मंसिर ५, २०८२ | काठमाडौं – ओजस थिएटरले आज राष्ट्रिय नाचघर जमलमा चर्चित नाटक ‘एक चिहान’ तीन शोमा मंचन गरेको छ। बिहान ९ बजे, ११ बजे र दिउँसो ३ बजे भएका यी शोहरूमा मुख्य दर्शक काभ्रे क्षेत्रका विभिन्न कलेजका विद्यार्थी र शिक्षकहरू थिए।
विशेषत: निम्न कलेजका विद्यार्थी र शिक्षकहरूले नाटक हेरेका थिए: सिद्धार्थ बनस्थली इन्स्टिच्युट, काभ्रे कलेज, काभ्रे नामी कलेज, जोरपाटी कलेज, पद्मोदय कलेज, इस्टपोल कलेज, लुम्बिनी कलेज, न्यू मिलेनियम कलेज, न्यू समित कलेज, बासबारी कलेज, ब्लु बर्ड कलेज।
नाटकमा निम्न कलाकारहरूले अभिनय गरेका छन्: मदन थापा, जे.बी. डिसी, कल्पना थापा, रिता थापा, सानु पाण्डे, अशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, विप्लव खड्का, उज्वल साईपुम राई, समीर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कडेल, गोविन्द खड्का, रश्मी गुरुङ, अञ्जना दुलाल, प्रदीप विश्वकर्मा।
नाटक हृदयचन्द्र सिंह प्रधानको कृतिमा आधारित छ, रूपान्तरण हर्क मगरले गरेका हुन्। निर्माता कल्पना थापा, बजार व्यवस्थापक रिता थापा, र निर्देशक सागर कार्की (ओजस थिएटरका संचालक) हुन्।
निर्देशक कार्कीका अनुसार नाटकले नेपाली समाजमा देखिने वर्गीय विभेद, दुःख र मानवीय संवेदनशीलतालाई यथार्थपरक रूपमा उजागर गर्ने उद्देश्य लिएको छ।
उनले थप जानकारी दिए अनुसार, नाटक शैक्षिक दृष्टिले पनि महत्वपूर्ण छ। पढेर भन्दा हेरेर विद्यार्थीहरूले सजिलोसँग बुझ्न सक्ने गरी मंचन गरिएको छ।
आजका तीनै शोमा विद्यार्थी र शिक्षकहरूले उत्साहपूर्वक नाटक हेरेका थिए र प्रस्तुतिप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको मिडिया पार्टनर ‘अदृश्य सञ्चार मिडिया’ रहेको छ भने मिडिया को-अर्डिनेटर अमीर के.सी. रहेका छन्। मंसिर ७ गते नाचघर मै अर्को शो नाटक मंचन हुने जानकारी हामिलाई ओजस थिएटर का संचालकले जानकारी गराउनु भयो।
आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्म ‘आ बाट आमा’ को युएई, कतार, बहराइन र इजरायलमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ। निर्माण पक्षले बिहिबार चारै देशमा आफ्नो फिल्म सोल्ट आउट भएको जानकारी दिएको छ।
यसअघि फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा. लि. ले अस्ट्रेलिया र न्युजिल्याण्डको प्रदर्शन अधिकार लिइसकेको थियो। पछिल्लो समय फिल्मको विदेशमा उच्च माग बढेको देखिन्छ।
फिल्मका निर्देशक चन्द्र पन्त का अनुसार विदेशी बजारबाट आएको उत्साहप्रद प्रतिक्रिया नेपाली फिल्मका लागि सुखद संकेत हो।
निर्देशक चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, अंशु महर्जन, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रविन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दिलिप उखेडा, रचना गौतमको अभिनय रहेको छ।
फिल्मले आमाको संघर्ष, जिम्मेवारी र समाजले आमाप्रति देखाउने व्यवहारलाई केन्द्रमा राखेको छ। फिल्मको ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्ने स्लोगनले दर्शकको ध्यान खिचेको छ। यसले आमा–बुबाप्रति छोराछोरीबीचको गहिरो भावनालाई चित्रण गरेको बुझ्न सकिन्छ।
