देशन रोशन के. श्रेष्ठले गरेका छन् भने अभिनयमा जुना कार्की र शंकरलाल श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्। असार महिनाको रोपाइँ, हलो जोत्नेदेखि गाउँले प्रेम कथासम्मका दृश्यहरूले भरिएको भिडियोले सांस्कृतिक कथा भित्र लुकेको भावनालाई उजागर गरेको छ।

भिडियोका प्रमुख पक्षहरू:

गीत शिर्षक: असार या महिनासा…

निर्देशक: रोशन के. श्रेष्ठ

मुख्य कलाकार: जुना कार्की, शंकरलाल श्रेष्ठ

स्वर: शंकरलाल श्रेष्ठ, दिलु श्रेष्ठ

गीतकार: सुरेन्द्र महर्जन ‘अमर’

एरेञ्ज: संजय हमाल

कम्पोज:-सुर्य राई

नृत्य निर्देशन: विक्रम राई

छायांकन: रोशन पौडेल, सुवास बयलकोटी

सम्पादन: वीरेन्द्र लामा

प्रस्तुति: अमर स्टुडियो

प्रचार संयोजक: विष्णु आचार्य

प्रकाशन प्लेटफर्म: OSR Movies (YouTube)

कृषि संस्कृति र नेवार जीवनशैलीको संगीतमय प्रस्तुति

भिडियोको छायांकन नगरकोट भ्रमण वर्ष २०८२ प्रवर्द्धनको उद्देश्यले मण्डनदेउपुर नगरपालिका अन्तर्गत कुन्ताबेसी, ढाईटार, नगरकोट बजार लगायतका ग्रामीण भेगहरूमा गरिएको हो। छायांकन टिममा रोशन पौडेल र सुवास बयलकोटीले दृश्यलाई आकर्षक रूपमा कैद गरेका छन्।

गाउँको हरियाली, खेताला/खेतालिनीको भाव, असारे झरि, र सुमधुर लोकधुनले भरिएको भिडियोले दर्शकलाई नेपालको ग्रामीण जीवनको भावुक झलक देखाउँछ। परम्परागत लवाइ–खवाइ, नेवारी गहना, र साँस्कृतिक संवादले यसलाई अझ सशक्त बनाएको छ।

संगीतमा सुर्य राई दनुवारको एरेञ्जले परम्परा र आधुनिकतालाई सन्तुलन दिएको छ भने शंकरलाल र दिलु श्रेष्ठको आवाजले गीतलाई भावनात्मक गहिराइ प्रदान गरेको छ।

वैदेशिक रोजगारीले टाढिएका सम्बन्धको कथा बोल्ने छोटो चलचित्र ‘फलामको चुरा’ सार्वजनिक

काठमाडौं, असार — वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पार्ने प्रभावलाई कथावस्तु बनाउँदै निर्माण गरिएको नेपाली छोटो चलचित्र ‘फलामको चुरा’ सार्वजनिक भएको छ।

रिड एण्ड राइज पिक्चर्स एण्ड प्रिन्ट को प्रस्तुति रहेको यस चलचित्रमा अदृश्य सञ्चार र पुरखबर डटकम सञ्चार साझेदारका रूपमा आवद्ध छन्।

प्रदीप कँडेल को लेखन तथा निर्देशनमा बनेको चलचित्रले विदेशिएका श्रीमान् र घरमा एक्लिएकी श्रीमतीबीचको दूरी, भावनात्मक सङ्घर्ष, मौनता र सम्झनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

चलचित्रमा लक्ष्मण विक्रम बस्नेत, मोती सुवेदी, कोहिनूर विश्वकर्मा, कुमार भारती, आयुष दाहाल, अस्तराम कौशल, सन्दीप अगस्ती र सबिना खड्का लगायत कलाकारको अभिनय छ।

रोशन पौडेल को छायाङ्कन तथा सम्पादन रहेको यस चलचित्रका निर्माता कुमार भारती हुन्। प्राविधिक टोलीमा सुबास बयालकोटी (क्यामेरा सहायक), सुमन शंकर (मेकअप), नवराज खड्का र शिव पराजुली (बत्ती), जय देवकोटा (डबिङ) ले भूमिका निभाएका छन्।

चलचित्रको सम्पूर्ण अन्तिम सम्पादन कार्य अदृश्य सञ्चारले गरेको हो। विशेष धन्यवाद अमिर केसी, टंक केसी, सबिन बराल, चिरन बराल, रुपक अधिकारी, अदृश्य सञ्चार र पुरखबर डटकम लाई दिइएको छ।

सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यस छोटो चलचित्रलाई वैदेशिक रोजगारीका कारण टाढिएका परिवार र सम्बन्धको यथार्थ पक्षलाई प्रभावकारी रूपमा उजागर गरेको भन्दै प्रशंसा गरिएको छ।

‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेश सहित भव्य कन्सर्ट हुने

आगामी असार २८ गते आम दर्शकलाई समेट्दै प्रतिष्ठित ‘नेशनल म्यूजिक अवार्ड’को आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्ने उक्त अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित कन्सर्ट पनि समावेश गरिने आयोजकले जनाएको छ । कन्सर्टमा कुमा सागरदेखि दुर्गेश थापासहित १० चर्चित युवा कलाकारको प्रस्तुति रहनेछ ।
३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा कुमा र दुर्गेशसँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले साङ्गीतिक प्रस्तुति दिँदा सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्य प्रस्तुति दिनेछन् ।
कान्तिपुर टेलिभिजनको सिओओ, सुरजसिंह ठकुरीले ‘नेशनल म्यूजिक अवार्ड’ले आफ्नो स्तर बढाउँदै यो पटक स्तरोन्नति गर्दै कन्सर्टसँगै अवार्ड वितरण गर्न लागेको जानकारी गराए । ‘यो वर्षौँदेखि हुँदै आएको कार्यक्रम हो । पुराना व्यक्तित्वको योगदान सम्झँदै उहाँहरूलाई दोसल्ला ओढाउँदै सम्मान दिँदै आएका हौँ । पहिला हामी पाँचतारे होटलमा कार्यक्रम गर्दै, टेलिभिजनमार्फत दर्शकबिच पुग्दै आएका थियौँ । तर, यो पटक दर्शक सँगसँगै बसेर हामी कार्यक्रम गर्दैछौं,’ठकुरीले भने,’यो पटक हामी पाँचतारे होटल बाहिर बसेर दर्शकसँगै यो कार्यक्रम गर्छौँ । यो म्युजिकल नाइट्समा युवा कलाकारलाई स्थान दिँदै उहाँहरूको प्रस्तुतिमार्फत हामी सँगै रमाउनेछौँ ।‘
रेडियो कान्तिपुरको स्टेशन म्यानेजर, पवन आचार्यले यसअघि रेडियो कान्तिपुरमा बजेका गीतलाई मात्रै अवार्ड दिइन्थ्यौं भने केही वर्षयताबाट कान्तिपुर बाहेकका क्षेत्रमा बजेका गीतलाई पनि अवार्डमा समावेश गराउँदै आएको बताए । ‘रेडियो कान्तिपुर मात्रै त्यस्तो रेडियो हो जसले गीत बजाए बापत स्रष्ठालाई रोयल्टी दिँदै आएका थियौँ । त्यही रोयल्टी दिने क्रममा हामी कार्यक्रम आयोजना गर्थ्यौ । तर, अहिले रोयल्टी समाजले नै रोयल्टी लिन्छ । त्यसैले अहिले हामीले कान्तिपुरमा बजेका मात्रै होइन बाहिर बजेका गीतलाई पनि अवार्डमा समेट्छौँ,’आचार्यले भने,’टिकट किन लिनुभयो भन्नुहोला ? खासमा अपनत्व अनुभव गराउन हामीले टिकट राखेका हौँ । सङ्गीतका मूर्धन्य व्यक्तित्वलाई उहाँहरूले सङ्गीतमा गर्नु भएको जीवन लगानीको कदर स्वरूप पनि हामीले टिकट राखेका हौँ ।‘
यो कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका बिजनेश हेड, सागर केसीदेखि पब्लिकेशनकी कर्पोरेट हेड, सिम्रन श्रेष्ठ उपस्थित थिए । यो कार्यक्रम रेड कार्पेटसहित आयोजना हुनेछ ।

‘यस्तो पो होस् माया’ सार्वजनिक – आर्यन सिग्देल र सदिक्षा पाण्डेको रोमान्टिक प्रस्तुति

काठमाडौं, असार २० :-Sadikshya Creation युट्युब च्यानलमार्फत बहुप्रतीक्षित म्युजिक भिडियो ‘यस्तो पो होस् माया’ सार्वजनिक गरिएको छ। प्रेमभावना, समर्पण र मेलोडियस धुनले भरिएको यस गीतले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

गीतमा चर्चित गायिका मेलिना राई र गायक बिशाल निरौलाको सुमधुर स्वर समावेश छ भने शब्द, संगीत र निर्देशन अलोन रेशमले गरेका हुन्। उपेन कुँवरको निर्माणमा तयार भएको गीतको एरेन्ज गायक बिशाल निरौलाले नै गरेका छन्। रेकर्डिङ अलंकार स्टुडियोमा गरिएको हो भने मिक्सिङ र मास्टरीङ रञ्जन राईले गरेका छन्।

