२०८२ मंसिर २२, सोमवार

शाह स्टुडियो एण्ड कम्पनीद्वारा ‘शाह बिजनेस एक्सिलेन्स अवार्ड २०२५’ सम्पन्न

काठमाडौं । शाह स्टुडियो एण्ड कम्पनीले आयोजना गरेको ‘शाह बिजनेस एक्सिलेन्स अवार्ड २०२५’ शुक्रबार फिल्म विकास बोर्ड, काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।

नेपालको व्यवसायिक क्षेत्र, समाजसेवा, मिडिया, कला, खेलकुद तथा अन्य पेशागत क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने टप १०० व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम देशकै प्रतिष्ठित व्यवसायिक पुरस्कारमध्येको एक मानिन्छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, विशिष्ट अतिथि चर्चित निर्माता तथा निर्देशक शोभित बस्नेत र अभिनेत्री पुजा चन्द रहेका थिए। प्रमुख तथा विशिष्ट अतिथीहरूले सम्मानित व्यक्तित्वहरूलाई मायाको चिनो, फ्रेम, खादा र रुद्राक्षको मालाले सम्मान गरेका थिए।

कार्यक्रमको सञ्चालन विवेक खतिवडाले गरेका थिए भने शाह स्टुडियोका संस्थापक एवं अध्यक्ष मोनु शाहले स्वागत मन्तव्यद्वारा कार्यक्रमको सुरुवात गरेका थिए।

सांगीतिक प्रस्तुतीको क्रममा गायक रोशन बालुवाले स्वर्गीय भक्तराज आचार्यको लोकप्रिय गीत ‘जहाँ छन् बुद्धका आँखा’ प्रस्तुत गर्दै कार्यक्रममा रमाइलो वातावरण सिर्जना गरेका थिए।

झन्डै दुई घण्टा लामो कार्यक्रमको समापन प्रमुख अतिथि राजेन्द्र लिङ्देनले छोटो मन्तव्य दिँदै सबै सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गरेका थिए।

पुरस्कार प्राप्तकर्ताहरू (Awardee List):

१) व्यवसाय (Business) श्रेणी

Master Chef Santosh Sah – Entrepreneur / Owner of Mithila Thali

Sushil Nepal – Host and Ex-producer of Voice of Nepal

Shailesh Adhikari – Tourism Entrepreneur

Suryadeep Ghatane – Educational Consultant

Amit Sharma – MD, Power Protection Energy

Dhiraj K. Sah – CEO, Shah Hemp Inno Ventures

Aventoz Pvt. Ltd. – Devil Singh Rajput (Event & Voting Platform Company)

American Language Center – Sneha Bansal (Managing Director)

Right Way Business Solution – Bibek Joshi (Managing Director)

Nexsus Educational Consultancy – Ramesh Adhikari (Managing Director)

Prem Gurung – MD, Ghainte Chiya & Café

Biplove Sah – Ncell Team Nepal Business Development Cell

Rakesh Sanjel – MD, Naat Aviation

Sappan KC – President, Europe Peace Foundation (Global Peace Activist)

Bhimsin Mainali – Managing Director, Beauty Women Nepal

Samar Singh Chhetri – MD, Miraj Riverside Village Resort


२) फेसन, ब्यूटी, र डिजाइन श्रेणी

Sajina Bista – Fashion Designer / CEO at Sajina Creation

Lovin Ansari – Fashion Model and Choreographer

Aarati Kumari Sah – Lead Mithila Artist at JAC

Durga Bista – Fashion Designer / CEO at Meraki Boutique

Shanta Karki – Makeup Artist / CEO at Shantaj Beauty Salon Training Center

Rodha Magar – Makeup Artist


३) मिडिया पर्सनालिटी तथा सामाजिक क्षेत्र (Media Personality & Social Activist)

Rishi Dhamala – Senior Journalist

Diwakar Sah – Media Personality / Journalist

Sishir Bhandari – Actor and Social Worker

Ramesh KC – Social Activist

Bina Shrestha – Media Personality

Purshotam Yadav – GenZ Leader

Durgesh Yadav – Social Worker / General Secretary of Kashiyana Foundation

Rojeena Bista – Social Worker

Kumar Acharya – Media Personality

Amir KC – Media Personality/ Film maker / Director


४) संगीत, भिडियो, फेसन र कलाकारिता (Musical / Audio / Video / Fashion Model – Artist Sector)