नेपालमा फिल्मको वितरण अधिकार आरआर फिल्म्सले पाएको छ भने डिजिटल अधिकार ओएसआरलाई रहेको छ। आगामी माघ १६ गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले निर्देशक चन्द्रलाई निकै उत्साहित बनाएको छ।
उनको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘ह्रस्वदीर्घ’ गत वर्ष सफल प्रदर्शनमा आएको थियो।
काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’को नयाँ डान्सिङ गीत ‘पुन्टु पियारी’ (पिन्टु पियारी) सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार गीत रिलिज गर्दै दर्शकसमक्ष फिल्मको मनोरञ्जनात्मक पक्ष प्रस्तुत गरेको हो।
युना डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले जोशीला नृत्य प्रस्तुत गरेका छन्। भिडियो रिलिजसँगै उनीहरूको प्रस्तुतिलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
गीतमा गायक हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारको आवाज रहेको छ। संगीत र शब्दरचना समेत हरि गिरीकै रहेको गीतलाई एचबिएन किस्मतले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका हुन् भने राज खड्काले रेकर्डिङ गरेका हुन्।
यसअघि सार्वजनिक प्रचार सामग्रीका अनुसार फिल्ममा प्रभात पाल र स्मारिका ढकालसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब. पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
आशिष ढकालको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका निर्माता गोमन सिंह रहेका छन्। फिल्मका को–प्रोड्युसर रिता चौधरी रहनुभएको छ। फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन तथा रिदम कँडेलको बेजिएम रहेको छ। त्यस्तै, देवेन्द्र कुँवर कोरियोग्राफर तथा अजय रेग्मी डिओपी रहेका छन्।
फिल्मका गीत–संगीतमा किरण भुषालको संगीत तथा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी)को गायन समावेश छ। गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी)को योगदान छ।
चितवन — कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘कर्तव्य’ मा आधारित नाटक आइतबार साँझ नारायणी कलामन्दिर, नारायणगढमा विशेष रूपमा मञ्चन गरिएको छ।
सोमबारदेखि तीन दिनसम्म दर्शकहरूले टिकट काटेर नाटक हेर्न सक्नेछन्। विद्यालय तहको पाठ्यपुस्तकमै समावेश भएको कथालाई विद्यार्थीलाई प्रत्यक्ष रूपमा देखाउने उद्देश्यले प्रदर्शन गरिएको आयोजकहरूले बताएका छन्।
कथामा पुर्ख्यौली सम्पत्तिबाट उत्पन्न दाइ–भाइबीचको मनमुटाव, त्यसपछि अदालतसम्म पुगेको विवाद, र अन्त्यमा दाइले आफ्नो कर्तव्य कसरी पूरा गर्छन् भन्ने विषय उठाइएको छ।
नाटकलाई निर्देशक पुष्पराज अवस्थीले रंगमञ्चमा उतारेका हुन्। कथाको मूल भाव राख्दै उनले सुदूरपश्चिमको बोली, संस्कार र भेषभूषालाई मिश्रित शैलीमा प्रस्तुत गरेका छन्, जसका कारण नाटकमा फरक परिवेशको स्वाद भेटिन्छ।
चितवनको ‘तरङ्ग नाट्य समूह’ र नारायणी कलामन्दिरको सहकार्यमा आयोजना गरिएको मञ्चनमा रुबिन सुनार, प्रदीप विश्वकर्मा, अञ्जना दुलाल, उज्ज्वल साइपोम राई, आयुष्मा जोशी, सन्तोष ढकाल, अर्जुन हाङ राई र तुलसी राईको भूमिका प्रमुख रूपमा देखियो। यससँगै मुकेश विश्वकर्मा, उत्सव कार्की, धिरेन कार्की, सन्ध्या नेपाल र ममताले पनि अभिनय गरेका छन्।
