‘यस्तो पो होस् माया’ सार्वजनिक – आर्यन सिग्देल र सदिक्षा पाण्डेको रोमान्टिक प्रस्तुति

काठमाडौं, असार २० :-Sadikshya Creation युट्युब च्यानलमार्फत बहुप्रतीक्षित म्युजिक भिडियो ‘यस्तो पो होस् माया’ सार्वजनिक गरिएको छ। प्रेमभावना, समर्पण र मेलोडियस धुनले भरिएको यस गीतले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

गीतमा चर्चित गायिका मेलिना राई र गायक बिशाल निरौलाको सुमधुर स्वर समावेश छ भने शब्द, संगीत र निर्देशन अलोन रेशमले गरेका हुन्। उपेन कुँवरको निर्माणमा तयार भएको गीतको एरेन्ज गायक बिशाल निरौलाले नै गरेका छन्। रेकर्डिङ अलंकार स्टुडियोमा गरिएको हो भने मिक्सिङ र मास्टरीङ रञ्जन राईले गरेका छन्।

भिडियोतर्फ, चर्चित अभिनेता आर्यन सिग्देल र सम्भावना बोकेकी अभिनेत्री सदिक्ष्या पाण्डेको अभिनयले गीतको भावनालाई जीवन्त बनाएको छ। दुई कलाकारबीचको प्रेम र समर्पणलाई दृश्यमा गहिराइका साथ प्रस्तुत गरिएको छ।

भिडियोको छायांकन बिशाल थापा एण्ड टिमले गरेका छन् भने सम्पादन, कलर ग्रेडिङ र GFX मिन रावलको रहेको छ। सम्पूर्ण पोस्ट प्रोडक्सन जनता डिजिटल प्रा.लि.ले सम्हालेको हो।

प्राकृतिक लोकेसन, आकर्षक दृश्य संरचना र भावनात्मक सम्प्रेषणले सजिएको भिडियोले दर्शकको मन छुने विश्वास गरिएको छ।

Share Post on Social media