Ananda Karki – Singer & Musician

Chetan Sapkota – Singer & Musician

Raju Singh – Singer & Musician

Kamal Khatri – Singer & Musician

Melina Mainali – Singer

Bhim BC – Singer / Musician / Composer


५) मोडल, कलाकार र निर्देशक (Model / Actor / Director Category)

Rina Lakhaju – Model

Asmita Thapa – Model (Bridal Queen 2025)

Dipa Katuwal – Model (Miss Royal Global Queen 2025)

Aashirwad B. Chhetri – Actor (Nainabhanula 6)

Anita Yadav – Model

Rani Kharel – Model

Swati Panjiyar – Fashion Model & Artist

Tina Thapa – Face of Rajdhani 2022

Sarika Budha – Mrs. Royal Global Queen

Samita Giri – Model

Rohit Sah – Model

Kumar Gajurel – Director (Movie chaaure and upcoming Saarathi)
Subash Sah – Graphics Designer

GB Aagri – Director of Nepali Industry

Ekanta Magar – Director of Nepali Film Industry

Sujan Shrestha – Director of Photo & Videography

Khem Pandey – Content Creator / TikTok Artist

Santosh Kumar – Cinematographer


६) खेलकुद (Sports Category)

Bhagwati Khadka – पहिलो महिला पहलवान (1st Woman Wrestler of Nepal)


कार्यक्रम टिम (Team)

Bhawana Thapa – Coordinator

Keshar BC – Artist

Vivek Khatiwada – Host

शाह स्टुडियो एण्ड कम्पनीका अनुसार, ‘शाह बिजनेस एक्सिलेन्स अवार्ड २०२५’ले व्यवसाय, कला, मिडिया, समाजसेवा र खेलकुद क्षेत्रमा असाधारण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै देशमा उत्कृष्टता र नवप्रवर्तनको भावना फैलाउने लक्ष्य लिएको छ।

‘मुगलान’को टिजर सार्वजनिक, विदेशिएको युवाको पीडा र संघर्षको कथा

काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार युना डिजिटलको युट्युब च्यानलमार्फत ३९ सेकेण्ड लामो टिजर रिलिज गरेको हो।

टिजरले आर्थिक अभावमा परेका एक युवाको कथा भन्छ, जो आफ्नो परिवारलाई सुखी राख्न र सपनाहरू पुरा गर्न भारतमा मजदुरी गर्न पुग्छ। त्यहाँ उनले भोग्नुपरेको कठिनाइ, शोषण र गाउँघरमा बाँकी परिवारले भोगेको पीडालाई टिजरले भावनात्मक रूपमा चित्रण गरेको छ।

‘मुगलान’ ले परदेशको सपना, गाउँघरको प्रेम र युवाको संघर्षपूर्ण यात्रालाई केन्द्रमा राखेको देखिन्छ। फिल्म आगामी पुष १० गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।

फिल्ममा प्रभात पाल र स्मारिका ढकाल मुख्य भूमिकामा छन्। साथै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब. पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मका लेखक तथा निर्देशक आशिष ढकाल हुन् भने निर्माता गोमन सिंह र को–प्रोड्युसर रिता चौधरी रहेका छन्। सम्पादन तारा थापा ‘किम्भे’, द्धन्द्व निर्देशन जय बिष्ट र राम गुरु, छायांकन अजय रेग्मी, र कोरियोग्राफी देबेन्द्र कुँवरले गरेका छन्।

संगीत किरण भुषालको रहेको फिल्ममा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) का स्वर रहेका छन्। गीतहरू आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) ले लेखेका हुन्।

फिल्मको वितरण जिम्मा आर आर फिल्म्सले लिएको छ।

जेन्जी आन्दोलनमा घाइतेहरूप्रति घान्द्रुक समाज यूकेको सहयोग

लण्डन :-अध्यक्ष हिरा देबी गुरुङको अध्यक्षतामा घान्द्रुक समाज यूकेले नेपालमा जारी GenZ आन्दोलनका क्रममा घाइते भएकाहरूप्रति मानवीय सहयोग गरेको छ।

नेपाल स्नेही काखमार्फत् समाजले प्रत्येक घाइते व्यक्तिलाई रु. २०,००० (बीस हजार) का दरले आर्थिक सहयोग वितरण गरेको हो।

नेपालमा जब–जब आपत विपत, बाढी–पहिरो वा अन्य संकट आउँछ, घान्द्रुक समाज यूकेले सधैं अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको छ। यस पटक पनि देशको यो संवेदनशील परिस्थितिमा समाजले मानवीय संवेदना र जिम्मेवारीको परिचय दिएको छ।

