२०८२ मंसिर २२, सोमवार

फिल्म ‘पीआर’ को टिजर सार्वजनिक, अस्ट्रेलियामा संघर्ष र परिवारको पिडा उठान

काठमाडौं, असार १२ – सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको नेपाली फिल्म ‘पीआर’ को टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत टिजर सार्वजनिक गरिएको हो।

टिजरमा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष, उनीहरूले विदेशमा भोग्नु परेको दुख र नेपालमा बसेका अभिभावकहरूको पिँडा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। समसामयिक विषयवस्तुलाई उठान गरिएको टिजरले दर्शकको ध्यान तानेको छ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतको अभिनय रहेको छ।

त्यसैगरी, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी देखिनेछन्।

फिल्मका प्रस्तुतकर्ता रञ्जित शाह (RFM Facility Management, Australia) र सन्तोष तिवारी (Lan Way Dumpling, Sydney) हुन्। निर्माता प्रदीप दाहाल (A One Group Services) र लक्ष्मण सापकोटा (इन्द्रेणी ग्रुप) रहेका छन्।

फिल्ममा शोभित बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) को छायांकन, र बन्दे प्रसादको सम्पादन रहेको छ।

मुख्य सहायक निर्देशकको रूपमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ छन् भने केवल मान सिंह बस्नेत निर्माण व्यवस्थापकका रूपमा रहेका छन्।

निर्देशक बस्नेतका अनुसार, फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत नेपालमा गरिएको हो। निर्माण पक्षका अनुसार फिल्म यो महिनाको अन्तिमदेखि अस्ट्रेलिया र न्युजिल्यान्डका सबै प्रमुख सहरहरूमा रिलिज हुने छ भने दशैंको आसपासमा विश्वव्यापी प्रदर्शन गरिने योजना छ।

फिल्मको वितरण आरआर फिल्म्स ले गर्दैछ।

सुरक्षा पन्त अभिनीत ‘कोशेढुंगा’ ४० देशमा एकसाथ प्रदर्शन हुने

काठमाडौं, असार ११ – नेपाली सिनेमाप्रेमीहरूका लागि उत्साहजनक खबर छ। अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘कोशेढुंगा’ आगामी भदौ १२ गतेबाट नेपालसहित विश्वका ४० भन्दा बढी देशहरूमा एकैसाथ प्रदर्शनमा आउन लागेको छ।

फिल्मको निर्देशन सरोज पौडेलले गरेका छन्, जसले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’मार्फत दर्शकमाझ राम्रो छवि बनाएका थिए। ‘कोशेढुंगा’ मौलिक कथामा आधारित फिल्म हो, जसको छायांकन स्याङ्जा र काठमाडौंका विभिन्न रमणीय लोकेसनमा गरिएको हो।

यस फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ।

फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले लिएको छ। कम्पनीका अनुसार अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडा लगायतका देशहरूमा पनि नेपाली समुदायलाई लक्षित गर्दै एकसाथ रिलिज गर्ने तयारी छ।

निर्माण टिममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् भने कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्। छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, संगीत आशिष अविरल र रिदम कँडेलको रहेको छ।

फिल्मले नेपाली संस्कृति, परम्परा र समकालीन सन्दर्भको संयोजनमार्फत अन्तर्राष्ट्रिय दर्शकसमक्ष नेपालको सिनेमिक क्षमता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

‘जहाजैमा’ सिनेमामा माग्ने बुढाको इन्ट्री, जापानी अभिनेत्री रुजेल इचिमिया पनि फाइनल

काठमाडौं — निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने नयाँ सिनेमा ‘जहाजैमा’ मा लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन्। मंगलबार निर्माण टिमले घिमिरेसँग कागजी सम्झौता गर्दै आधिकारिक रूपमा सहभागिता सुनिश्चित गरेको हो।

निर्देशक कृषा चौलागाईं र कलाकार केदार घिमिरे पहिलोपटक एउटै सिनेमामा सहकार्य गर्दै छन्। सिनेमाको निर्माण तयारी अन्तर्गत प्रि–प्रोडक्सन कार्य तीव्र रूपमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।

यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस सिनेमाको छायांकन भदौ महिनाबाट सुरु हुनेछ। ‘जहाजैमा’ नेपाल, जापान र फिलिपिन्सका विविध पृष्ठभूमिमा आधारित कथामा निर्माण हुनेछ। फिल्म नेपाल, जापान र फिलिपिन्स तीनवटै देशमा खिचिनेछ।

यसअघि नै सिनेमाका लागि जापानी अभिनेत्री रुजेल इचिमिया फाइनल भइसकेकी छन्। बहुचर्चित कलाकारहरूको सहभागिता रहने मल्टिस्टारर सिनेमाको कथा लेखक अभिमन्यु निरविले तयार पार्दै छन्।

निर्माण टिमका अनुसार सिनेमाले अन्तर्राष्ट्रिय सन्दर्भ र मानवीय सम्बन्धको नयाँ कथा दर्शकसमक्ष प्रस्तुत गर्नेछ।

गर्भ तुहिनु महिलाको दोष होइन भन्ने सन्देश बोकेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – “गर्भ तुहिनु महिलाको दोष होइन” भन्ने सामाजिक सन्देश बोकेको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यो भिडियोले आजको समाजमा अझै पनि गलत रूपमा बुझिने र महिलामाथि मानसिक दबाब सिर्जना गरिने संवेदनशील विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

Zero Hours Digital युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा गर्भ तुहिनुका कारणहरूमा उमेर, थाइराइड समस्या, पिसिओएस (PCOS) तथा वंशाणुगत कारणजस्ता चिकित्सकीय पक्षहरूलाई उजागर गरिएको छ। यस्ता अवस्थाको समाधान र उपचार सम्भव छ भन्ने सन्देश भिडियोले दिएको छ।

म्युजिक भिडियोमा गायिका सालिना बीकेको सशक्त स्वर सुन्न सकिन्छ। शब्द सीमा ज्ञवालीले लेखेकी हुन् भने संगीत राजेश कुमार श्रेष्ठको रहेको छ। भिडियोको निर्देशन सुरेश पाण्डेले गरेका हुन्। भिडियोमा सुधिर श्रेष्ठ र बिना राउतको प्रभावशाली अभिनय देख्न पाइन्छ।

भिडियो Zero Hours Digital को प्रस्तुति हो भने निर्माण कमल सुवेदीले गरेका छन्।

सामाजिक र पारिवारिक मानसिकतामाथि चोट पुर्‍याउने यो म्युजिक भिडियो स्वास्थ्य र चेतनामूलक सन्देश प्रवाहमा सफल हुने अपेक्षा गरिएको छ।

अरुण लामाको नयाँ फिल्म ‘तथास्तु’को घोषणा, आध्यात्मिकता र ‘सिमुलेसन थ्योरी’मा आधारित कथा

काठमाडौं – फिल्म ‘डोरी’ का निर्देशक अरुण लामाले आफ्नो दोस्रो निर्देशनको तयारी गरेका छन्। ‘जी. सेभेन प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बन्ने फिल्मको नाम ‘तथास्तु’ राखिएको छ। निर्देशक लामाले फिल्मको औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्।

सार्वजनिक गरिएको पोस्टरअनुसार फिल्मको छायांकन आगामी वर्ष २०८३ सालको सुरुवातबाट सुरु हुने छ भने प्रदर्शन सन् २०२७ मा हुने बताइएको छ। निर्देशक लामाका अनुसार ‘तथास्तु’ केवल फिल्म नभई कर्म, भाग्य, र आन्तरिक रूपान्तरणको गहिरो कथा हो।

सिमुलेसन थ्योरी र आध्यात्मिक द्वन्द्व

फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्वलाई चित्रण गर्नेछ। विशेषगरी ‘सिमुलेसन थ्योरी’को पृष्ठभूमिमा आधारित यस कथाले दुई लोक — भगवानको लोक र मानिसहरूको लोकबीचको अन्तरसम्बन्धलाई प्रस्तुत गर्नेछ। निर्देशक लामाले भने, “तथास्तु भन्नुको अर्थ हो, जसरी तपाईंले चाहनुभयो, त्यसैगरी होस्। तर के हामीले चाहेका सबै कुरा साँचिकै ठीक हुन्छन् त? के हामी त्यसको लागि तयार छौं त?”

