२०८२ मंसिर २२, सोमवार

‘जारी २’ सहकार्यमा झुमा लिम्बुको ‘रैथाने घुमफिर कन्सर्ट २०८२’

काठमाडौँ। गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएकी छन् । आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र ‘जारी २’ सहकार्यमा आयोजना हुने यो कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ ।

कार्यक्रममा ‘जारी २’ टिमले विशेष च्याब्रुङ नाच प्रस्तुत गर्ने तयारीसमेत रहेको छ । झुमाले आफ्नो व्याण्डसहित नेपालका विभिन्न १० शहरमा शोलो प्रस्तुति दिनेछिन् ।

गायिका लिम्बुले प्रत्येक कन्सर्टमा स्थानीय कला, संस्कृति र गीत–संगीतलाई प्राथमिकतामा राखिने जानकारी दिएकी छन् । उनले भनिन्, “लोकसंगीत केवल मनोरञ्जन मात्र नभई नेपालको मौलिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिबिम्ब हो । यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तासम्म पुर्याउने हाम्रो उद्देश्य हो।”

यस सांगीतिक यात्रामा हाक्पारे, पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनी लगायतका लोकनृत्य र संगीतलाई केन्द्रमा राखेर प्रस्तुति गरिनेछ । साथै, प्रत्येक स्थलमा स्थानीय कलाकार र वाद्यवादनलाई समेट्दै सांस्कृतिक विविधताको सम्मान गर्ने तयारी गरिएको छ ।

यो वर्ष नेपालमै सीमित रहने ‘रैथाने घुमफिर’लाई अर्को वर्ष विदेशमा समेत विस्तार गर्ने योजना रहेको झुमा लिम्बुले बताएकी छन् ।

कार्यक्रमका अन्य विवरण चरणबद्ध रूपमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

फिल्म ‘ताराहरू’ को बुकिङ खुल्यो‘ताराहरू’ को बुकिङ खुला, कति पायो शो

काठमाडौँ– फिल्म ‘ताराहरू’को बुधबारदेखि टिकट बुकिङ खुलेको छ। देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमालगायतले फिल्मलाई सो दिएको छ।
क्युएफएक्स सिनेमाजले उपत्यकामा ३ र उपत्यकाबाहिर ४ गरी जम्मा ७ सो दिएको छ। त्यस्तै आइएनआइ सिनेमाज, वान सिनेमाजमा पनि टिकट खुलाइएको छ। बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, सिके सिनेमाजलगायत हलले टिकट खुलाउन बाँकी छ।
फिल्म ‘ताराहरू’ मध्यम वर्गीय परिवारको संघर्षको कथामा बनेको छ। फिल्मका निर्देशक आशान्त शर्मा हुन्। उनी स्वयंको मुख्य भूमिका रहेको फिल्ममा मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर र ट्रेलरलाई दर्शकले रुचाएका छन्।
निर्देशक शर्माकै कथा रहेको फिल्म वेज प्रालिको प्रस्तुतिमा बनेको छ। फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।
शरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा बनेको छ।
फिल्म यही शुक्रबार अर्थात् भदौ ६ देखि हलमा लाग्दैछ।

निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’ भारतमा छायांकन आरम्भ गर्न पश्चिम बंगाल प्रस्थान

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो बहुप्रत्याशित ड्रिम प्रोजेक्ट ‘आचार्य’को पहिलो चरणको छायांकनका लागि मंगलवार भारत प्रस्थान गरेका छन् । काठमाडौंबाट पश्चिम बंगालतर्फ प्रस्थान गरेको फिल्म टिममा निखिलसँगै निर्मात्री तथा अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापति, छायाँकार मनु बिके र कलाकारसमेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी समावेश छन्।

निर्माण टिमका अनुसार भदौ ६ गते (अगस्ट २२) शुक्रबारदेखि फिल्मको छायांकन भारतको प्रसिद्ध प्राकृतिक सुन्दरता बोकेको ‘डुअर्स’ क्षेत्रबाट सुरु हुने भएको छ।