यस कार्यमा अध्यक्ष हिरा देबी गुरुङ, देव गुरुङ, र सम्पूर्ण घान्द्रुक समाज यूके परिवारको योगदान प्रशंसनीय छ।
समाजको निरन्तर सहयोग र देशप्रतिको आत्मीयताप्रति सबै नेपालीले हार्दिक सम्मान व्यक्त गरेका छन्।

चलचित्र ‘मन बिनाको धन’ को गीतमा शिव परियार र प्रमोद खरेलको स्वर

काठमाडौँ, कार्तिक १८।
यहि शुक्रबार कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ।

‘यो धनले’ बोलको सार्वजनिक गीतमा शिव परियार र प्रमोद खरेलको मधुर स्वर रहेको छ भने गीतका शब्द तथा संगीत टंक बुढाथोकीले रचना गरेका हुन्। गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन्।

चलचित्रको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले ठुलो हौसला मिलेको र चलचित्रलाई पनि दर्शकले मन पराउने विश्वास निर्देशक टंक बुढाथोकीले व्यक्त गरेका छन्। युट्युबमा चलचित्रको ट्रेलर १० लाखभन्दा बढी पटक हेरिसकिएको छ। प्रचार सामाग्रीमार्फत बनेको हाइपका कारण चलचित्रले व्यापारिक रूपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमले राखेको छ।

चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोललगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार यो चलचित्रको कथा बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा (सपना) रहेकी छिन्।
त्यस्तै जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्माताको भूमिकामा रहेका छन्।
टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन्।

फिल्ममा संगीत– टंक बुढाथोकी, छायांकन– सौरभ लामा, कोरियोग्राफी– कविराज गहतराज र रामजी लामिछाने, सम्पादन– मित्र डी. गुरुङ, र मुख्य सहायक निर्देशन– नवराज शर्मा रहेका छन्।

चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

‘मन बिनाको धन’ सेन्सर पास, ‘युनिभर्सल सर्टिफिकेट’ सहित शुक्रबारदेखि प्रदर्शनमाकाठमाडौं, कार्तिक १८

आगामी कार्तिक २१ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ ले सेन्सर बोर्डबाट ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ।

चलचित्र जाँच पास समितिका सदस्यहरूले फिल्मको विषयवस्तु र प्रस्तुति मनपराउँदै, यो फिल्म सबै उमेर समूहका दर्शकका लागि उपयुक्त रहेको निष्कर्ष निकालेका छन्। साथै, अशोक दर्जीको वास्तविक जीवन नजिकको कथामा आधारित यस चलचित्रले राम्रो सन्देश दिन सफल भएको भन्दै सेन्सर सदस्यहरूले खुलेर प्रशंसा गरेका थिए।

चलचित्रका निर्देशक टंक बुढाथोकीले ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफूहरूलाई ठूलो हौसला दिएको बताए। उनका अनुसार, “फिल्मको ट्रेलर युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ र दर्शकले पनि फिल्मलाई मन पराउनेमा हामी विश्वस्त छौं।” प्रचार सामग्रीमार्फत सिर्जना भएको हाइपका कारण चलचित्रले व्यापारिक रूपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको रहेको छ।

कलाकारहरू: अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

बाटोमा गीत गाउँदै माग्दै हिंड्ने अशोक दर्जीलाई टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीतमार्फत राष्ट्रिय चिनारी दिलाएका थिए। यही सम्बन्धबाट प्रभावित हुँदै बुढाथोकीले अशोकको परिवेशमा आधारित सामाजिक कथा ‘मन बिनाको धन’ निर्माण गरेका हुन्। हाल अशोक काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।

फिल्मको कथा टंक बुढाथोकी स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रकी निर्मात्री विष्णुमाया मैनाली, कार्यकारी निर्मात्री सपना शर्मा (सपना) हुन्। सहनिर्मातामा जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे रहेका छन्।

फिल्मका संगीत निर्देशक टंक बुढाथोकी, छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी. गुरुङ, तथा मुख्य सहायक निर्देशक नवराज शर्मा हुन्। चलचित्रका क्रिएटिभ निर्देशक टिकाराम बुढाथोकी हुन्।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन।

