वैदेशिक रोजगारीले टाढिएका सम्बन्धको कथा बोल्ने छोटो चलचित्र ‘फलामको चुरा’ सार्वजनिक

काठमाडौं, असार — वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पार्ने प्रभावलाई कथावस्तु बनाउँदै निर्माण गरिएको नेपाली छोटो चलचित्र ‘फलामको चुरा’ सार्वजनिक भएको छ।
रिड एण्ड राइज पिक्चर्स एण्ड प्रिन्ट को प्रस्तुति रहेको यस चलचित्रमा अदृश्य सञ्चार र पुरखबर डटकम सञ्चार साझेदारका रूपमा आवद्ध छन्।

प्रदीप कँडेल को लेखन तथा निर्देशनमा बनेको चलचित्रले विदेशिएका श्रीमान् र घरमा एक्लिएकी श्रीमतीबीचको दूरी, भावनात्मक सङ्घर्ष, मौनता र सम्झनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
चलचित्रमा लक्ष्मण विक्रम बस्नेत, मोती सुवेदी, कोहिनूर विश्वकर्मा, कुमार भारती, आयुष दाहाल, अस्तराम कौशल, सन्दीप अगस्ती र सबिना खड्का लगायत कलाकारको अभिनय छ।
रोशन पौडेल को छायाङ्कन तथा सम्पादन रहेको यस चलचित्रका निर्माता कुमार भारती हुन्। प्राविधिक टोलीमा सुबास बयालकोटी (क्यामेरा सहायक), सुमन शंकर (मेकअप), नवराज खड्का र शिव पराजुली (बत्ती), जय देवकोटा (डबिङ) ले भूमिका निभाएका छन्।
चलचित्रको सम्पूर्ण अन्तिम सम्पादन कार्य अदृश्य सञ्चारले गरेको हो। विशेष धन्यवाद अमिर केसी, टंक केसी, सबिन बराल, चिरन बराल, रुपक अधिकारी, अदृश्य सञ्चार र पुरखबर डटकम लाई दिइएको छ।
सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यस छोटो चलचित्रलाई वैदेशिक रोजगारीका कारण टाढिएका परिवार र सम्बन्धको यथार्थ पक्षलाई प्रभावकारी रूपमा उजागर गरेको भन्दै प्रशंसा गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्