‘प्रश्न’: लागूपदार्थ विरुद्धको चेतनामूलक नेपाली र्याप गीत सार्वजनिक
सागर सुनार र रैमान सुनारको सशक्त प्रस्तुति, युवालाई नशा विरुद्धको सन्देश
काठमाडौं, साउन ३ — नेपाली समाजमा बढ्दो लागूपदार्थ दुव्र्यसन र त्यसको प्रभावलाई उजागर गर्दै नयाँ चेतनामूलक र्याप गीत ‘प्रश्न’ सार्वजनिक भएको छ। सागर सुनार र रैमान सुनारको सशक्त सहकार्यमा बनेको उक्त गीतले युवाहरूको पीडा, समाजको उदासीनता र नशा बिरुद्धको चेतनालाई केन्द्रमा राखेको छ।

गीतमा सागर सुनारले शब्द, संगीत तथा कम्पोज गरेको छन् भने SHISH!R BEAT ले म्युजिक प्रोडक्सनको जिम्मा लिएका छन्। Carnival Records को ब्यानरमा निर्माण गरिएको यो गीतमा साजन गौतम को छायांकन रहेको छ। निर्देशनमा विकाश बराइली, साजन गौतम र साहिल विश्वकर्मा छन्।
गीतमा कुमार डर्नाल, रेवत गहतराज, सागर सुनार र रैमान सुनारको अभिनय देख्न सकिन्छ। विशेष धन्यवाद स्वरूप विकाश बराइली र साहिल विश्वकर्मा को नाम उल्लेख गरिएको छ।
गीतको वर्णनमा भनिएको छ –
“प्रश्न” यो एक नेपाली समाजमा घटेको हरेक युवाहरुको पीडा हो। Drugs Addiction अपराध होइन यो एउटा बिमारीपन हो।
गीतले “Say yes to life, no to drugs” भन्ने शक्तिशाली सन्देश बोकेको छ, जसले सामाजिक परिवर्तनको बाटो खोल्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्