नयाँ र स्थापित अनुहारको संयोजन

फिल्ममा नेपाल र भारतका नयाँ पुस्ताका चर्चित कलाकारहरू, अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिइने निर्देशक लामाले जानकारी दिएका छन्। फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुनेछ भने छायांकन नेपाल र भारतमा गरी दुई चरणमा सम्पन्न गरिनेछ।

‘डोरी’बाट ‘तथास्तु’सम्मको यात्रा

निर्देशक लामाको डेब्यु फिल्म ‘डोरी’ले व्यावसायिक सफलता हासिल गर्न नसके पनि दर्शकले मन पराएको उनले बताएका छन्। उनले भने, “डोरी रिलिजको समय प्रजातन्त्र समर्थक आन्दोलनको चपेटामा परेकाले हलहरू सुनसान थिए। जसले हेरे, तिनीहरूले मन पराए तर पर्याप्त दर्शकसम्म पुग्न सकेन।”

निर्देशकको दोस्रो फिल्मको घोषणा संगै अब उनी आध्यात्मिक र दार्शनिक कथावाचनमा केन्द्रित हुँदैछन्। दर्शक र समालोचकहरूका लागि ‘तथास्तु’ नयाँ अनुभूतिको प्रतीक्षा बन्ने सम्भावना देखिएको छ।

‘महाकाव्य’ : नेपाली सिनेमामा फ्यान्टेसी र एक्सनको नयाँ युग, कलाकार सूची सार्वजनिक

काठमाडौं, असार ९ –
नेपाली फिल्म उद्योगमा फ्यान्टेसी, पौराणिकता र आधुनिक एक्सनको त्रिवेणी प्रस्तुत गर्ने उद्देश्यसहित निर्माणमा तयार हुँदै गरेको सिनेमा ‘महाकाव्य’ को चर्चा दिनप्रतिदिन बढ्दै गएको छ। खुसी फिल्म्सको ब्यानरमा तयार हुँदै गरेको यो चलचित्रलाई मदन खड्काले निर्देशन गर्दै छन् भने एक्सन निर्देशन शुक्रराज शाहले सम्हाल्नेछन्।

हालै निर्माण टिमले चलचित्रका प्रमुख कलाकारहरूको नाम सार्वजनिक गरेको छ। सार्वजनिक सूची अनुसार चलचित्र ‘महाकाव्य’मा निम्न कलाकारहरूको अभिनय रहनेछ:

शेखर सुवेदी

अनुज कटवाल

रेशना भण्डारी

दिपिका थापा

रेजिना धमला

निर्जरा के.सी.

मोनिका कँडेल

अमु अधिकारी

उज्जयाल शर्मा र अरु पनि थपिने संभावना रहेको अझै कलाकार को टिम पुर्ण हुन बाकी रहेको जानकारी निर्माण टिमले जानकारी गराए।

निर्माण पक्षका अनुसार, चलचित्रको मुख्य भूमिकामा एक नयाँ कलाकारलाई प्रस्तुत गरिँदैछ, जसले शारीरिक रूपमा व्यापक रूपान्तरण गरेका छन् र हाल नृत्य तथा एक्सन तालिममा व्यस्त छन्।

‘महाकाव्य’को थिम पोस्टर हालै सार्वजनिक गरिएको छ, जहाँ दुई भालाबीचको टक्कर देखाइएको छ। यो दृश्यले चलचित्रको भिजुअल शैली र कथाको गहिराइलाई संकेत गर्छ।
भदौ महिनाबाट छायांकन सुरू गर्ने तयारीमा रहेको यो फिल्मले नेपाली सिनेमा क्षेत्रमा फ्यान्टेसी एक्सन शैलीको नयाँ अध्याय सुरु गर्ने विश्वास लिइएको छ।

