‘गावैं रमाइलो’को सातौं भागमा खुइलीलाई पत्रकार साथीले दिइन् धोका, दर्शकको चासो थपियो
काठमाडौं:-नेपाली हास्य टेलिशृंखला ‘गावैं रमाइलो’ पछिल्लो समय दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। सामाजिक, राजनीतिक तथा ग्रामीण परिवेशमा आधारित व्यङ्ग्यात्मक कथावस्तुमा निर्माण गरिएको यस शृंखलाको सातौं भागले दर्शकमाझ थप उत्सुकता जगाएको छ।

निर्देशक नेत्र राउतको निर्देशनमा तयार गरिएको शृंखलामा हालैको सातौं भागमा प्रमुख पात्र नवीना सिलवाल ‘खुइली’ र सुबास घिसिङ ‘सुनपहेंले’ बीच विवाहको सहमति देखिन्छ। तर, नाटकीय मोड तब आउँछ जब खुइलीकी पत्रकार साथीको इन्ट्री हुन्छ।
उनले खुइलीलाई ‘सुनपहेंले खराब मान्छे हुन्’ भन्दै भड्काउँछिन् र अन्ततः आफूले नै सुनपहेंलेसँग विवाह गरिछन्।
साथीबाट धोका पाएपछि खुइली मानसिक तनावमा पर्दै देखिन्छिन्।
निर्देशक राउतले भने, “हास्य–व्यङ्ग्य मार्फत सामाजिक यथार्थ देखाउन खोजिएको छ। सातौं भागपछि दर्शकको प्रतिकृया अत्यन्त सकारात्मक छ।”
शृंखलामा वरिष्ठ कलाकार देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मण विक्रम बस्नेत, सुरेश थापा, विनोद राई, सुभाना राई लगायतको दमदार अभिनय देख्न सकिन्छ।
यस टेलिशृंखलामा शब्द, संगीत तथा स्वर नवीन रावलको रहेको छ भने छायांकन ज्ञानकुमार कट्टेल, सम्पादन राजकुमार कार्की, मिक्सिङ किस्मत स्टुडियो र पार्श्व संगीत सुविन सेन्चुरीले गरेका छन्।
‘गावैं रमाइलो’ हरेक बिहीबार साँझ ७:३० बजे युट्युबमा प्रसारण हुँदै आएको छ। निर्माता जयकुमार थापा र नदिश मानन्धरको परिकल्पनामा बनेको शृंखला ग्रामीण भेगका युवालाई गाउँ फर्काउने संदेश बोकेको हास्य-व्यंग्य टेलिशृंखला हो।

आफ्नो प्रतिक्रिया दिनुहोस्