सफलतापूर्वक सम्पन्न भयो महेश र अस्मिताको ‘सोलफुल यू.एस.ए म्युजिकल यात्रा’
काठमाडौं। चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल यू.एस.ए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ।







‘थ्री ई इन्टरटेन्मेन्ट’ले आयोजना गरेको यस म्युजिकल टुरमा महेश र अस्मिताले अमेरिकाका १५ भन्दा बढी शहरहरूमा आफ्नो दमदार प्रस्तुति दिएका थिए। करिब साढे दुई महिना लामो यो यात्राका क्रममा उनीहरूले भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा प्रस्तुति दिएका हुन्।
भर्जिनियाको एसबर्नमा आयोजित दसैँ–तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित म:म फेस्टिभलमा उनीहरूको जोडी हेर्न १५ हजारभन्दा बढी दर्शक उपस्थित भएको आयोजक 3E Entertainment का तर्फबाट सुरेश सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार, ‘सोलफुल यू.एस.ए म्युजिकल यात्रा’ निकै सफल र स्मरणीय रह्यो। दर्शकहरूले महेश र अस्मिताको जोडीलाई अत्यन्तै मन पराए र हरेक कार्यक्रम उत्साहजनक बनेका थिए।
परदेशमा रहेका नेपाली समुदायसँगै तिज, दसैँ, तिहार जस्ता चाड मनाउँदै प्रस्तुति दिन पाउनु आफूहरूका लागि रोमाञ्चक र भावनात्मक अनुभव रहेको महेश र अस्मिताले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्