निखिलले जानकारी दिएका अनुसार पहिलो चरणमा डुअर्स, बाग्डोरा, सिलिगुढी र ठाकुरगञ्ज आसपासका स्थानमा छायांकन हुनेछ। दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड समेटिनेछ भने तेस्रो चरणको छायांकन नेपालमा गरिनेछ। “६० दिनभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखिएको छ,” निखिलले बताए।

फिल्ममा निखिल उप्रेती स्वयं मुख्य भूमिकामा देखिँदैछन्। अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया ,विशाल पहारी,सयनम अधिकारी,अञ्जन थापा रहेका छन्। साथै बलिउड र दक्षिण भारतीय चलचित्रमा काम गरिसकेका केही चर्चित कलाकारहरू पनि फिल्ममा अभिनय गर्ने चर्चा छ। यसबारेमा प्रतिक्रिया दिँदै निखिलले “केही सरप्राइजहरू बाँकी छन्, समयअनुसार सबै कुरा सार्वजनिक हुँदै जानेछ,” भनेका छन्।

‘आचार्य’लाई विश्वस्तरीय एक्सन फिल्मका रूपमा निर्माण गरिने निखिलको भनाइ छ। विशेष आकर्षणका रूपमा अभिनेत्री सञ्चिता लुइँटेलले यस चलचित्रबाट कोरियोग्राफीमा डेब्यु गर्नेछिन्। नेपाली र हिन्दी भर्सनमा तयार हुने एक गीतमा उनले कोरियोग्राफी गर्ने तय गरिएको छ।

२०१५ मा रिलिज भएको ‘भैरव’बाट निर्देशकीय यात्रा सुरु गरेका निखिलको यो दोस्रो निर्देशन हो। नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको रूपमा ख्यातिप्राप्त निखिल ‘आचार्य’मार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

‘परालको आगो’ मा आधारित नयाँ सिनेमाको वर्कसप सुरु

काठमाडौं – नेपाली कथा साहित्यका प्रतिष्ठित लेखक गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ।

सिनेमालाई अझ प्रभावशाली बनाउन निर्माण पक्षले मुख्य कलाकारहरूलाई एउटै स्थानमा भेला गरी चरित्र निर्माण तथा अभिनय अभ्यासका लागि वर्कसप सञ्चालन गरेको हो।

वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेलगायत कलाकारको सहभागिता रहेको छ। उनीहरू आ–आफ्नो भूमिकामा गहिरिएर काम गर्न अभ्यासरत छन्।

निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा सहभागी भएका छन्। निर्माता पोखरेलले सिनेमा उत्कृष्ट बनाउन आफू प्रत्यक्ष रूपमा संलग्न भएको जानकारी दिएका छन्।

लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको सिनेमाका गीतमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले दिनेछन्।
निर्माण टोलीका अनुसार वरिष्ठ संगीतकार शान्ति ठटालसँग दुई महिना अघि उनको निवासमै पुगेर संगीत प्रयोगका लागि औपचारिक सहमति लिइएको हो।

सिनेमाको छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीका रमणीय स्थानहरूमा सुरु गरिनेछ। छायांकन संकल्प भुजेलले गर्नेछन्। प्राविधिक पक्षमा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टोरिङ), सुशील देवकोटा (लेखन) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन्।

स्मरण रहोस्, मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथालाई झण्डै ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमा बनाएका थिए, जुन व्यावसायिक रूपमा सफल बनेको थियो। नयाँ संस्करणको प्रदर्शन मिति भने हाल सार्वजनिक गरिएको छैन।

नायिका निरुता सिंह ‘३६ को आँकडा’ मा अभिनय गर्न नेपाल आइपुगिन्

काठमाडौं – निर्देशक सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन्। मुम्बईबाट आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेकी सिंहले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफू अत्यन्त उत्साहित रहेको बताइन्।