‘Zero to 8848’ ट्रेलर सार्वजनिक, झापाबाट सगरमाथा चुचुरोसम्मको साहसिक यात्रा

नेपालकै होचो भू-स्तर झापा कचनकवलदेखि सगरमाथा शिखरसम्मको ५१० किलोमिटर दूरी तय गरिएको साहसिक, ऐतिहासिक र प्रेरणादायी यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘Zero to 8848’ को ट्रेलर सार्वजनिक गरिएको छ।

यस वृत्तचित्रमा समुद्री सतहभन्दा ५८ मिटर तल पर्ने कचनकवलदेखि सगरमाथा शिखरसम्मको पैदलयात्रा, त्यसभित्रको संघर्ष, प्रकृति र साहसिकताको जीवित चित्रण गरिएको छ।

सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित वान सिनेमाजमा ट्रेलर सार्वजनिक गरिएको हो। वृत्तचित्र सञ्चारकर्मी प्रेम बानियाँको अवधारणामा आधारित छ भने निर्देशनमा निरञ्जन पाण्डे र बलराम बुढाथोकी रहेका छन्।

यस यात्रामा स्वयं प्रेम बानियाँ सहभागी भएका छन् भने १८ पटक सगरमाथा चढिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, प्रसिद्ध पर्वतारोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतले पनि आफ्नो यात्राको अनुभव सँगालेका छन्।

यात्रा मार्ग

कचनकवलदेखि सुरु भएको यात्रा इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु हुँदै सगरमाथा शिखरसम्म पुगेको हो। त्यहाँबाट कालापत्थर, बेसक्याम्प, र क्याम्प १–४ पार गर्दै हिलारी स्टेप हुँदै सगरमाथाको चुचुरोसम्म पुगेका छन्।

वृत्तचित्रको उद्देश्य

निर्माण टोलीका अनुसार ‘Zero to 8848’ केवल वृत्तचित्र होइन, नेपाललाई नयाँ कोणबाट चिनाउने अठोट हो।
प्रेम बानियाँ भन्छन्, “समुद्री सतहभन्दा तल रहेको कचनकवलबाट सगरमाथासम्मको यात्रा एक ऐतिहासिक र सम्भावनायुक्त अवधारणा हो। यो यात्राले नेपालको पर्यटन, भूगर्भ विज्ञान र जलवायु परिवर्तन अध्ययनलाई समेत नयाँ उचाइ दिन सक्छ।”

अन्तर्राष्ट्रिय प्रदर्शनको तयारी

निर्देशक निरञ्जन पाण्डेले वृत्तचित्रलाई अमेरिकाका ५० राज्य, युरोप, अष्ट्रेलिया र एसियाका विभिन्न देशमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिए। उनले भने, “यसै पदमार्गलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके नेपालले विश्वमै अनुपम पहिचान पाउनेछ।”

प्राविधिक पक्ष

कार्यकारी निर्माता : श्री वाग्ले

सहायक छायाँकार : उमंग शाही

उत्पादन टिम : कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली, जयनारायण शाह

सगरमाथा शिखरको दृश्य छायाँकन : सुजन गुरुङ र दोजी शेर्पा

एकता पौडेलको निर्देशनमा निर्माण भएको नयाँ सिनेमा ‘हर्ष’ मंसिर १२ गतेबाट प्रदर्शनमा आउने

नेपाली सिने क्षेत्रमा नयाँ ऊर्जा भित्र्याउँदै निर्देशक एकता पौडेलले आफ्नो डेब्यु निर्देशन ‘हर्ष’ सार्वजनिक गर्ने तयारीमा छन्। सोमबार सार्वजनिक गरिएको टाइटल भिडियोमार्फत सिनेमा मंसिर १२ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी दिइएको छ।