संगीत र सांस्कृतिक धुनले सुदूरपश्चिमेली परिवेशलाई जीवित झैँ बनाएको छ। तर अभिनयमा अझै सुधारको सम्भावना देखिने समीक्षाहरू पनि आएका छन्।
‘विद्यार्थीलाई पाठ्यक्रमकै विषय नाटकमा देखाउन पाउनु ठूलो कुरा हो। यसले पठन, बुझाइ र सांस्कृतिक ज्ञान सबैमा सकारात्मक प्रभाव पार्छ,’ तरङ्ग नाट्य समूहका अध्यक्ष देव श्रेष्ठले बताए।
नाटक आइतबार देखि मंगलबार ३ भोलि पनि दिन नारायणी कलामन्दिरमै नियमित रूपमा मञ्चन भइरहनेछ।
काठमाडौँ — लेखक रुपक अधिकारीद्वारा लिखित चर्चित कृति ‘साढे ३ हत्या’ को दोस्रो संस्करण आउँदो कात्तिक ३० गते आइतबारदेखि देशभरका पुस्तक पसलमा उपलब्ध हुने भएको छ। प्रकाशक न्युरोड बुक्सका अनुसार पहिलो संस्करणले पाएको सकारात्मक प्रतिक्रिया र बढ्दो मागका कारण उपन्यास पुनः मुद्रण गरिएको हो।
उपन्यासले जीवनका उतार–चढाव, प्रेम र वियोग, आत्मस्वीकृति, मनोवैज्ञानिक संघर्ष र मानिसले भोग्नुपर्ने आन्तरिक पीडालाई कलात्मक रूपमा प्रस्तुत गर्छ।
यस कृतिमा लेखक रुपक अधिकारीले उठाएको ‘जिन्दगी काँडा कि फूल ?’ भन्ने गहिरो दार्शनिक प्रश्नले पाठकहरूलाई जीवनप्रतिको दृष्टिकोण पुनर्विचार गर्न प्रेरित गर्ने प्रकाशकले जनाएको छ। अधिकारीको संदेश छ — “जिन्दगी सुन्दर छ; काँडा र फूल दुवैसँगै बाँच्न सकिँदा मात्रै यसको वास्तविक अर्थ पहिल्याउनु सम्भव छ।”
प्रकृति, प्रेम र सम्बन्धबारे उनका विशिष्ट दृष्टिकोण तथा जीवनको कठोरताभित्र लुकेका सुन्दरता खोज्ने शैली उपन्यासको मुख्य आकर्षण भएको समीक्षकहरूको भनाइ छ। पुस्तक मनोरञ्जनसँगै आत्ममन्थन र जीवनबोध दिलाउने कृति का रूपमा चिनिँदै गएको छ।
प्रकाशन संस्थाका अनुसार, “यो पुस्तक मात्र होइन, धेरै पाठकका लागि जीवनको एउटा अंश बन्न सक्छ। कहिलेकाहीँ मृत्युले पनि प्रेम र आत्मसमर्पणको अर्थ सिकाउँछ भन्ने लेखकका अभिव्यक्तिहरू विशेष छन्।”
काठमाडौं, कात्तिक २६ —नेपाली चलचित्र क्षेत्रका प्रतिभाशाली अभिनेता महेश त्रिपाठी अहिले देशकै सबैभन्दा व्यस्त र चर्चित कलाकारका रूपमा उभिएका छन्। हालै मात्र उनले निर्देशक ज्ञानेन्द्र देउजाको लोकप्रिय फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलामा मुख्य भूमिकाको लागि सहमति जनाएका छन्।
‘रेशम फिलिली २’ र ‘लाज शरणम’ मा दमदार अभिनय देखाएर दर्शक र समीक्षकको मन जितेका महेश पछिल्लो समय फिल्ममेकर्सका पहिलो रोजाइमा परेका छन्। उनी भन्छन्,
“अहिले मसँग साइन भएका र मौखिक सहमति भएका गरी करिब सातवटा फिल्म छन्। सबै प्रोजेक्टहरू चरणबद्ध रूपमा सुरु गर्दैछु।”
निर्देशक देउजाका अनुसार, ‘झिंगेदाउ २’ मा महेशलाई मुख्य भूमिकाका लागि रोजिनुको कारण उनको अभिनयमा देखिएको परिपक्वता र दर्शकमाझ बढ्दो लोकप्रियता हो। फिल्मको छायांकन मंसिर १५ देखि सुरु गर्ने तयारी गरिएको छ।
महेशले हालै ‘ककाकिकी’ र ‘३६ को आँकडा’ का सुटिङ पूरा गरिसकेका छन्। ती फिल्महरूपछि अब उनले ‘झिंगेदाउ २’ लगायतका नयाँ प्रोजेक्टमा ध्यान केन्द्रित गर्नेछन्।
फिल्म ‘परान’ मा देखिएको उनको दमदार अभिनयले महेशलाई नेपाली फिल्म उद्योगमा एक स्थिर र विश्वसनीय अभिनेताको रूपमा स्थापित गराइदिएको छ।
काठमाडौं। ओजस थिएटरले निर्माण गरेको नाटक ‘एक चिहान’ आगामी मंसिर १ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा मञ्चन हुने भएको छ। नाटक के.एम.सी. कलेज सँगको सहकार्यमा एकदिने विशेष शोको रूपमा प्रस्तुत गर्न लागिएको हो।
हृदयचन्द्र सिंह प्रधानको चर्चित साहित्यिक कृतिमा आधारित यस नाटकको रूपान्तरण हर्क मगरले गरेका हुन् भने निर्देशन सागर कार्कीले गरेका हुन्। नाटकले नेपाली समाजमा देखिने वर्गीय विभेद, दुःख र मानवीय संवेदनशीलतालाई यथार्थपरक रूपमा चित्रण गर्नेछ।
निर्माता कल्पना थापा, बजार व्यवस्थापक रिता थापा, र कार्यक्रम संयोजक सुमन सागर जंङ्ग केसी रहेका छन्। नाटकमा मदन थापा, जे.बी. डिसी, कल्पना थापा, रिता थापा, सानु पाण्डेय, अशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, बिप्लव खड्का, उज्वल साईपुम राई, समीर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कडेल, गोविन्द खड्का, रश्मी गुरुङ, अन्जना दुलाल, प्रदीप विश्वकर्मा लगायत कलाकारहरूको अभिनय रहनेछ।
दर्शकका लागि तीन शो (बिहान ९ बजे, ११ बजे र दिउँसो ३ बजे) मंचन हुनेछ भने ढोका बिहान ८:३० बजेदेखि खुला हुनेछ।
नाटकले नेपाली साहित्य र नाट्य क्षेत्रको समिश्रणमार्फत समाजका गहिरा पक्ष र यथार्थलाई उजागर गर्ने उद्देश्य लिएको निर्देशक कार्कीले बताएका छन्।
यस नाटकको मिडिया पार्टनरको रूपमा ‘अदृश्य सञ्चार मिडिया’ रहेको छ भने मिडिया को-अर्डिनेटर अमीर के.सी. रहेका छन्।
स्थान: नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं मिति: मंसिर १ गते, २०८२ बुकिङका लागि सम्पर्क: 9861181111, रिता थापा 9841402897
काठमाडौं। आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘आ बाट आमा’ टिमले बुधबार दुईवटा पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक दुवै पोस्टरमा फिल्मको कथावस्तु र भावनात्मक सम्बन्ध झल्किने गरी डिजाइन गरिएको छ।
फिल्मको स्लोगन — “बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो” — ले आमाबाबु र सन्तानबीचको भावनात्मक दूरी र जिम्मेवारीको कथा संकेत गर्छ।
पहिलो पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त र साईग्रेस पोखरेल हर्षित मुद्रामा देखिन्छन् भने दोस्रो पोस्टरमा सबै पात्रहरू भावुक मुद्रामा छन्। प्रदीप र विपना एकअर्कालाई अँगालो हालेर रुँदै देखिन्छन् भने छोराको भूमिकामा रहेका पल शाह रगताम्य अवस्थामा देखिएका छन्।
ग्रामीण परिवेशमा आधारित यो चलचित्रले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। फिल्मको लेखन, पटकथा र निर्देशन चन्द्र पन्तले गरेका हुन् भने आर्या पन्तको प्रस्तुति रहेको छ।
चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतम लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना हुन् भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको डिओपी नवराज उप्रेती हुन्। संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन्।
चलचित्रको विदेश प्रदर्शन अधिकार केही देशमा बिक्री भइसकेको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि. ले अस्ट्रेलिया र न्युजिल्याण्डको प्रदर्शन अधिकार लिइसकेको छ। नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।
काठमाडौं । मंसिर २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘पीआर’ ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटल ले सो अधिकार खरिद गरेको हो।
चलचित्रका निर्देशक शोभित बस्नेत का अनुसार जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको छ। उनले भने, “अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका फिल्म वितरकहरुसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ।”
बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथा हो, जसले विदेशमा रहेका नेपाली दर्शकमाझ विशेष सम्बन्ध र आत्मीयता जगाउनेछ। उनले थपे, “फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरुप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ।”
हालै सार्वजनिक भएको ‘टाटा बाइ बाइ’ गीतले सामाजिक सञ्जालमा उत्कृष्ट प्रतिक्रिया पाएको छ। गीत युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पुगेको छ भने टिकटकमा यसको शब्द र धुनमा बनेका छोटा भिडिओहरू अत्यधिक भाइरल भएका छन्।
चलचित्रमा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिने छन्।
चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी, निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकी को लेखन, बन्दे प्रसाद को सम्पादन, र सौरभ सायमी तथा सौरभ लामा को छायांकन रहेको छ। फिल्मको वितरण अधिकार आर.आर. फिल्म्स ले लिएको हो।
निर्माण पक्षका अनुसार, जापानमा अधिकार बिक्रीसँगै अन्य देशमा रहेका नेपाली दर्शकमाझ पनि ‘पीआर’ को प्रतीक्षा र उत्सुकता थपिएको छ। यसअघि अष्ट्रेलियाका विभिन्न शहरहरूमा गरिएको विशेष शोमा हजारौं दर्शक उपस्थित भएका थिए।
काठमाडौं । शाह स्टुडियो एण्ड कम्पनीले आयोजना गरेको ‘शाह बिजनेस एक्सिलेन्स अवार्ड २०२५’ शुक्रबार फिल्म विकास बोर्ड, काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपालको व्यवसायिक क्षेत्र, समाजसेवा, मिडिया, कला, खेलकुद तथा अन्य पेशागत क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने टप १०० व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम देशकै प्रतिष्ठित व्यवसायिक पुरस्कारमध्येको एक मानिन्छ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, विशिष्ट अतिथि चर्चित निर्माता तथा निर्देशक शोभित बस्नेत र अभिनेत्री पुजा चन्द रहेका थिए। प्रमुख तथा विशिष्ट अतिथीहरूले सम्मानित व्यक्तित्वहरूलाई मायाको चिनो, फ्रेम, खादा र रुद्राक्षको मालाले सम्मान गरेका थिए।
कार्यक्रमको सञ्चालन विवेक खतिवडाले गरेका थिए भने शाह स्टुडियोका संस्थापक एवं अध्यक्ष मोनु शाहले स्वागत मन्तव्यद्वारा कार्यक्रमको सुरुवात गरेका थिए।
सांगीतिक प्रस्तुतीको क्रममा गायक रोशन बालुवाले स्वर्गीय भक्तराज आचार्यको लोकप्रिय गीत ‘जहाँ छन् बुद्धका आँखा’ प्रस्तुत गर्दै कार्यक्रममा रमाइलो वातावरण सिर्जना गरेका थिए।
झन्डै दुई घण्टा लामो कार्यक्रमको समापन प्रमुख अतिथि राजेन्द्र लिङ्देनले छोटो मन्तव्य दिँदै सबै सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गरेका थिए।
पुरस्कार प्राप्तकर्ताहरू (Awardee List):
१) व्यवसाय (Business) श्रेणी
Master Chef Santosh Sah – Entrepreneur / Owner of Mithila Thali
Sushil Nepal – Host and Ex-producer of Voice of Nepal
Biplove Sah – Ncell Team Nepal Business Development Cell
Rakesh Sanjel – MD, Naat Aviation
Sappan KC – President, Europe Peace Foundation (Global Peace Activist)
Bhimsin Mainali – Managing Director, Beauty Women Nepal
Samar Singh Chhetri – MD, Miraj Riverside Village Resort
२) फेसन, ब्यूटी, र डिजाइन श्रेणी
Sajina Bista – Fashion Designer / CEO at Sajina Creation
Lovin Ansari – Fashion Model and Choreographer
Aarati Kumari Sah – Lead Mithila Artist at JAC
Durga Bista – Fashion Designer / CEO at Meraki Boutique
Shanta Karki – Makeup Artist / CEO at Shantaj Beauty Salon Training Center
Rodha Magar – Makeup Artist
३) मिडिया पर्सनालिटी तथा सामाजिक क्षेत्र (Media Personality & Social Activist)
Rishi Dhamala – Senior Journalist
Diwakar Sah – Media Personality / Journalist
Sishir Bhandari – Actor and Social Worker
Ramesh KC – Social Activist
Bina Shrestha – Media Personality
Purshotam Yadav – GenZ Leader
Durgesh Yadav – Social Worker / General Secretary of Kashiyana Foundation
Rojeena Bista – Social Worker
Kumar Acharya – Media Personality
Amir KC – Media Personality/ Film maker / Director
४) संगीत, भिडियो, फेसन र कलाकारिता (Musical / Audio / Video / Fashion Model – Artist Sector)
Ananda Karki – Singer & Musician
Chetan Sapkota – Singer & Musician
Raju Singh – Singer & Musician
Kamal Khatri – Singer & Musician
Melina Mainali – Singer
Bhim BC – Singer / Musician / Composer
५) मोडल, कलाकार र निर्देशक (Model / Actor / Director Category)
Rina Lakhaju – Model
Asmita Thapa – Model (Bridal Queen 2025)
Dipa Katuwal – Model (Miss Royal Global Queen 2025)
Aashirwad B. Chhetri – Actor (Nainabhanula 6)
Anita Yadav – Model
Rani Kharel – Model
Swati Panjiyar – Fashion Model & Artist
Tina Thapa – Face of Rajdhani 2022
Sarika Budha – Mrs. Royal Global Queen
Samita Giri – Model
Rohit Sah – Model
Kumar Gajurel – Director (Movie chaaure and upcoming Saarathi) Subash Sah – Graphics Designer
GB Aagri – Director of Nepali Industry
Ekanta Magar – Director of Nepali Film Industry
Sujan Shrestha – Director of Photo & Videography
Khem Pandey – Content Creator / TikTok Artist
Santosh Kumar – Cinematographer
६) खेलकुद (Sports Category)
Bhagwati Khadka – पहिलो महिला पहलवान (1st Woman Wrestler of Nepal)
कार्यक्रम टिम (Team)
Bhawana Thapa – Coordinator
Keshar BC – Artist
Vivek Khatiwada – Host
शाह स्टुडियो एण्ड कम्पनीका अनुसार, ‘शाह बिजनेस एक्सिलेन्स अवार्ड २०२५’ले व्यवसाय, कला, मिडिया, समाजसेवा र खेलकुद क्षेत्रमा असाधारण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै देशमा उत्कृष्टता र नवप्रवर्तनको भावना फैलाउने लक्ष्य लिएको छ।