उनले भनिन्, “अब म कहीँ पनि जान्नँ, म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बीचमा कोरोना भयो, त्यसकारण फिल्ममा काम गर्न पाइएन। अब भने म नेपाली फिल्म भन्दा टाढा बस्न सक्दिन।”

सिंहले केही फिल्मबाट अफर आए तापनि विभिन्न कारणले काम गर्न नपाएको उल्लेख गर्दै यसपटक भने सबै कुरा मिलेरै ‘३६ को आँकडा’ साइन गरेको जानकारी दिइन्। यस फिल्ममा आफूले कुन भूमिका निर्वाह गर्ने भन्ने विषय भने हाल सार्वजनिक गरिएको छैन।

निर्देशक सविर श्रेष्ठले निरुतालाई फिल्ममा लिनुको कारणबारे बताउँदै भने, “सहायक निर्देशक हुँदा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ। तर निर्देशक भएर काम गर्ने मौका पाएको थिइनँ। यो फिल्ममा विशेष कुनै कलाकारको मात्र आवश्यकता परेको थियो, त्यसैले उहाँलाई आग्रह गरेका हौं।”

‘३६ को आँकडा’मा निरुता सिंहसहित रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी र पुष्प खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ। विशेष कुरा के छ भने नायिका रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’पछि पहिलो पटक एकसाथ पर्दा शेयर गर्दैछन्।

नायिका सिंहले फिल्म ‘दाल भात तरकारी’पछि कुनै नयाँ फिल्ममा काम गरेकी थिइनन्। अब भने उनी आजदेखि छायाँकन सुरु हुन लागेको ‘३६ को आँकडा’ बाट पुनः फिल्म क्षेत्रमा सक्रिय हुने तयारीमा छिन्।

उषा खड्गी : “सरल भूमिका भए पनि उत्कृष्ट टिमसँग काम गर्न पाउँदा थप उत्साह मिलेको छ”

काठमाडौं – मिस नेपाल २००० र चर्चित अभिनेत्री उषा खड्गी पछिल्ला दिनमा फिल्म क्षेत्रमा पुनः सक्रिय देखिन थालेकी छन्। बुटिक व्यवसाय र टेलिभिजन कार्यक्रम सञ्चालनसँगै अभिनय यात्रा अघि बढाइरहेकी उषाले अहिले आफूलाई फिल्ममै केन्द्रित गर्न पाइएकोमा खुसी व्यक्त गरेकी छन्।

उनले दिवाकर भट्टराई निर्देशित फिल्म ‘नरसिंहा अवतार’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन्, जहाँ उनको कला र प्रस्तुतिलाई दर्शकले राम्रो साथ दिएका थिए। उक्त फिल्मपछि अब उनी अभिनित दोस्रो फिल्म ‘माग्ने राजा’ यही भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

अदृश्य संचारको संचालक / नेपाली चलचित्र प्रचार प्रसारमा सामाजिक संजाल मार्फत चिनिएका अमीर के.सी संग उषा खड्गीले ‘माग्ने राजा’ मा आफ्नो भूमिका लामो नभएपनि प्रभावकारी रहेको भन्दै, “राम्रो ब्यानर, अनुभवी निर्देशक र सशक्त कलाकारहरूसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छु,” भनाइ राखेकी छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक गरिएको पोस्टरमार्फत उनको आकर्षक लुकले चर्चा पाएको छ। सारीमा खिचिएको तस्बिरले फिल्मप्रति दर्शकको जिज्ञासा बढाएको छ।

फिल्मप्रति भरोसा व्यक्त गर्दै उषा भन्छिन्, “संक्षिप्त भूमिका भए पनि फिल्ममा आफ्नो उपस्थितिले दर्शकको ध्यान खिच्नेछ भन्ने आशा छ।” आगामी असोज ३१ गते उनलाई अर्को फिल्म ‘जेरी अन टप’ मार्फत पुनः पर्दामा हेर्न पाइनेछ।

ऋषि लामिछानेको निर्देशनमा बनेको ‘माग्ने राजा’ टोलीलाई यसै अवसरमार्फत सफल प्रदर्शनको शुभकामना।

‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार बिक्री

काठमाडौं – आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले उक्त दुई देशका लागि वितरण अधिकार खरिद गरेको निर्माण पक्षले जानकारी दिएको छ।

चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा तयार हुँदै गरेको यस फिल्मलाई विदेशमा पनि उल्लेखनीय माग बढ्न थालेको छ। मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने तयारीमा रहेको यस फिल्मका अन्य देशका लागि पनि वार्ता भइरहेको र छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशक पन्तले बताए।

निर्माण पक्षका अनुसार पछिल्लो समय नेपाली फिल्मको लोकप्रियता नेपाल मात्र नभई विदेशमा पनि बढिरहेको छ। यो क्रेज बढाउनमा अभिनेता पल शाह र ‘टिकटक क्विन’का रूपमा परिचित उषा उप्रेतीको अनुबन्ध पनि प्रमुख कारण हो।

यस फिल्ममा पल शाह र उषा उप्रेतीसँगै सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त, तथा दक्षिण भारतीय चर्चित अभिनेता प्रदीप रावतको अभिनय रहनेछ। उनीहरू सबै फिल्मका लागि फाइनल भइसकेका छन्।

यही महिनाबाट छायांकन सुरु हुने जानकारी दिँदै निर्माण पक्षले अन्य कलाकार तथा प्राविधिक छनोटको काम अन्तिम चरणमा रहेको जनाएको छ।

फिल्मको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ। ‘आ बाट आमा’ आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

मुईन इन्टरटेन्मेन्टको तीज गीत ‘आइन हो आमा’ सार्वजनिक

काठमाडौँ – तीजको अवसर पारेर मुईन इन्टरटेन्मेन्टले नयाँ तीज गीत ‘आइन हो आमा’ सार्वजनिक गरेको छ । श्रावण ३१ गते (१६ अगस्ट २०२५) युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा आमाप्रतिको सम्झना र चेलीले मनमा बोकेको पीडालाई मार्मिक रूपमा चित्रण गरिएको छ ।

कृष्ण भारद्वाज को शब्द–संगीतमा तयार भएको गीतमा लोकप्रिय गायिका एलिना चौहानको आवाज रहेको छ ।
गीतलाई मदन खड्काले निर्देशन गरेका हुन् भने सन्तोष गौतम र चन्जु राईले निर्माण गरेका हुन् ।

भिडियोमा रुशा न्यौपाने र राजकुमार सिंहको अभिनय रहेको छ ।
गीतको छायांकन प्रकाश खड्का र सम्पादन सुजन कोईरालाले गरेका हुन् ।
मेकअप आर्टिस्ट सबिना गुरुङले मेकअपको जिम्मेवारी सम्हालेकी छिन् ।

गीत डायनामिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, जसको रेकर्डिस्ट लक्ष्मण सेन्चुरी रहेका छन्, भने संगीत संयोजन बिमल छिनालले गरेका हुन् ।

भावनात्मक प्रस्तुतिमा आधारित यस गीतले श्रोता तथा दर्शकको सकारात्मक प्रतिक्रिया पाउन थालेको छ ।

भूकम्प–सुरक्षित वातावरण मैत्री डोम हाउस प्रवर्द्धनमा अभिनेत्री बेनिशा हमाल ‘ब्रान्ड एम्बासडर’

काठमाडौं – विभिन्न क्षेत्रमा बस्ने गैर–आवासीय नेपाली (Non-Resident Nepali) सँगको सम्बन्धलाई सुदृढ गर्दै, नेपाली भाषा, भाइचारा, संस्कृति र बौद्धिक–प्राविधिक क्षमता विस्तार गर्ने उद्देश्यका साथ स्थापित IDEA FOR WORLD DREAMS COME TRUE ले नेपालमा दिगो र सुरक्षित आवास प्रवर्द्धनका लागि विशेष पहल थालेको छ।

