सारा अधिकारी अभिनित गीत ‘तिम्रो नजर ले’ सार्वजनिक
काठमाडौँ। अभिनेत्री सारा अधिकारीको अभिनय रहेको नयाँ गीत ‘तिम्रो नजर ले’ सार्वजनिक गरिएको छ। साहित्यकार राज मुकारुङको प्रस्तुतिमा तयार भएको यो गीत युट्युबमार्फत दर्शकमाझ ल्याइएको हो।


गीतका शब्द राज मुकारुङले लेखेका हुन् भने संगीत हरि लम्सालको रहेको छ। गीतमा गायक किशोर सिवाकोटीको स्वर रहेको छ। संगीत संयोजन रिकेश गुरुङ ‘किज’ले गरेका हुन्।
गीतको भिडियोमा सारा अधिकारीसँगै बिश्व बस्नेत, गीता श्री र सन्दीप बाबु लोहनीको अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन निर्मल पौडेलले गरेका हुन्।


भिडियोको छायांकन विवेक खड्काले गरेका छन् भने कलर ग्रेडिङ बब्बरले गरेका हुन्। भिडियो सम्पादन अनिमेष सापकोटाले गरेका छन्।
गीत अमेरिकाको कोलम्बसस्थित एसएम स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिङ सुभाष सिन्चुरीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापा (Aone Musician)गरेका छन्।
भावनात्मक शब्द, मधुर संगीत र सशक्त अभिनयका कारण ‘तिम्रो नजर ले’ दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्