रातोपुलस्थित Metup Cafe & Restro :- कर्मचारी आवश्यकता

काठमाडौं । रातोपुलस्थित Metup Cafe & Restro ले कर्मचारी आवश्यकता भएको जनाएको छ । क्याफेले शेफ/किचन क्रु र वेट्रेस पदका लागि आवेदन आह्वान गरेको हो ।

क्याफेले खाना बनाउने सीप भएका, जिम्मेवार र टिममा काम गर्न सक्ने व्यक्तिहरूलाई प्राथमिकता दिने जनाएको छ । साथै, ग्राहकसँग सौहार्दपूर्ण व्यवहार गर्न सक्ने उत्साही व्यक्तिहरूलाई वेट्रेस पदका लागि अवसर प्रदान गरिनेछ ।

इच्छुक व्यक्तिहरूले ९८४९८३०१९२ नम्बरमा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन् ।

रातोपुल क्षेत्रमा सेवा विस्तार गर्दै आएको Metup Cafe & Restro ले स्वादिष्ट परिकार, राम्रो वातावरण र ग्राहकमैत्री सेवाका कारण छोटो समयमा लोकप्रियता हासिल गरेको छ ।

स्थान: रातोपुल
सम्पर्क: ९८४९८३०१९२
Metup Cafe & Restro

सफलतापूर्वक सम्पन्न भयो महेश र अस्मिताको ‘सोलफुल यू.एस.ए म्युजिकल यात्रा’

काठमाडौं। चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल यू.एस.ए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ।

‘थ्री ई इन्टरटेन्मेन्ट’ले आयोजना गरेको यस म्युजिकल टुरमा महेश र अस्मिताले अमेरिकाका १५ भन्दा बढी शहरहरूमा आफ्नो दमदार प्रस्तुति दिएका थिए। करिब साढे दुई महिना लामो यो यात्राका क्रममा उनीहरूले भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा प्रस्तुति दिएका हुन्।

भर्जिनियाको एसबर्नमा आयोजित दसैँ–तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित म:म फेस्टिभलमा उनीहरूको जोडी हेर्न १५ हजारभन्दा बढी दर्शक उपस्थित भएको आयोजक 3E Entertainment का तर्फबाट सुरेश सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार, ‘सोलफुल यू.एस.ए म्युजिकल यात्रा’ निकै सफल र स्मरणीय रह्यो। दर्शकहरूले महेश र अस्मिताको जोडीलाई अत्यन्तै मन पराए र हरेक कार्यक्रम उत्साहजनक बनेका थिए।

परदेशमा रहेका नेपाली समुदायसँगै तिज, दसैँ, तिहार जस्ता चाड मनाउँदै प्रस्तुति दिन पाउनु आफूहरूका लागि रोमाञ्चक र भावनात्मक अनुभव रहेको महेश र अस्मिताले बताएका छन्।

टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्दै समिप न्याैपानेको सानदार गिटार प्रस्तुति

नेपालका प्रतिभाशाली गिटार वादक समिप न्याैपानेले टर्कीमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाललाई गौरवान्वित बनाएका छन्। ‘गोल्डेन किड्स इन्टरनेशनल’ मार्फत सहभागी भएका न्याैपानेले नेपालीपन झल्किने धुन प्रस्तुत गरेपछि आयोजक, निर्णायक र दर्शक सबैले उनको प्रदर्शनको प्रशंसा गरेका छन्।

नेपालकी नेशनल डायरेक्टर प्रमिला सिलवालको प्रतिनिधित्वमा सहभागी भएका न्याैपानेले गिटारमा प्राविधिक दक्षता, आत्मविश्वास र संगीतप्रतिको समर्पण देखाएका थिए। आयोजकहरूले उनलाई “भविष्यको अन्तर्राष्ट्रिय कलाकार” को रूपमा व्याख्या गरेका छन्।

सानै उमेरदेखि संगीतप्रति रुचि राख्ने समिपले निरन्तर अभ्यास र लगनसाथ आफूलाई दक्ष गिटार वादकका रूपमा स्थापित गरेका छन्। परिवारको समर्थन र मार्गदर्शनले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न प्रेरित गरेको बताइएको छ।

कार्यक्रममा विभिन्न देशका युवा कलाकार सहभागी थिए। प्रतिस्पर्धा कडा भए पनि समिपको प्रस्तुति सबैको ध्यान तानेको थियो। उनले नेपाली संगीतको विविधता र भावनालाई गिटारमार्फत प्रस्तुत गर्दा उपस्थित दर्शक मन्त्रमुग्ध बने।

