‘कोशेढुङ्गा’ को बहुप्रतिक्षित गीत नत्र भने जिन्दगी व्यर्थ सार्वजनिक

काठमाडौं । नरदेवी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माणाधीन नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मंजिल कुमार, दिनेश काफ्ले र स्नेहा जोशीको विशेष अभिनय देख्न सकिन्छ।

लोक र सांस्कृतिक भावनाले भरिएको गीतमा समिक्षा अधिकारी, खेेम सेन्चुरी र दिपिका बायम्बु मगरको स्वर रहेको छ भने, गीतको शब्द नेत्र अर्याल र विदुर तिमल्सिनाले तयार पारेका हुन्। संगीत खेेम सेन्चुरी, आशिष अबिरल र रिदम कँडेलको रहेको छ।

गीतमा नेपाली समाजको विविधता, संस्कृति र महिलाहरूको सहभागितालाई उल्लासपूर्ण शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा सयौं महिला कलाकारहरू आकर्षक पहिरनमा नाचगानमा सहभागी देखिन्छन्।

चलचित्र ‘कोसेढुङ्गा’ बारे
नर्देवी फिल्म्स प्रा.लि.को प्रस्तुतिमा निर्माण गरिएको फिल्म ‘कोशेढुङ्गा’ लाई निर्देशक सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन्। फिल्मका सह-लेखकहरूमा सुनिल निउरे र सुवलमणि सापकोटा रहेका छन्।

फिल्मका निर्माता प्रेबिल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माताको रूपमा दिनेश खड्का छन्। फिल्मका प्रमुख सल्लाहकार निधेस अधिकारी रहेका छन्।

कलाकारहरू
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मंजिल कुमार, सरोज खनाल, लोकमणि सापकोटा, हिउवाला गौतम, सिरु बिस्ट, दिनेश काफ्ले, सबिन कट्टेल, झकेन बीसी, स्नेहा जोशी, उद्धव सापकोटा र सबिता रेग्मी लगायत कलाकारहरूको अभिनय रहनेछ।

संगीत पक्ष
गीतको निर्देशन खेेम सेन्चुरी, आशिष अबिरल र रिदम कँडेलले गरेका हुन्। गीतको ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ कार्य रिदम कँडेलले गरेका हुन्।

गीतको कोरियोग्राफी स्मृति तिमल्सिना र सुमन सागर जंग केसीले गरेका छन्। गीतमा बिन्दु बीसी र सुनिता लोहनीको कोरस पनि समावेश गरिएको छ।

प्राविधिक पक्ष
फिल्मको प्रोडक्सन म्यानेजर मनोज जोशी हुन्। स्थानीय समन्वयकर्तामा पवनकाजी अधिकारी र विश्व पौडेल रहेका छन्।
आर्ट निर्देशन अकि थेक्पाको नेतृत्वमा गरिएको छ, जसमा सगुन तामाङ र रोशनी मगरको टोली सहयोगमा रहेको छ।

मेकअप विभागमा बिनोद श्रेष्ठको नेतृत्व छ भने, सन्द्या राना कस्ट्युम डिजाइनरको रूपमा संलग्न रहेकी छन्। हेयर ड्रेसिङमा सबिना उप्रेती र संजिता ढकालको टिम छ।

‘कोसेढुङ्गा’ सामाजिक, सांस्कृतिक र पारिवारिक भावनामा आधारित कथावस्तुमा निर्माण भइरहेको फिल्म हो। सार्वजनिक गीतले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाउँदै गएको छ। फिल्मको अन्य गीत र ट्रेलर पनि चाँडै सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ। यो नत्र भने जिन्दगी व्यर्थ छ 7 seven seas international ले आफ्नै युट्युब बाट सार्वजनिक गरिएको छ। र अन्तर्राष्ट्रिय ४३ देश कन्फर्म गरिएको एकैचोटि रिलिज हुने तयारीमा रहेको प्याट्रीक सुवेदिले जानकारी गराउनु भयो र चलचित्र भाद्र १२ गते बाट प्रदर्शनमा नेपाल र विदेश एकैचोटि रिलिज हुँदैछ।

Share Post on Social media