२०८२ मंसिर २२, सोमवार

‘आ बाट आमा’ मा सिमरन पन्त अनुबन्ध, पल शाहसँग बाँधिने नयाँ जोडी

काठमाडौं – निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार औपचारिक रूपमा अनुबन्ध गरेको हो। फिल्ममा उनी अभिनेता पल शाहसँग नयाँ जोडीको रूपमा देखिँदैछिन्।

यसअघि सिमरनले ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको निकै प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ उनको दोस्रो फिल्म हो।

फिल्ममा यसअघि नै अभिनेत्री विपना थापा र तेलुगु, हिन्दी तथा तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत निर्देशक पन्तकै अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’ मा पनि देखिएका थिए। उक्त फिल्ममा उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिका निर्वाह गरेका थिए भने ‘आ बाट आमा’ मा उनी अभिनेता पल शाहका बुबाको भूमिका निभाउनेछन्।

निर्देशक चन्द्र पन्तले यसअघि ‘माई’‘ह्रस्वदीर्घ’ निर्देशन गरिसकेका छन्। ‘ह्रस्वदीर्घ’ मार्फत अभिनेत्री विपना थापा १६ वर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएकी थिइन्, र अब उनी पुनः पन्तकै निर्देशनमा देखिँदैछिन्।

आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्म आगामी भदौबाट छायांकनमा जाने तयारीमा छ। निर्माता टिमले प्रदीप रावत, विपना थापा, पल शाह लगायत अन्य कलाकार र प्राविधिक टिम पनि चाँडै टुंगो लगाइने जानकारी दिएको छ।

फिल्मको थिम पोस्टर एक महिना अघि सार्वजनिक भइसकेको छ। निर्देशक पन्तका अनुसार ‘आ बाट आमा’ आगामी फागुन १५ गते बाट देशभर प्रदर्शनमा आउने तय भइसकेको छ।

© Adrisya Sanchar

होस्टेल अगेन: होस्टेल ३ को सफलता पछि नयाँ चलचित्रको घोषणा

काठमाडौं, साउन – नेपाली सिनेमा ‘होस्टेल’को नयाँ संस्करण ‘होस्टेल अगेन’ को पोस्टर सार्वजनिक गरिएको छ। समर्पण इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म Aaron Kan Films को सहकार्यमा बन्न लागेको हो। पोस्टरले फिल्ममा प्रेम, हिंसा र रहस्यको सम्मिश्रण रहेको संकेत गरेको छ।

सार्वजनिक पोस्टरमा रक्ताम्य चक्कु, प्रेमको प्रतीक रातो गुलाफ, र ‘Goodbye’ लेखिएको पत्र देखिन्छ। यो दृश्यले कथाको गहिरो मनोवैज्ञानिक पाटो, धोका र बदला जस्ता भावनात्मक तह झल्काएको छ।

फिल्मको निर्देशन तथा कथा लेखन Sashan Kandel द्वारा गरिएको हो भने पटकथा लेखनमा Madhav Sharma संलग्न छन्। कार्यकारी निर्माताको रूपमा Shankar Koirala रहनेछन्।

फिल्म छिट्टै छायांकनमा जाने तयारीमा रहेको जनाइएको छ। ‘होस्टेल अगेन’ले नेपाली युवापुस्ताको जीवनशैली, मनोविज्ञान, र सम्बन्धका आरोहअवरोहलाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक, माग्ने राजा भदौ ६ देखि प्रदर्शनमा

आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘माग्ने राजा’को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त गीतमा सिनेमा प्रमुख कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बाल कलाकार रोनिश खड्का फिचर्ड छन्।

बाबुल गिरीको स्वरमा रहेको गीतको संगीत, शब्द र एरेञ्ज समेत उनले स्वयम् गरेका हुन्। बालगायकको रुपमा कलाकार रोनिश खड्काले गायनमा साथ दिएका छन्।

गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ। आकर्षक लोकेसन, सशक्त सम्पादन र मौलिक शब्द संयोजनले गीतलाई रमाइलो बनाएको छ। विशेषतः गीतको हुकलाइन ‘म त सुतेर उठेको पैसामा’ले सामाजिक सञ्जालमा सहजै टिकटक र फेसबुक रिल्समार्फत भाइरल हुने संकेत देखिएको छ।

