२०८२ मंसिर २४, बुधबार

‘इकोज अफ हिमालय’ काठमाडौंमा सम्पन्न— नेपाली लोकसंगीत संरक्षणमा सांस्कृतिक आन्दोलनको नयाँ कदम

काठमाडौं। नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘इकोज अफ हिमालय’ नामक विशेष सांगीतिक कार्यक्रम शुक्रबार साँझ नेपाल पर्यटन बोर्ड, काठमाडौंमा भव्य रूपमा सम्पन्न भयो। कासा ब्याण्डको आयोजनामा सम्पन्न कार्यक्रममा म्युजिक नेपालका संस्थापक सन्तोष शर्मा प्रमुख अतिथि तथा नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी विशेष अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली लोकधुन, परम्परागत वाद्ययन्त्र, जातीय विविधता र सांस्कृतिक सम्पदालाई समेट्दै नेपाली पहिचानलाई विश्वस्तरमा परिचित गराउने लक्ष्यसहित सांगीतिक प्रस्तुति दिइयो। गायिका अश्मिता परियारको नेतृत्वमा प्रस्तुत यस कार्यक्रममा परम्परा र आधुनिकताको सन्तुलन कायम राख्दै नयाँ पुस्तामा लोकसंगीतप्रतिको आकर्षण बढाउने प्रयास गरियो।

अनु गान्धारी, माला वाइबा, विष्णु देव लगायत विभिन्न जातीय पृष्ठभूमिका महिला र युवा कलाकारहरूको सहभागिता उल्लेखनीय रह्यो। ब्याण्डको टिमले १३ वटा विभिन्न भाषा, कला र संस्कृति झल्काउने प्रस्तुति दिएका थिए।

सांस्कृतिक विविधता, महिला सशक्तीकरण र संगीतमार्फत सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यो कार्यक्रम नेपाली लोकसंगीतको संरक्षणमा महत्वपूर्ण कदमको रूपमा लिइएको छ। ‘इकोज अफ हिमालय’ केवल एउटा सांगीतिक प्रस्तुति मात्र होइन, यो एक सांस्कृतिक आन्दोलन पनि हो जसले हराउँदै गएका परम्परागत धुन, वाद्ययन्त्र र लोकसंवेदनालाई नयाँ जीवन दिने संकल्प बोकेको छ।

निकै व्यंग्यात्मक गाइजात्रा ‘ड्यामड्याम’ (भिडियोसहित)

“हरि ओम विष्णु विष्णु — नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु!”

यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, बरु चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को एक झलक हो, जसले यतिबेला सामाजिक सञ्जालमा धमाकेदार चर्चा पाइरहेको छ।

श्राद्ध ब्राह्मणको भेषमा देखिएका रुपाखेतीले “जसो जसो जजमान, तसो तसो स्वाहा” भन्दै संसदमा बोल्न नसक्ने, निदाउने र अनावश्यक उफ्रिने नेतामाथि तिखो कटाक्ष गरेका छन्। उनी “सिस्नु पानीले हान्नु नम!” भन्न पनि पछि परेका छैनन्।

रुपाखेतीका अनुसार ‘ड्यामड्याम’ केवल हाँसोको लागि नभई राजनीतिक चेतना जगाउने र दलगत स्वार्थविरुद्ध प्रहार गर्ने उद्देश्यले तयार पारिएको हो।

“यो नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो,” — दमन रुपाखेती

दमन रुपाखेतीको निर्देशनमा तयार भिडियोमा उत्तम अर्याल ‘कोदे’, मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझीको दमदार अभिनय देख्न सकिन्छ।

निर्माता दिलिप ढकाल रहेको यस भिडियोको छायांकन सागर खड्का र सम्पादन सुस्मा जिम्वाले गरेका हुन्। आजै सार्वजनिक भएको यो भिडियोले युट्युब र फेसबुकमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

बहुविवाह बहसबीच सार्वजनिक तीज गीत ‘भयो डामाडोल’

काठमाडौं – युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा नयाँ तीज गीत “भयो डामाडोल” सार्वजनिक भएको छ। हाल बहुविवाहलाई मान्यता दिने मस्यौदा तयार भएर बहस भइरहेका बेला सोही विषयलाई छोप्दै गीतले “घरकी भन्दा बाहिरकी राम्री” लागेको परिस्थितिको कथावाचन गरेको छ।

गीतको शब्द प्रतिमा शर्मा चपाईले लेखेकी हुन् भने संगीत सूर्य खड्काले भरेका छन्। संगीत संयोजन याम थापा मगरले गरेका छन्। रमाइलो नृत्य प्रस्तुत गरिएको भिडियोको कोरियोग्राफी र निर्देशन शिवम पोखरेलको रहेको छ।

भिडियोमा निर्मल क्षेत्री, रिना थापा, सिला पाण्डे र बिमल बस्नेतको नृत्य देख्न सकिन्छ। छायांकन सरोज शाही र उमेश बहादुर शाहले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्। शृंगारको जिम्मा सरिता प्रजापतिले सम्हालेकी छन्।

तीजमा नाच्न लायक गीतहरूको खडेरी रहेको अवस्थामै आएको यो गीतले उत्साह र आशा जगाएको निर्माण पक्षको विश्वास छ।

‘सिटामोल’ले पहिलो दिनमै दर्शकको मन जित्यो, मर्मस्पर्शी कथाले रुवायो

काठमाडौं – साउन २३ गते शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली सिनेमा ‘सिटामोल’ले प्रदर्शनको शुरुवाती दिनमै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। शुक्रबार सुखद् सुरुवात गरेको यस सिनेमाले शनिबार परेको जैपूर्णिमाको दिन पनि देशभर दर्शकको राम्रै साथ पाएको देखिन्छ।

दर्शकको उत्साह देखेपछि सिनेमाको निर्माण टिमले अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाललगायतका कलाकारलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर प्रत्यक्ष दर्शकसँग भेटघाट र साक्षात्कार गरेको थियो। हलबाट निस्केका अधिकांश दर्शकले ‘सिटामोल’को कथावस्तुले आफूहरूको मन जित्नुका साथै अन्त्यमा आँसु झार्ने खालको मर्मस्पर्शी प्रभाव पारेको प्रतिक्रिया दिएका छन्।

शुक्रबार नै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरिया, उपाध्यक्ष अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशीलगायतको टोलीले पनि ‘सिटामोल’ हेरेका थिए। उनीहरूले ६२/६३ सालतिरको सशस्त्र जनयुद्धका घाइते योद्धा र कर्णाली प्रदेशका जनताले त्यतिबेला मात्र नभई अहिले पनि सिटामोल जस्तो साधारण औषधी पाउन नसक्ने अवस्थालाई संवेदनशील ढंगले सिनेमाले देखाएको बताए। यसले राज्यलाई कर्णालीको अवस्थाप्रति ध्यान दिन सन्देश दिएको भन्दै सम्पूर्ण नेपालीले हेर्नुपर्ने सिनेमा भएको टिप्पणी उनीहरूको थियो।

‘सिटामोल’ले एक पूर्व माओवादी कमाण्डरलाई केन्द्रमा राखेर कथा भन्छ। जनयुद्धसँग सम्बन्धित विषय भएकाले धेरै दर्शकले आफूलाई रिलेट गर्न पाएको र धेरै दृश्यमा भावुक भएको बताएका छन्।

दर्शकको प्रतिक्रिया सुनेपछि अभिनेता सौगात मल्लले भने, “दर्शक भेट्न हिँड्नु परेकाले मैले आफैं पुरै सिनेमा हेर्न पाएको छैन। तर सबैको प्रतिक्रिया सुनेर खुसी लागेको छ। दर्शकले मन पराइदिनु भयो भने हाम्रो मिहिनेत सफल भएको हो।” उनका अनुसार हलमा युवाको उपस्थिति उल्लेख्य थियो।

सिनेमाकी मुख्य अभिनेत्री बेनिशा हमाल पनि प्रतिक्रियाबाट भावुक भएकी छन्। उनले भनिन्, “साच्चै भन्नुपर्दा म हिजो रातभरै सुतिनँ। दुईटा सिनेमा एकैपटक प्रदर्शनमा आउँदा कस्तो प्रतिक्रिया आउला भन्ने टेन्सन थियो। दुवै सिनेमाले राम्रो प्रतिक्रिया पाउँदा भावुक भएँ। विशेषगरी ‘सिटामोल’ मर्मस्पर्शी भएकाले धेरै दर्शकले रुवाएको सुन्दा आनन्द मिलेको छ।”

राज बहादुर सानेको निर्देशनमा बनेको ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्रीकृष्ण र जानुकाले यसै सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेका छन्।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको यस सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुतिमा बनेको ‘सिटामोल’मा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन्। अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता हुन् भने गंगाराम श्रेष्ठ सह-निर्माता हुन्।

‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक, माघ १ गतेदेखि प्रदर्शन

काठमाडौं । रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’ का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यस फिल्मसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार, ‘पार्वती’ आगामी माघ १ गते प्रदर्शनमा आउनेछ।

सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिएकी छन्, जसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले बालपनको रमाइलो, सहज दृष्टिकोण र जीवनप्रतिको आशावादी भाव व्यक्त गर्छ।

फिल्मको कथा निता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना रहेका छन्।

निर्माण पक्षका अनुसार, ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव प्रस्तुत गरिनेछन्। असोजबाट छायांकन सुरु हुने फिल्ममा रहने सम्पूर्ण कलाकार तथा थप प्राविधिकबारे चाँडै जानकारी दिइने निर्देशक अधिकारीले जनाएका छन्।

उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिनेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

बलिउड अभिनेता दिपराज राणाले नेपाली फिल्म “सुख दुःख” मा अभिनय गर्ने

काठमाडौंः बलिउड अभिनेता दिपराज राणाले नेपाली फिल्म सुख दुःख मा अभिनय गर्ने भएका छन्। सन् २००२ मा भारतीय फिल्म साथिया मा सहायक अभिनेताका रूपमा आफ्नो करियर सुरु गरेका दिपराजलाई यस फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो।

दिपराजले बलिउडका चर्चित फिल्महरू सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंग ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता फिल्महरूमा अभिनय गरिसकेका छन्। उनी नेपाली फिल्म कोहिनूर मा पनि देखिसकेका छन्। स्वर्गीय श्रीकृष्ण श्रेष्ठको उक्त फिल्ममा लामो समयपछि पुनः नेपाली फिल्ममा दिपराजको उपस्थिति चर्चा बटुल्ने देखिन्छ।

निर्माण पक्षका अनुसार, फिल्म सुख दुःख को कथा निकै मन परेपछि दिपराजले यसमा काम गर्न इच्छुक भएका हुन्। कथा सुनेपछि उनी भावुक समेत भएका थिए। तर, उनको भूमिकाबारे अहिलेसम्म टिमले खुलासा गरेको छैन।

फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको यो फिल्मका लागि हालै विपना थापालाई पनि अनुबन्ध गरिएको छ। यसअघि नीता र विपनाले फिल्म ह्रस्वदीर्घ मा सहकार्य गरिसकेका छन्, र यो उनीहरूको दोस्रो सहकार्य हो।

फिल्ममा दिपराज, विपना थापा, मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ पनि अनुबन्ध भइसकेका छन्। अन्य कलाकारहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन।

छायांकनका लागि भारतीय चर्चित छायाँकार कवीरलाल र शाहिदलाललाई पनि टिमले अनुबन्ध गरेको छ। नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ।

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ।

यो फिल्म नेपाली फिल्म क्षेत्रमा बलिउड कलाकारको उपस्थिति र सशक्त कथावस्तुको संयोजनका कारण दर्शकको रुचि र उत्साह बढाउने अपेक्षा गरिएको छ।

अन्जय खड्का: सहायक सम्पादकदेखि अन्तर्राष्ट्रिय मञ्च सम्म

काठमाडौं – १६ वर्षको उमेरमा धेरै किशोरहरू अझै आफ्नो भविष्य खोजिरहेका हुन्छन्। तर अन्जय खड्का भने त्यतिबेलै आफ्नो बाटोमा स्पष्ट थिए — फिल्म सम्पादन। दाइको साथीको सम्पादन स्टुडियोमा सहायकका रूपमा सुरु भएको यात्रा एक वर्षमै ठूलो मोडमा पुग्यो। नेपाल टेलिभिजनका लागि मदन कृष्ण श्रेष्ठ प्रस्तुतकर्ता र गौरीशंकर धुजु छायांकर रहेको पाँच लाख बजेटको परियोजना हात पाउनु उनका लागि जीवनकै पहिलो ठूलो सफलता थियो।

अन्जय आफ्नो सफलता मात्र होइन, आफ्ना गुरुहरूको योगदानलाई पनि बराबरको श्रेय दिन्छन्। “रोशन श्रेष्ठ, सुरज श्रेष्ठ, लव प्याकुरेल, र सुभाष गजुरेलजस्ता व्यक्तिहरूको मार्गदर्शन बिना म आज यहाँ हुन्थिनँ,” उनी भावुक हुँदै भन्छन्।

२०७२ सालमा फिल्म सांघुरोको लागि ‘उत्कृष्ट फिल्म सम्पादक’को इनफा अवार्ड जित्दै उनले उद्योगमा आफ्नो परिचय मजबुत बनाए। त्यसपछि गाजां बाजा र हालैको निर्देशक शंकर घिमिरे निर्देशित तेल भिसा ले नेपालदेखि बर्लिन र युरोपका विभिन्न मञ्चमा पुरस्कार बटुल्दै उनको नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्‍यायो।

अन्जयका लागि सम्पादन केवल दृश्य टुक्रा जोड्ने काम होइन, यो दर्शकलाई भावनात्मक यात्रामा लैजाने कला हो। “कहिले कथा बिस्तारै सास फेर्छ, कहिले लय र ट्रान्जिशनमा साहस देखिन्छ। मेरो शैली भनेको यी दुबैको सन्तुलन हो,” उनी स्पष्ट पार्छन्।

साना विवरणमा ठूलो अर्थ खोज्ने अन्जय भन्छन्, “पात्रबीचको एक नजर, मौनता, वा प्रकाशको हल्का परिवर्तनले संवादभन्दा धेरै कुरा बोल्छ। दर्शकले त्यो क्षण महसुस गरे भने त्यो नै मेरो वास्तविक सफलता हो।”

नवप्रवेशीलाई सन्देश दिँदै उनले भने, “धैर्य राख्नुस्, गल्तीबाट सिक्नुस्, नयाँ प्रयोग गर्न नडराउनुस्। यात्रा र त्यसमा भेटिएका मानिस नै साँचो पुरस्कार हुन्।”

आज अन्जय खड्का नेपाली फिल्म सम्पादनको क्षेत्रमा दृढता, सिर्जनशीलता र जोशको प्रतीक बनेका छन्। उनी विश्वास गर्छन् – “आफ्नो काम मन पराउने र निरन्तर अघि बढ्नेहरूलाई अन्ततः आफ्नै आवाज भेटिन्छ — चाहे बाटो स्पष्ट होस् वा नहोस्।”

अन्जय खड्का: सहायक सम्पादकदेखि अन्तर्राष्ट्रिय मञ्च सम्म

काठमाडौं – १६ वर्षको उमेरमा धेरै किशोरहरू अझै आफ्नो भविष्य खोजिरहेका हुन्छन्। तर अन्जय खड्का भने त्यतिबेलै आफ्नो बाटोमा स्पष्ट थिए — फिल्म सम्पादन। दाइको साथीको सम्पादन स्टुडियोमा सहायकका रूपमा सुरु भएको यात्रा एक वर्षमै ठूलो मोडमा पुग्यो। नेपाल टेलिभिजनका लागि मदन कृष्ण श्रेष्ठ प्रस्तुतकर्ता र गौरीशंकर धुजु छायाकार रहेको पाँच लाख बजेटको परियोजना हात पाउनु उनका लागि जीवनकै पहिलो ठूलो सफलता थियो।

अन्जय आफ्नो सफलता मात्र होइन, आफ्ना गुरुहरूको योगदानलाई पनि बराबरको श्रेय दिन्छन्। “रोशन श्रेष्ठ, सुरज श्रेष्ठ, लव प्याकुरेल, र सुभाष गजुरेलजस्ता व्यक्तिहरूको मार्गदर्शन बिना म आज यहाँ हुन्थिनँ,” उनी भावुक हुँदै भन्छन्।

२०७२ सालमा फिल्म साङ्घुरो का लागि ‘उत्कृष्ट फिल्म सम्पादक’को इनफा अवार्ड जित्दै उनले उद्योगमा आफ्नो परिचय मजबुत बनाए। त्यसपछि गाजा बाजा र हालैको टेल भिसा ले नेपालदेखि बर्लिन र युरोपका विभिन्न मञ्चमा पुरस्कार बटुल्दै उनको नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्‍यायो।

अन्जयका लागि सम्पादन केवल दृश्य टुक्रा जोड्ने काम होइन, यो दर्शकलाई भावनात्मक यात्रामा लैजाने कला हो। “कहिले कथा बिस्तारै सास फेर्छ, कहिले लय र ट्रान्जिशनमा साहस देखिन्छ। मेरो शैली भनेको यी दुबैको सन्तुलन हो,” उनी स्पष्ट पार्छन्।

साना विवरणमा ठूलो अर्थ खोज्ने अन्जय भन्छन्, “पात्रबीचको एक नजर, मौनता, वा प्रकाशको हल्का परिवर्तनले संवादभन्दा धेरै कुरा बोल्छ। दर्शकले त्यो क्षण महसुस गरे भने त्यो नै मेरो वास्तविक सफलता हो।”

नवप्रवेशीलाई सन्देश दिँदै उनले भने, “धैर्य राख्नुस्, गल्तीबाट सिक्नुस्, नयाँ प्रयोग गर्न नडराउनुस्। यात्रा र त्यसमा भेटिएका मानिस नै साँचो पुरस्कार हुन्।”

आज अन्जय खड्का नेपाली फिल्म सम्पादनको क्षेत्रमा दृढता, सिर्जनशीलता र जोशको प्रतीक बनेका छन्। उनी विश्वास गर्छन् – “आफ्नो काम मन पराउने र निरन्तर अघि बढ्नेहरूलाई अन्ततः आफ्नै आवाज भेटिन्छ — चाहे बाटो स्पष्ट होस् वा नहोस्।”

‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक, केदार घिमिरेको शीर्ष भूमिकामा डेब्यु

काठमाडौ ,साउन २३ :- ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ लाई केन्द्रमा राखिएको छ। हास्यकलाकारको पहिचान बनाएका घिमिरे यस चलचित्रमार्फत् पहिलोपटक शीर्ष भूमिकामा देखिएका हुन्। ट्रेलरले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक यथार्थलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ।

ट्रेलरमार्फत् एक सामान्य गाउँले युवकको धनी बन्ने सपना, त्यसको संघर्ष, र व्यावसायिक लोभका बीचको द्वन्द्व देखाइएको छ। केदारसँगै चलचित्रमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर बाङ्देल, शारदा गिरी, मिस पबी, र गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वली को समेत विशेष भूमिकामा अभिनय रहेको छ। अभिनेत्री वलीलाई चलचित्रमा न्यायाधीशको भूमिकामा देख्न सकिन्छ।

चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष उपस्थितिको संकेत ट्रेलरमै दिइएको छ। सिनेमाको कथा, पटकथा र संवाद सामीप्य राज तिमल्सेनाले लेखेका हुन् भने दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ। छायांकन नरेन्द्र मैनालीले गरेका हुन्।

‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट देशभर रिलिज हुने तयारीमा छ।
चलचित्रले ‘बिना मिहिनेत पैसा कमाउन खोज्दा कस्तो परिणाम आउन सक्छ’ भन्ने यथार्थलाई हास्यव्यङ्ग्य शैलीमा उजागर गर्ने लक्ष्य राखेको छ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्। उनी हाल दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष समेत हुन्।
चलचित्रको वितरण अधिकार RR Films ले लिएको छ।