सन् २००० तिर स्थापना भएको यस संस्थाले साझा ज्ञान, नवीनता र दिगो परियोजनाहरू मार्फत विश्वव्यापी परिवेशमा सकारात्मक योगदान पुर्‍याउँदै आएको छ। भूकम्पपछिको पुनर्निर्माण र दिगो आवास समाधानको आवश्यकता महसुस गर्दै, संस्थाले हाल डोम हाउस (गुम्बज घर) र राउन्ड क्याप्सुल हाउस (गोल घर) निर्माणमा ध्यान केन्द्रित गरेको छ।

संस्थाका अनुसार डोम हाउस लामो समय टिक्ने, हलुका तर बलियो, तुलनात्मक रूपमा सस्तो, ऊर्जा–सक्षम, र वातावरणमैत्री प्रविधिमा आधारित हुन्छन्। यी संरचनाहरू भूकम्प, आँधी–हुरी, उच्च तापमान तथा अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन्छन्। आवासीय, व्यावसायिक, शैक्षिक, कृषि तथा सामुदायिक प्रयोजनका साथै आपत्कालीन आवासका लागि पनि यसको प्रयोग सम्भव छ।

यस परियोजनाको जनचेतना र प्रवर्द्धनका लागि चर्चित नेपाली अभिनेत्री बेनिशा हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरिएको छ।
IDEA For World का Head of Technical Department With Marketing खगेन्द्र श्रेष्ठ का अनुसार:-बेनिशा हमालको लोकप्रियता र सामाजिक जिम्मेवारीप्रति लगावले यो अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न ठूलो मद्दत पुर्‍याउनेछ।

श्रेष्ठले थपे, “डोम हाउसको नमुना संरचना नेपालका विभिन्न प्रदेशमा निर्माण गरेर यसको प्रभावकारिता परीक्षण गरिनेछ, त्यसपछि व्यवहारिक कार्यान्वयन सुरु हुनेछ।” IDEA For World ले जानकारी दिएको छ।

निखिल उप्रेतीको ´आचार्यमा अञ्जन थापा अनुबन्धित

नेपाली चलचित्र क्षेत्रमा नयाँ ऊर्जा थप्ने उद्देश्यसहित नायक निखिल उप्रेतीले निर्देशन एवं निर्माण गर्दै गरेको एक्सन फिल्म ‘आचार्य’ आगामी भदौ ५ देखि भारतमा छायांकन सुरु गर्ने भएको छ। करिब ६० दिन सम्म भारत र नेपाल दुवै देशमा गरिने छायांकनका लागि सबै तयारी पूरा भइसकेको छ।

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस चलचित्रमा अन्जन थापा अनुबन्धित भएका छन्। फुटबल मैदानबाट आफ्नो करियर सुरु गरेका उनले पछिल्लो समय अभिनय क्षेत्रमा उल्लेखनीय उपस्थिति जनाउँदै आएका छन्।

उनले एक्सन फिल्म ‘कालमान्डु’ मा खलनायकको भूमिका निर्वाह गरेका छन्, जुन छिट्टै प्रर्दशनमा आउँदैछ। यस्तै, उनी ‘11 Hrs Section A’ वेब सिरिज, विभिन्न म्युजिक भिडियोहरू लगायतका अन्य प्रोजेक्टमार्फत पनि दर्शकमाझ आइरहेका छन्।

अन्तर्राष्ट्रिय फिल्म डेटाबेस IMDB मा उनले “Portrait of Young Criminal” का रूपमा रेटिङ पाएका छन्, जसले उनको कलाकारितालाई अन्तर्राष्ट्रिय तहमै मान्यता दिएको स्पष्ट हुन्छ।

‘आचार्य’ मा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि, उषा उप्रेती, सुरेश कोहली, सयानम अधिकारी तथा केही भारतीय कलाकारहरूको अभिनय रहनेछ।

फुटबल मैदानको यात्राबाट सुरु भएको अन्जन थापाको मेहनत र समर्पण अब ठूलो पर्दामा नयाँ मोडमा प्रवेश गर्दैछ। ‘आचार्य’ मार्फत उनको कलाकारितामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।