ऋषि लामिछाने निर्देशित सिनेमा ‘माग्ने राजा’मार्फत उनले करिब ८ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। लामो समयपछि ‘इच्छा’पछि पुनः निर्माणमा फर्किएका मुनाल घिमिरे यस सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता हुन्। हाल उनी दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष पनि हुन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा केदार घिमिरे, वर्षा राउत, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, टिकटकर मोडल पवित्रा साकी (मिस पबी) लगायतको अभिनय रहेको छ।

सिनेमामा आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ। छायांकन नरेन्द्र मैनाली, कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सेना, संगीत दीपक शर्मा र बाबुल गिरीले सम्हालेका छन्।

यस सिनेमाको वितरण आरआर फिल्म्सले गर्दैछ!

‘कोशेढुङ्गा’ को बहुप्रतिक्षित गीत नत्र भने जिन्दगी व्यर्थ सार्वजनिक

काठमाडौं । नरदेवी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माणाधीन नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मंजिल कुमार, दिनेश काफ्ले र स्नेहा जोशीको विशेष अभिनय देख्न सकिन्छ।

लोक र सांस्कृतिक भावनाले भरिएको गीतमा समिक्षा अधिकारी, खेेम सेन्चुरी र दिपिका बायम्बु मगरको स्वर रहेको छ भने, गीतको शब्द नेत्र अर्याल र विदुर तिमल्सिनाले तयार पारेका हुन्। संगीत खेेम सेन्चुरी, आशिष अबिरल र रिदम कँडेलको रहेको छ।

गीतमा नेपाली समाजको विविधता, संस्कृति र महिलाहरूको सहभागितालाई उल्लासपूर्ण शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा सयौं महिला कलाकारहरू आकर्षक पहिरनमा नाचगानमा सहभागी देखिन्छन्।

चलचित्र ‘कोसेढुङ्गा’ बारे
नर्देवी फिल्म्स प्रा.लि.को प्रस्तुतिमा निर्माण गरिएको फिल्म ‘कोशेढुङ्गा’ लाई निर्देशक सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन्। फिल्मका सह-लेखकहरूमा सुनिल निउरे र सुवलमणि सापकोटा रहेका छन्।

फिल्मका निर्माता प्रेबिल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माताको रूपमा दिनेश खड्का छन्। फिल्मका प्रमुख सल्लाहकार निधेस अधिकारी रहेका छन्।

कलाकारहरू
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मंजिल कुमार, सरोज खनाल, लोकमणि सापकोटा, हिउवाला गौतम, सिरु बिस्ट, दिनेश काफ्ले, सबिन कट्टेल, झकेन बीसी, स्नेहा जोशी, उद्धव सापकोटा र सबिता रेग्मी लगायत कलाकारहरूको अभिनय रहनेछ।

संगीत पक्ष
गीतको निर्देशन खेेम सेन्चुरी, आशिष अबिरल र रिदम कँडेलले गरेका हुन्। गीतको ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ कार्य रिदम कँडेलले गरेका हुन्।

गीतको कोरियोग्राफी स्मृति तिमल्सिना र सुमन सागर जंग केसीले गरेका छन्। गीतमा बिन्दु बीसी र सुनिता लोहनीको कोरस पनि समावेश गरिएको छ।

प्राविधिक पक्ष
फिल्मको प्रोडक्सन म्यानेजर मनोज जोशी हुन्। स्थानीय समन्वयकर्तामा पवनकाजी अधिकारी र विश्व पौडेल रहेका छन्।
आर्ट निर्देशन अकि थेक्पाको नेतृत्वमा गरिएको छ, जसमा सगुन तामाङ र रोशनी मगरको टोली सहयोगमा रहेको छ।

मेकअप विभागमा बिनोद श्रेष्ठको नेतृत्व छ भने, सन्द्या राना कस्ट्युम डिजाइनरको रूपमा संलग्न रहेकी छन्। हेयर ड्रेसिङमा सबिना उप्रेती र संजिता ढकालको टिम छ।

‘कोसेढुङ्गा’ सामाजिक, सांस्कृतिक र पारिवारिक भावनामा आधारित कथावस्तुमा निर्माण भइरहेको फिल्म हो। सार्वजनिक गीतले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाउँदै गएको छ। फिल्मको अन्य गीत र ट्रेलर पनि चाँडै सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ। यो नत्र भने जिन्दगी व्यर्थ छ 7 seven seas international ले आफ्नै युट्युब बाट सार्वजनिक गरिएको छ। र अन्तर्राष्ट्रिय ४३ देश कन्फर्म गरिएको एकैचोटि रिलिज हुने तयारीमा रहेको प्याट्रीक सुवेदिले जानकारी गराउनु भयो र चलचित्र भाद्र १२ गते बाट प्रदर्शनमा नेपाल र विदेश एकैचोटि रिलिज हुँदैछ।

