होस्टेल अगेन: होस्टेल ३ को सफलता पछि नयाँ चलचित्रको घोषणा
काठमाडौं, साउन – नेपाली सिनेमा ‘होस्टेल’को नयाँ संस्करण ‘होस्टेल अगेन’ को पोस्टर सार्वजनिक गरिएको छ। समर्पण इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म Aaron Kan Films को सहकार्यमा बन्न लागेको हो। पोस्टरले फिल्ममा प्रेम, हिंसा र रहस्यको सम्मिश्रण रहेको संकेत गरेको छ।

सार्वजनिक पोस्टरमा रक्ताम्य चक्कु, प्रेमको प्रतीक रातो गुलाफ, र ‘Goodbye’ लेखिएको पत्र देखिन्छ। यो दृश्यले कथाको गहिरो मनोवैज्ञानिक पाटो, धोका र बदला जस्ता भावनात्मक तह झल्काएको छ।
फिल्मको निर्देशन तथा कथा लेखन Sashan Kandel द्वारा गरिएको हो भने पटकथा लेखनमा Madhav Sharma संलग्न छन्। कार्यकारी निर्माताको रूपमा Shankar Koirala रहनेछन्।
फिल्म छिट्टै छायांकनमा जाने तयारीमा रहेको जनाइएको छ। ‘होस्टेल अगेन’ले नेपाली युवापुस्ताको जीवनशैली, मनोविज्ञान, र सम्बन्धका आरोहअवरोहलाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्