एलीना चौहान र पवन परियारको स्वरमा नयाँ लोकपप गीत ‘सिस्नो ले पोल्यो’ सार्वजनिक
काठमाडौ :- असार २९,चर्चित गायिका एलीना चौहान र गायक पवन परियारको सुमधुर स्वरमा सजिएको नयाँ लोकपप गीत ‘सिस्नो ले पोल्यो’ सार्वजनिक गरिएको छ। गीत शुक्रबार ‘टिआर सिरिज’ युट्युब च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक भएको हो।
गीतमा तुलाराम लामिछाने र पवन परियारकै शब्द संयोजन रहेको छ भने संगीत पनि पवन परियारले नै तयार गरेका हुन्। लोक भावनालाई आधुनिक संगीतसँग मिसाएर तयार पारिएको यस गीतमा करिश्मा शाही, सुमन योगी लगायत कलाकारको अभिनय देख्न सकिन्छ।

“सिस्नोले पोल्यो” भन्ने प्रतीकात्मक अभिव्यक्तिमार्फत गीतले पहाडी गाउँको परिवेश, प्रेम र पीडाको कथा प्रस्तुत गरेको छ। एलीना चौहानको मिठास भरिएको स्वर र पवन परियारको दमदार गायनले गीतलाई भावुक र प्रभावशाली बनाएको छ।

गीतको कोरियोग्राफी तथा निर्देशन सुरेश पाण्डेले गरेका हुन्। देव दोर्जे लामाको छायांकन र अनिल बिष्ट प्युठानीको सम्पादन रहेको भिडियोले दर्शक स्रोतामाझ उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ।
लोकपप शैलीमा नयाँ स्वाद थप्ने प्रयासस्वरूप तयार पारिएको यो गीतले नेपाली संगीत क्षेत्रलाई अझ विविध र समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्