‘रियाल रिङ्गेट’ को दोस्रो गीत सार्वजनिक

नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक भएको छ। प्रेम र वैदेशिक रोजगारीको सन्दर्भलाई रोचक शैलीमा चित्रण गरेको यो गीतमा रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर, प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेकै संगीत छ।

गीतमा प्रमोद चौलागाईं र निता अधिकारीको अभिनय छ, जसमा विदेश जाने चाहना र पारिवारिक अपेक्षाको कथालाई हास्यरस र यथार्थको मेलले दर्शाइएको छ।

फिल्मको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ—रियाल (साउदी/कतार), रिङ्गेट (मलेसिया) — नेपाली श्रमिकका प्रमुख गन्तव्यहरू।

फिल्म श्रावण १६ गते प्रदर्शनमा आउँदैछ। निर्देशन विभोर पोखरेलले गरेका छन् भने मुख्य भूमिकामा प्रमोद चौलागाईं, निता अधिकारी, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का ,सुवास सिंह ठ्कुरी लगायत छन्।

लेखन: प्रदीप भारद्वाज
छायाङ्कन: नेपाल र भारत
संगीत: रामचन्द्र काफ्ले, किरण तुलाधर, चन्दन ध्वज केसी
वितरण: काफिया फिल्म्स

Share Post on Social media