भिडियोतर्फ, चर्चित अभिनेता आर्यन सिग्देल र सम्भावना बोकेकी अभिनेत्री सदिक्ष्या पाण्डेको अभिनयले गीतको भावनालाई जीवन्त बनाएको छ। दुई कलाकारबीचको प्रेम र समर्पणलाई दृश्यमा गहिराइका साथ प्रस्तुत गरिएको छ।

भिडियोको छायांकन बिशाल थापा एण्ड टिमले गरेका छन् भने सम्पादन, कलर ग्रेडिङ र GFX मिन रावलको रहेको छ। सम्पूर्ण पोस्ट प्रोडक्सन जनता डिजिटल प्रा.लि.ले सम्हालेको हो।

प्राकृतिक लोकेसन, आकर्षक दृश्य संरचना र भावनात्मक सम्प्रेषणले सजिएको भिडियोले दर्शकको मन छुने विश्वास गरिएको छ।

‘म त गाउँले ठिटो’ गीत सार्वजनिक – नेपाली लोकसंगीतमा नयाँ स्वाद

काठमाडौं ,असार १६:-रियासा इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ लोक–सांगीतिक गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक गरिएको छ। नेपाली मौलिकता र ग्रामीण परिवेशमा आधारित यो गीतले परम्परागत स्वादलाई आधुनिकता संग मिसाएर नयाँ ढंगमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।

गीतमा गायक डीबी खड्का र गायिका सुनीता कार्कीको आवाज रहेको छ। डीबी खड्का र होम न्यौपानेको शब्द रचना रहेको गीतमा डीबी खड्काकै संगीत छ भने आकर्षक एरेञ्जमेन्ट बिक्कल खड्काले गरेका हुन्।

कलाकार र निर्देशनमा आरके ,सदिक्षा थापा एवं गीतको भिडियोमा आरके,सदिक्षा थापा र उनीहरूको टिमले अभिनय गरेका छन्। उनीहरूले प्रस्तुत गरेको अभिनयले गीतमा देखाइएको गाउँको परिवेशलाई जीवन्त बनाएको छ। भिडियोको निर्देशन स्वयं आरके ले गरेका हुन्। दृश्य संयोजन, कथा प्रवाह र सम्पूर्ण प्रस्तुतिले दर्शकलाई भिडियोप्रति आकर्षित गर्ने खालको बनाइएको छ।

प्राविधिक पक्ष:

रिकर्डिङ स्टुडियो: सगर स्टुडियो

मिक्सिङ: महेश्वर मान राजभण्डारी

क्यामेरा: टङ्क केसी र टिम

सम्पादन / कलर: रोशन पौडेल

मेकअप: गीता‍ञ्जली योगी

कोरियोग्राफी: सदिक्षा थापा र दीपक श्रेष्ठ

पोस्ट प्रोडक्सन: Read & Rise Pictures and Print Pvt. Ltd.

उक्त भिडियो हाल Riyasha Entertainment को YouTube च्यानलमार्फत सार्वजनिक भइसकेको छ।

निष्कर्षमा, ‘म त गाउँले ठिटो’ केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली गाउँको कथा, संस्कृति र पहिचानको प्रतिनिधित्व गर्ने गीत हो। यसले लोकसंगीतप्रति नयाँ पुस्ताको रुचि बढाउने र मौलिकता जगेर्ना गर्न सहयोग गर्ने विश्वास लिइएको छ।

नयाँ नेपाली चलचित्र ‘कुम्भ’ मंसिर १२ गतेदेखि प्रदर्शनमा

एक्सन र रहस्यले भरिएको कथा बोकेको नयाँ नेपाली चलचित्र ‘कुम्भ’ देशभर मंसिर १२ गतेबाट प्रदर्शनमा आउँदैछ।
निर्देशक रन्धिर श्रेष्ठको निर्देशन र छायांकनमा बनेको यो चलचित्रले द्वन्द्व, संस्कार र नवीन कथावस्तुलाई जोड दिएको छ।

मुख्य कलाकारहरू:
नयाँ अनुहार अशोक आर्यनसँगै, अनुभविला कलाकारहरू सुनिल थापा, सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा, र सृष्टि खड्काको दमदार अभिनय रहेको छ।
चलचित्रमा विशेष रूपमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुर को पनि अभिनय देख्न पाइनेछ।

प्राविधिक पक्ष:

द्वन्द्व निर्देशन: सम्राट बस्नेत

सम्पादन: सन्देश शाह, ध्रुवराज पराजुली

निर्माण: ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियो

वितरण: श्री राम बालाजी फिल्म्स

रिलिज मिति: मंसिर १२, २०८२
भाषा: नेपाली र हिन्दी

‘कुम्भ’ एक यस्तो चलचित्र हो जसले नेपाली सिनेमामा नयाँ स्वाद र ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।

‘रियाल रिङ्गेट’ को दोस्रो गीत सार्वजनिक

नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक भएको छ। प्रेम र वैदेशिक रोजगारीको सन्दर्भलाई रोचक शैलीमा चित्रण गरेको यो गीतमा रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर, प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेकै संगीत छ।

गीतमा प्रमोद चौलागाईं र निता अधिकारीको अभिनय छ, जसमा विदेश जाने चाहना र पारिवारिक अपेक्षाको कथालाई हास्यरस र यथार्थको मेलले दर्शाइएको छ।

फिल्मको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ—रियाल (साउदी/कतार), रिङ्गेट (मलेसिया) — नेपाली श्रमिकका प्रमुख गन्तव्यहरू।

फिल्म श्रावण १६ गते प्रदर्शनमा आउँदैछ। निर्देशन विभोर पोखरेलले गरेका छन् भने मुख्य भूमिकामा प्रमोद चौलागाईं, निता अधिकारी, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का ,सुवास सिंह ठ्कुरी लगायत छन्।

लेखन: प्रदीप भारद्वाज
छायाङ्कन: नेपाल र भारत
संगीत: रामचन्द्र काफ्ले, किरण तुलाधर, चन्दन ध्वज केसी
वितरण: काफिया फिल्म्स

दयाहाङ राई ‘पेन्सनपट्टा’मा अनुबन्धित, माओत्से गुरुङको दोस्रो निर्देशनमा दोहोरिएको सहकार्य

काठमाडौं, असार १८ — चर्चित अभिनेता दयाहाङ राई निर्देशक माओत्से गुरुङको निर्देशनमा बन्ने दोस्रो नेपाली चलचित्र ‘पेन्सनपट्टा’ मा अनुबन्धित भएका छन्। यो दुवैको दोस्रो सहकार्य हो। यसअघि गुरुङको डेब्यु निर्देशन ‘दयारानी’ मा पनि दयाहाङ प्रमुख भूमिकामा देखिएका थिए।

दयारानी ले बक्सअफिसमा राम्रो व्यापार गर्नुका साथै समीक्षकको प्रशंसा बटुलेपछि, निर्देशक गुरुङ र अभिनेता राईबीचको यो पुनः सहकार्यप्रति दर्शकको चासो बढ्न थालेको छ। निर्देशक गुरुङका अनुसार, “दोस्रो सहकार्यलाई अझ परिस्कृत रूपमा प्रस्तुत गर्दै अर्को उत्कृष्ट सिनेमाको अनुभव दर्शकलाई दिने प्रयास हुनेछ।

‘पेन्सनपट्टा’ : लोभीबाट दानी बन्ने यात्राको कथा

चलचित्रको शीर्षक सुन्दा पूर्वलाहुरेको कथा जस्तो लागे पनि, ‘पेन्सनपट्टा’ ले एक लोभी युवक कसरी दानी बन्छ भन्ने भावनात्मक र प्रेरणादायी कथा भन्ने निर्देशक गुरुङले जानकारी दिएका छन्।

चलचित्रको सम्पूर्ण छायांकन कास्कीको पोखरा र वरपरका क्षेत्रहरूमा गरिनेछ। सुशन प्रजापति द्वारा खिचिने सिनेमाका कास्टिङ डाइरेक्टर सुरज तमु रहेका छन्। अन्य कलाकारहरूको नाम छिट्टै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङ ले जानकारी दिए।

गुरुङ भाषादेखि मुख्यधारसम्म : माओत्सेको यात्रा

पहिला गुरुङ भाषाका चलचित्रमार्फत निर्देशन यात्रा थालेका माओत्से गुरुङ पछिल्ला दिनमा मुख्यधारका चलचित्रमा पनि सक्रिय हुँदै आएका छन्। कलाकार, लेखक, निर्देशक र निर्माताका रूपमा चिनिँदै आएका गुरुङ चरित्र अभिनेता/कलाकारका रूपमा समेत दर्शकको पहिलो रोजाइमा पर्दै आएका छन्।

चलचित्र ‘पेन्सनपट्टा’ माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुनेछ। कथा स्वयं गुरुङले लेखेका हुन्। निर्माण टोलीका अनुसार चलचित्र कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा छ।

फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई पाठ्यक्रम विकास केन्द्रको शुभकामना, विद्यालयस्तरका बालबालिकालाई हेर्न उपयुक्त सुझाव

काठमाडौं, असार १७
नेपाली भाषा र संस्कृतिको प्रवर्धनमा समर्पित नयाँ नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले विशेष शुभकामना सन्देश पठाएको छ।

श्री पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारले निर्माण गरेको यस चलचित्रको प्रशंसा गर्दै केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले ‘शुभकामना सम्बन्धमा’ विषयक आधिकारिक पत्रमार्फत चलचित्रप्रति सकारात्मक दृष्टिकोण व्यक्त गरेको हो।

पत्रमा भनिएको छ, “यो चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित भएकोले समाजमा सकारात्मक प्रभाव पार्नसक्ने खालको छ। यस्ता चलचित्रलाई राज्यका निकाय तथा सामाजिक संघ-संस्थाले संरक्षण र सम्वर्द्धन गर्नुपर्ने देखिन्छ।”

बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिप्रति गर्व गर्ने भावनाको विकास गर्न यो चलचित्र विशेष उपयोगी हुने उल्लेख गर्दै विद्यालय स्तरमा पनि चलचित्र प्रदर्शन गर्न सरोकारवाला निकायको अनुमति लिई देखाउनु उपयुक्त हुने सुझाव पत्रमा उल्लेख गरिएको छ।

आगामी असार २७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन (मन्त्री), सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायत कलाकारको अभिनय रहेको छ।

अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको चलचित्रमा ज्ञानबहादुर प्रधान (रोशन) निर्माता रहेका छन् भने मित्र प्रधान स्वयं प्रस्तुतकर्ता हुन्।

चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको VFX, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन रहेको छ। CGI विभागको नेतृत्व सत्यम रानाले गरेका छन्।

संगीतमा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको योगदान रहेको छ भने गीतका शब्दमा दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल र ‘खैजडी गीत’का लागि अनिश अधिकारीको शब्द संकलन रहेको छ।

फिल्मको वितरण आर आर फिल्म्सले गर्दैछ।

डिबि खड्का र सुनिता कार्किको स्वरमा नयाँ गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक

काठमाडौं – रियासा इन्टरटेनमेन्टको प्रस्तुति ‘म त गाउँले ठिटो’ बोलको नयाँ लोक–सांगीतिक भिडियो सार्वजनिक भएको छ। मौलिक नेपाली गाउँको जीवनशैली र सांस्कृतिक ध्वनिको प्रस्तुति दिन खोजिएको यो गीतले पारम्परिक स्वादमा आधुनिक ऊर्जा मिसाएको देखिन्छ।

गीतमा डीबी खड्का र सुनीता कार्कीको आवाज छ, जसले ग्रामीण परिवेशमा रमाउने नेपाली दर्शक–श्रोतालाई झन् नजिक्याउने काम गर्छ। डीबी खड्का र होम न्यौपानेको शब्द तथा डीबी खड्काकै संगीत रहेको यस गीतमा बिक्कल खड्काले आकर्षक एरेञ्जमेन्ट गरेका छन्।

कलाकार र निर्देशन

भिडियोमा कलाकारका रूपमा Ark, Sadikchya Thapa, तथा उनीहरूको टिमले जीवन्त अभिनय प्रस्तुत गरेका छन्। उनीहरूको समर्पण र प्रस्तुतिले गीतलाई थप प्रभावशाली बनाएको छ।

निर्देशन स्वयं Arkले गरेका छन्, जसले दृश्य संयोजन र प्रवाहलाई उत्कृष्ट बनाएर दर्शकलाई जोडिराख्न सफल देखिन्छ।

प्राविधिक पक्ष

रिकर्डिङ स्टुडियो: सगर स्टुडियो

मिक्सिङ: महेश्वर मान राजभण्डारी

📹L क्यामेरा: टङ्क केसी र टिम

सम्पादन / कलर: रोशन पौडेल

मेकअप: गीता‍ञ्जली योगी

कोरियोग्राफी: सदिक्षा थापा र दीपक श्रेष्ठ

पोस्ट प्रोडक्सन: Read & Rise Pictures and Print Pvt. Ltd.

निष्कर्ष

“म त गाउँले ठिटो” केवल गीत नभएर हाम्रो संस्कृति र पहिचान हो। गाउँको कथा, लय र गन्ध बोकेको यो सिर्जनाले नेपाली लोक संगीतको समृद्ध परम्परालाई निरन्तरता दिन सफल हुने अपेक्षा गर्न सकिन्छ।