यो सिनेमा पौडेलले आफ्ना दिवंगत मामा तथा चर्चित निर्देशक शिव रेग्मीलाई समर्पण गर्दै सुरु गरेकी छिन्। न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ अध्ययन गरेकी पौडेलले व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर गरेकी छन् भने यसअघि केही छोटा फिल्मको निर्माण पनि गरिसकेकी छन्।

चितवनमै सम्पूर्ण छायांकन गरिएको ‘हर्ष’ अहिले पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ। पारिवारिक र सामाजिक कथावस्तुमा आधारित सिनेमाको कथा पनि स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। उनले आफू र आफ्नो टिमले दर्शकलाई जीवन्त अनुभूति दिने फिल्म बनाउने प्रयास गरेको बताएकी छन्।

कलाकारहरू:

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापितको अभिनय रहेको छ।

प्राविधिक पक्ष:

छायांकन: आलोक शुक्ला

संगीत: समीर/हिमाल, वसन्त सापकोटा, एलिश कार्की

सम्पादन: लोकेश बज्राचार्य

नृत्य निर्देशन: सुनिल क्षेत्री र एकता पौडेल

गीतकार: शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्का

प्रोडक्सन म्यानेजर: ईश्वर घिमिरे

मुख्य सहायक निर्देशक: कुलदीप अधिकारी

निर्माण र वितरण:

‘हर्ष’ अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको हो। निर्माता प्रशन्न पौडेल र विकास पौडेल रहेका छन् भने कार्यकारी निर्माता हिक्मत चोखल हुन्। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ र डिजिटल राइट्स बुढासुब्बा डिजिटलले खरिद गरेको छ।

‘11 HRS SECTION A’ युट्युबमा सार्वजनिक: सयनम अधिकारीको निर्देशन

काठमाडौं, ७ असार —
नेपाली शॉर्ट फिल्मको क्षेत्रमा एक नवीन प्रयोगका साथ ‘11 HRS SECTION A’ युट्युबमार्फत सार्वजनिक गरिएको छ।
Bishow Production Pvt. Ltd. र Cinemaastra Frames को संयुक्त प्रस्तुतिमा बनेको फिल्मलाई लेखक तथा निर्देशक सयनम अधिकारी ले निर्देशन गरेका छन्।

कथाको सार

‘11 HRS SECTION A’ को कथा एउटा सीमित समय (११ घण्टा) र एउटै स्थानभित्र केन्द्रित छ।
यसमा सामाजिक, पारिवारिक, मनोवैज्ञानिक र भावनात्मक तनाव, पात्रहरूबीचको लगातार संवाद र द्वन्द्व, र असमझदारीहरूलाई वास्तविक शैलीमा प्रस्तुत गरिएको छ।
नेपालमा दुर्लभ मानिने रियल टाइम सिनेमाटिक अप्रोच अपनाइँदै यो फिल्म निर्माण गरिएको हो, जुन शैली अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय भए पनि नेपाली सिनेमा क्षेत्रमा कम प्रयोग भएको पाइन्छ।

🎭 मुख्य कलाकारहरू

सयनम अधिकारी – लेखक, निर्देशक तथा मुख्य पात्र

अञ्जन थापा – झलन्धर यादव

आलिशा बास्तोला – राधा

कविता न्यौपाने – गौरी

साथमा: सार्थक दुलाल, शिव अधिकारी, रवि भुजेल, निशान परियार, निश्चल विक्रम पौडेल, रमेश देवकोटा आदि

निर्देशनको मुल्यांकन:-

सयनम अधिकारीले निर्देशनमा प्रयोगधर्मी दृष्टिकोण लिएका छन्।

संवादमा गहिराइ

पात्रहरूको अभिव्यक्तिमा सशक्तता

“मास प्रोडक्सन” शैलीभन्दा टाढा रही विचारप्रधान सिनेमा निर्माण गर्ने प्रयास

सीमित स्रोत र संरचनाबीच पनि प्रभावशाली कथन शैली

दर्शकको प्रतिक्रिया:-

फिल्म सार्वजनिक भएसँगै दर्शकहरूले युट्युबमा सकारात्मक प्रतिक्रिया जनाएका छन्:

“Thank you to all entire team 🙏💗”
“फरक तरिकाको नेपाली सिनेमा, यस्तो प्रयोग प्रशंसनीय छ।”

फिल्मको पहिलो भाग “11 HRS SECTION A – EP:1” युट्युब च्यानल Bishow Sharma मार्फत हेर्न सकिन्छ।
‘11 HRS SECTION A’ ले सशक्त संवाद, सीमित परिवेश मार्फत दर्शकलाई अलग अनुभव दिएको छ।
यो शॉर्ट फिल्म नेपाली सिनेमा उद्योगमा नयाँ धारको सुरुवात हुन सक्छ — जहाँ भव्य सेट र मसला गीतभन्दा गहिरो विषयवस्तुलाई प्राथमिकता दिइन्छ।
सयनम अधिकारीको यो साहसी प्रयास नेपाली युवा फिल्मकर्मीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ।

ऋषि लामिछानेको निर्देशनमा तयार सिनेमा ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ ६ मा विश्वव्यापी प्रदर्शन हुन

काठमाडौं, असार ६ — निर्देशक ऋषि लामिछानेको कमब्याक निर्देशनमा तयार गरिएको नयाँ नेपाली सिनेमा ‘माग्ने राजा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार प्रज्ञा भवन डबलीमा आयोजित विशेष समारोहबीच सिनेमा पोस्टरसहित प्रदर्शन मिति पनि भदौ ६ गतेका लागि घोषणा गरिएको हो।

पोस्टरको झलक: सार्वजनिक दुई पोस्टरमध्ये एकमा अभिनेता केदार घिमिरे (माग्ने बुढा) लाई कुर्सीमा राजसी शैलीमा, हातमा पैसा समातेर प्रस्तुत गरिएको छ। अर्काे पोस्टरमा मुख्य कलाकारहरू केदार घिमिरे, वर्षा सिवाकोटी, र विल्सन विक्रम राई लाई प्रस्तुत गरिएको छ।

८ वर्षपछि निर्देशनमा फर्किँदै ऋषि लामिछाने
‘श्रीमान्-श्रीमती’ र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ जस्ता सफल सिनेमाका निर्देशक ऋषि लामिछाने यसपटक ‘माग्ने राजा’मार्फत निर्देशनमा फर्किएका हुन्। उनले कार्यक्रममा भनें, “यो सिनेमा अहिलेका युवाहरूले आफूलाई नै राजा सम्झने मनोविज्ञान र सामाजिक अवस्थाको प्रतिनिधित्व गर्छ।”

दाङका वडाध्यक्ष मुनाल घिमिरेको पुनरागमन
सिनेमाका निर्माता तथा प्रस्तुतकर्ता मुनाल घिमिरे ‘इच्छा’पछि निर्माणमा फर्किएका हुन्। उनी हाल दाङ, घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत हुन्। निर्देशक लामिछाने र निर्माता घिमिरेबीच यो तेस्रो सहकार्य हो।

शक्तिशाली कलाकारहरूको उपस्थिति
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा प्रमुख भूमिकामा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, र टिकटक मोडल पवित्रा साकी ‘मिस पबी’ रहेका छन्। साथै अभिनेता आर्यन सिग्देलको विशेष भूमिका पनि रहको बताइएको छ।

सिनेमाको प्राविधिक पक्ष

कथा, पटकथा तथा संवाद: सामीप्य राज तिमल्सेना

संगीत: दीपक शर्मा र बाबुल गिरी

छायांकन: नरेन्द्र मैनाली

वितरण: आरआर फिल्म्स

निष्कर्ष:
सिनेमाका निर्माता–निर्देशकले अघिल्ला दुई सिनेमाको सफलताले हौसिएर ‘माग्ने राजा’ पनि सुपरहिट हुने विश्वास व्यक्त गरेका छन्। भदौ ६ गतेबाट नेपालसहित विश्वभर प्रदर्शनमा आउन लागेको यो सिनेमा दर्शकमाझ कति लोकप्रिय हुन्छ, त्यो हेर्न बाँकी छ।