‘प्रश्न’: लागूपदार्थ विरुद्धको चेतनामूलक नेपाली र्‍याप गीत सार्वजनिक

सागर सुनार र रैमान सुनारको सशक्त प्रस्तुति, युवालाई नशा विरुद्धको सन्देश

काठमाडौं, साउन ३ — नेपाली समाजमा बढ्दो लागूपदार्थ दुव्र्यसन र त्यसको प्रभावलाई उजागर गर्दै नयाँ चेतनामूलक र्‍याप गीत ‘प्रश्न’ सार्वजनिक भएको छ। सागर सुनार र रैमान सुनारको सशक्त सहकार्यमा बनेको उक्त गीतले युवाहरूको पीडा, समाजको उदासीनता र नशा बिरुद्धको चेतनालाई केन्द्रमा राखेको छ।

गीतमा सागर सुनारले शब्द, संगीत तथा कम्पोज गरेको छन् भने SHISH!R BEAT ले म्युजिक प्रोडक्सनको जिम्मा लिएका छन्। Carnival Records को ब्यानरमा निर्माण गरिएको यो गीतमा साजन गौतम को छायांकन रहेको छ। निर्देशनमा विकाश बराइली, साजन गौतम र साहिल विश्वकर्मा छन्।

गीतमा कुमार डर्नाल, रेवत गहतराज, सागर सुनार र रैमान सुनारको अभिनय देख्न सकिन्छ। विशेष धन्यवाद स्वरूप विकाश बराइली र साहिल विश्वकर्मा को नाम उल्लेख गरिएको छ।

गीतको वर्णनमा भनिएको छ –
“प्रश्न” यो एक नेपाली समाजमा घटेको हरेक युवाहरुको पीडा हो। Drugs Addiction अपराध होइन यो एउटा बिमारीपन हो।

गीतले “Say yes to life, no to drugs” भन्ने शक्तिशाली सन्देश बोकेको छ, जसले सामाजिक परिवर्तनको बाटो खोल्ने अपेक्षा गरिएको छ।

चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा, कमेडी जनरामा नयाँ प्रयास

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा नयाँ चलचित्र निर्माणको लहर तीव्र रूपमा बढिरहेको छ। यसै क्रममा निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ कमेडी चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ।

चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै यसको निर्माण घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा हिलो बाटोमा रोकिएको गाडी, र त्यो बाटोमा काम गरिरहेको एक व्यक्तिसँग संवाद गरिरहेको दृश्य देखाइएको छ, जसले ग्रामीण परिवेशमा आधारित कथाको संकेत दिन्छ।

ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा हेमन्त बस्नेतले लगानी गरेका छन् भने, कार्यकारी निर्माताको भूमिकामा इश्वर वल्लव उप्रेती रहेका छन्। फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका हुन्।

निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुने तयारीमा छ। हाल कलाकार छनोटको प्रक्रिया जारी रहेको निर्माण पक्षले जानकारी दिएको छ।

कमेडी जनरामा आधारित यो चलचित्रले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाली सिनेमामा बढ्दो कमेडी धारलाई यो फिल्मले अझ सशक्त बनाउने विश्वास गरिएको छ।

© २०२५ | अदृश्य सञ्चार

नयाँ स्क्रिप्टको खोजीमा Muin Entertainment, नेपाली सिनेमा हल्लाउने कथा पठाउन आह्वान!

काठमाडौं :- नेपाली सिनेमा क्षेत्रमा नयाँ ऊर्जा र नविनतम कथावस्तु ल्याउन सक्रिय Muin Entertainment ले सार्वजनिकरूपमा दमदार स्क्रिप्टको खोजी सुरु गरेको छ। कम्पनीले एक सूचनामार्फत लेखक, सर्जक, तथा सिनेमा प्रेमीहरूसँग मौलिक र प्रभावशाली कथा प्रस्ताव गर्न आग्रह गरेको हो।

“तपाईं सँग छ दमदार स्क्रिप्ट? हामी खोज्दैछौं यस्तो कथा, जसले नेपाली सिनेमा हल्लाओस्। तपाईंको कथा हुन सक्छ हाम्रो फिल्मको आत्मा।” – Muin Entertainment को आधिकारिक सन्देशमा भनिएको छ।

यस अभियानमार्फत कम्पनीले मौलिक नेपालीपन झल्किने, समसामयिक सन्देश बोकेको र दर्शकको मन जित्ने क्षमता भएको स्क्रिप्टहरूलाई प्राथमिकता दिने बताइएको छ।

सम्पर्क विवरणः
Muin Entertainment, कुपन्डोल, ललितपुर
9705068979 (Mobile | WhatsApp | Viber)
✉️ mail@muinentertainment.com

लेखक, सर्जक, र स्क्रिप्ट राइटरहरूका लागि यो उत्कृष्ट अवसर हो — आफ्नो कथा सिनेमा बन्ने यात्रामा ल्याउन आजै Muin Entertainment सँग सम्पर्क राख्नुहोस्!

नयाँ स्क्रिप्टको खोजीमा Muin Entertainment, नेपाली सिनेमा हल्लाउने कथा पठाउन आह्वान!

काठमाडौं :- नेपाली सिनेमा क्षेत्रमा नयाँ ऊर्जा र नविनतम कथावस्तु ल्याउन सक्रिय Muin Entertainment ले सार्वजनिकरूपमा दमदार स्क्रिप्टको खोजी सुरु गरेको छ। कम्पनीले एक सूचनामार्फत लेखक, सर्जक, तथा सिनेमा प्रेमीहरूसँग मौलिक र प्रभावशाली कथा प्रस्ताव गर्न आग्रह गरेको हो।

“तपाईं सँग छ दमदार स्क्रिप्ट? हामी खोज्दैछौं यस्तो कथा, जसले नेपाली सिनेमा हल्लाओस्। तपाईंको कथा हुन सक्छ हाम्रो फिल्मको आत्मा।” – Muin Entertainment को आधिकारिक सन्देशमा भनिएको छ।

यस अभियानमार्फत कम्पनीले मौलिक नेपालीपन झल्किने, समसामयिक सन्देश बोकेको र दर्शकको मन जित्ने क्षमता भएको स्क्रिप्टहरूलाई प्राथमिकता दिने बताइएको छ। यो भन्दा अघि निर्माता सन्तोष गौतमले सौगात मल्ल र गरिमा शर्मा लिएर जन्ते बाख्रो बनाइसक्नु भएको थियो।

सम्पर्क विवरणः
Muin Entertainment, कुपन्डोल, ललितपुर
9705068979 (Mobile | WhatsApp | Viber)
✉️ mail@muinentertainment.com

लेखक, सर्जक, र स्क्रिप्ट राइटरहरूका लागि यो उत्कृष्ट अवसर हो — आफ्नो कथा सिनेमा बन्ने यात्रामा ल्याउन आजै Muin Entertainment सँग सम्पर्क राख्नुहोस्! यो

‘जदौ’ निर्माणको औपचारिक घोषणा, जातीय विभेदमाथि उठ्नेछ फिल्मको कथा

काठमाडौं, साउन १ — नेपाली समाजमा अझै गहिरो रूपमा गाडिएको जातीय विभेद र अन्तरजातीय प्रेमका विषयवस्तुलाई समेट्दै नयाँ नेपाली फिल्म ‘जदौ’ को औपचारिक निर्माण घोषणा गरिएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको शीर्षक सार्वजनिक गरिएको हो।

समारोहमा कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, बिनोद न्यौपाने र सन्ध्या श्रेष्ठ ले फिल्मका गीतकार प्रीति कौर द्वारा लिखित गीत वाचन गर्दा माहोल भावुक र स्तब्ध बनेको थियो। गीतले जातीय भेदभावका पीडाहरूलाई मार्मिक ढंगले प्रस्तुत गर्‍यो।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन…’ वाचन गर्दै ‘जदौ’ फिल्मको शीर्षक अनावरण गरे।

फिल्मका निर्देशक काजी लिम्बू र अञ्जन शर्मा हुनेछन्। उनीहरूका अनुसार फिल्म भदौको पहिलो साताबाट छायांकनमा जाने तयारीमा छ।
निर्देशक लिम्बूले फिल्मको कथा आफूले देखेको, भोगेको समाजमा व्याप्त जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्धका यथार्थ घटनामा आधारित रहेको बताए। अर्का निर्देशक शर्माले यस्ता सामाजिक विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिने बताए।

फिल्ममा मुकुन, नीति, प्रभातपाल, बिनोद, सन्ध्यासँगै ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतका कलाकारको अभिनय रहनेछ। अभिनेत्री नीति शाहले आफू फिल्ममा एक आधुनिक चरित्रमा देखिने जानकारी दिइन्। अभिनेता प्रभातपालले आफूलाई दिइएको भूमिकालाई लिएर उत्साहित रहेको र यसले आफ्नो करिअरमा नयाँ उचाइ दिन सक्ने विश्वास व्यक्त गरे।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्ने फिल्मका सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा रहेका छन्।

श्याम तामाङ को छायांकन, मिलन श्रेष्ठ को द्वन्द्व निर्देशन, चिरञ्जीवि भण्डारी को कला निर्देशन, र बाबुल गिरी तथा सरोज पोखरेल को संगीत रहेको फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा छायांकन गरिनेछ।

फिल्म निर्माण टिमले पत्रकार सम्मेलनमा उपस्थित संचारकर्मीहरूमध्ये गोलाप्रथामार्फत चयन गरिएका ‘लक्की सेभेन’ सात संचारकर्मीलाई दैनिक प्रयोगका सामाग्रीहरु उपहारस्वरुप प्रदान गरेको थियो। निर्देशक लिम्बूका अनुसार ‘जदौ’ फिल्मलाई सबैका लागि अविस्मरणीय बनाउन यो कन्सेप्ट ल्याइएको हो।

कार्यक्रमको सञ्चालन वरिष्ठ पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी ले गरेका थिए।

‘गावैं रमाइलो’को सातौं भागमा खुइलीलाई पत्रकार साथीले दिइन् धोका, दर्शकको चासो थपियो

काठमाडौं:-नेपाली हास्य टेलिशृंखला ‘गावैं रमाइलो’ पछिल्लो समय दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। सामाजिक, राजनीतिक तथा ग्रामीण परिवेशमा आधारित व्यङ्ग्यात्मक कथावस्तुमा निर्माण गरिएको यस शृंखलाको सातौं भागले दर्शकमाझ थप उत्सुकता जगाएको छ।

निर्देशक नेत्र राउतको निर्देशनमा तयार गरिएको शृंखलामा हालैको सातौं भागमा प्रमुख पात्र नवीना सिलवाल ‘खुइली’ र सुबास घिसिङ ‘सुनपहेंले’ बीच विवाहको सहमति देखिन्छ। तर, नाटकीय मोड तब आउँछ जब खुइलीकी पत्रकार साथीको इन्ट्री हुन्छ।
उनले खुइलीलाई ‘सुनपहेंले खराब मान्छे हुन्’ भन्दै भड्काउँछिन् र अन्ततः आफूले नै सुनपहेंलेसँग विवाह गरिछन्।
साथीबाट धोका पाएपछि खुइली मानसिक तनावमा पर्दै देखिन्छिन्।

निर्देशक राउतले भने, “हास्य–व्यङ्ग्य मार्फत सामाजिक यथार्थ देखाउन खोजिएको छ। सातौं भागपछि दर्शकको प्रतिकृया अत्यन्त सकारात्मक छ।”

शृंखलामा वरिष्ठ कलाकार देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मण विक्रम बस्नेत, सुरेश थापा, विनोद राई, सुभाना राई लगायतको दमदार अभिनय देख्न सकिन्छ।

यस टेलिशृंखलामा शब्द, संगीत तथा स्वर नवीन रावलको रहेको छ भने छायांकन ज्ञानकुमार कट्टेल, सम्पादन राजकुमार कार्की, मिक्सिङ किस्मत स्टुडियो र पार्श्व संगीत सुविन सेन्चुरीले गरेका छन्।

‘गावैं रमाइलो’ हरेक बिहीबार साँझ ७:३० बजे युट्युबमा प्रसारण हुँदै आएको छ। निर्माता जयकुमार थापा र नदिश मानन्धरको परिकल्पनामा बनेको शृंखला ग्रामीण भेगका युवालाई गाउँ फर्काउने संदेश बोकेको हास्य-व्यंग्य टेलिशृंखला हो।