नेवार गीत ‘असार या महिनासा…’ मा रोशन के. श्रेष्ठको निर्देशन, शंकरलाल र जुना कार्कीको अभिनय

काठमाडौँ, असार २२ – नेपाली सांगीतिक बजारमा मौलिक संस्कृतिमा आधारित अर्को नयाँ प्रस्तुति थपिएको छ। नेवार समुदायको भाषा, संस्कृति, भेषभूषा र कृषि परम्परा झल्काउने ‘असार या महिनासा…’ बोलको नेपाल भाषामा तयार पारिएको म्युजिक भिडियो हालै OSR Movies युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

भिडियोको निर्देशन रोशन के. श्रेष्ठले गरेका छन् भने अभिनयमा जुना कार्की र शंकरलाल श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्। असार महिनाको रोपाइँ, हलो जोत्नेदेखि गाउँले प्रेम कथासम्मका दृश्यहरूले भरिएको भिडियोले सांस्कृतिक कथा भित्र लुकेको भावनालाई उजागर गरेको छ।
भिडियोका प्रमुख पक्षहरू:
गीत शिर्षक: असार या महिनासा…
निर्देशक: रोशन के. श्रेष्ठ
मुख्य कलाकार: जुना कार्की, शंकरलाल श्रेष्ठ
स्वर: शंकरलाल श्रेष्ठ, दिलु श्रेष्ठ
गीतकार: सुरेन्द्र महर्जन ‘अमर’
एरेञ्ज: संजय हमाल
कम्पोज:-सुर्य राई
नृत्य निर्देशन: विक्रम राई
छायांकन: रोशन पौडेल, सुवास बयलकोटी
सम्पादन: वीरेन्द्र लामा
प्रस्तुति: अमर स्टुडियो
प्रचार संयोजक: विष्णु आचार्य
प्रकाशन प्लेटफर्म: OSR Movies (YouTube)
कृषि संस्कृति र नेवार जीवनशैलीको संगीतमय प्रस्तुति
भिडियोको छायांकन नगरकोट भ्रमण वर्ष २०८२ प्रवर्द्धनको उद्देश्यले मण्डनदेउपुर नगरपालिका अन्तर्गत कुन्ताबेसी, ढाईटार, नगरकोट बजार लगायतका ग्रामीण भेगहरूमा गरिएको हो। छायांकन टिममा रोशन पौडेल र सुवास बयलकोटीले दृश्यलाई आकर्षक रूपमा कैद गरेका छन्।
गाउँको हरियाली, खेताला/खेतालिनीको भाव, असारे झरि, र सुमधुर लोकधुनले भरिएको भिडियोले दर्शकलाई नेपालको ग्रामीण जीवनको भावुक झलक देखाउँछ। परम्परागत लवाइ–खवाइ, नेवारी गहना, र साँस्कृतिक संवादले यसलाई अझ सशक्त बनाएको छ।
संगीतमा सुर्य राई दनुवारको एरेञ्जले परम्परा र आधुनिकतालाई सन्तुलन दिएको छ भने शंकरलाल र दिलु श्रेष्ठको आवाजले गीतलाई भावनात्मक गहिराइ प्रदान गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्