समिपले अनुभव साझा गर्दै भने, “टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्नु मेरो लागि गर्वको कुरा हो। भविष्यमा अझ धेरै सिकेर नेपाली संगीतलाई विश्वमञ्चमा पुर्‍याउने मेरो लक्ष्य छ।”

यस उपलब्धिले नेपालमा बाल प्रतिभा प्रोत्साहनका अभियानमा नयाँ ऊर्जा भरेको छ। विद्यालय, संगीत संस्था र अभिभावकहरू समिपको उदाहरणबाट प्रेरित हुँदै बालबालिकामा लुकेका प्रतिभा पहिचान र विकास गर्न उत्साहित भएका छन्।

समिप न्याैपानेको यो अन्तर्राष्ट्रिय यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली संगीत र संस्कृतिको प्रतिष्ठासँग जोडिएको गर्वको विषय बनेको छ।

रातोपुलमा ‘मेट अप क्याफे’ हब बन्दै, कार्तिक २१ गते सफ्ट ओपनिङ

काठमाडौं। ओजस थिएटरको ग्राउन्ड फ्लोरमा अवस्थित मेट अप क्याफे पछिल्लो समय रातोपुल क्षेत्रमा भेटघाट र स्वादका पारखीहरूको आकर्षण बन्दै गएको छ।

चिया, नास्ता, खाजा र खानाको स्वाद लिन आउने ग्राहकहरूको भिड दैनिक रूपमा बढ्दो क्रममा छ। सौहार्दपूर्ण वातावरण, रमाइलो भेटघाट स्थल र स्वादिलो मेनुको कारण मेट अप क्याफे छोटो समयमा नै चर्चामा आएको हो।

सञ्चालक रामशरण थापाका अनुसार क्याफेले कार्तिक २१ गते (नोभेम्बर ७) अनौपचारिक रूपमा आफ्नो सफ्ट ओपनिङ गर्ने तयारी गरेको छ। उनले भने,

“सबै तयारी पूरा भएपछि विशेष अफरसहित औपचारिक उद्घाटन गर्ने योजना रहेको छ। ग्राहकको रुचिअनुसार सेवा विस्तार गर्दै जाने हाम्रो उद्देश्य हो।”

हाल क्याफेमा आउने ग्राहकहरूले चिया, खाजा र खानाको स्वाद मन पराइरहेका छन्। थापाले थपे,

“आउनु हुने ग्राहकहरूले हाम्रो स्वाद मन पराइदिनु भएको छ, हामी त्यसैमा खुसी छौं।”

कलाकारदेखि निर्देशकसम्म यहाँ आउन थालेपछि मेट अप क्याफे रातोपुल क्षेत्रको नयाँ भेटघाट केन्द्र (Hub) बन्दै गएको छ। ओजस थिएटरको तल्लो तलामा रहेको यो क्याफे स्वादिलो परिकार मात्र होइन, आत्मीय वातावरण र सिर्जनात्मक भेटघाटका लागि पनि उपयुक्त स्थान बन्दै गएको छ।
स्थान: ओजस थिएटर, ग्राउन्ड फ्लोर, रातोपुल, काठमाडौं
विशेषता: चिया, नास्ता, खाजा र खानाको स्वादिलो संयोजन
सफ्ट ओपनिङ: कार्तिक २१ गते (नोभेम्बर ७)

‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत सार्वजनिक, नीर शाह र गौरी मल्लको छमछमी नृत्य

काठमाडौं।
आगामी मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पीआर’को नयाँ गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

गीतको भिडियोमा वरिष्ठ कलाकार नीर शाह र गौरी मल्लको छमछमी नृत्य देख्न सकिन्छ। त्यस्तै, दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार गीतको भिडियोलाई दर्शकले मन पराउनेमा उनीहरू ढुक्क छन्।

गीतमा भिम बी.सी.को संगीत, टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की रहेका छन्।

फिल्मका निर्देशक शोभित बस्नेतका अनुसार ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ। उनका शब्दमा,

“विदेशमा रहेका छोराछोरी र नेपालमा रहेका बुबाआमाको सम्बन्ध तथा अपेक्षालाई फिल्ममा प्रस्तुत गरिएको छ। दर्शकले यसमा रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्,” उनले भने।

फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन्।
गणेश बुढाथोकीले फिल्मको लेखन गरेका हुन्, बन्दे प्रसादको सम्पादन, र छायांकन सौरभ सायमी तथा सौरभ लामाले गरेका हुन्।
फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ।