चलचित्र ‘मन बिनाको धन’ को गीतमा शिव परियार र प्रमोद खरेलको स्वर

काठमाडौँ, कार्तिक १८।
यहि शुक्रबार कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ।

‘यो धनले’ बोलको सार्वजनिक गीतमा शिव परियार र प्रमोद खरेलको मधुर स्वर रहेको छ भने गीतका शब्द तथा संगीत टंक बुढाथोकीले रचना गरेका हुन्। गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन्।

चलचित्रको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले ठुलो हौसला मिलेको र चलचित्रलाई पनि दर्शकले मन पराउने विश्वास निर्देशक टंक बुढाथोकीले व्यक्त गरेका छन्। युट्युबमा चलचित्रको ट्रेलर १० लाखभन्दा बढी पटक हेरिसकिएको छ। प्रचार सामाग्रीमार्फत बनेको हाइपका कारण चलचित्रले व्यापारिक रूपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमले राखेको छ।

चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोललगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार यो चलचित्रको कथा बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा (सपना) रहेकी छिन्।
त्यस्तै जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्माताको भूमिकामा रहेका छन्।
टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन्।

फिल्ममा संगीत– टंक बुढाथोकी, छायांकन– सौरभ लामा, कोरियोग्राफी– कविराज गहतराज र रामजी लामिछाने, सम्पादन– मित्र डी. गुरुङ, र मुख्य सहायक निर्देशन– नवराज शर्मा रहेका छन्।

चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

Share Post on Social media