२०८२ मंसिर २२, सोमवार

यस वर्षको पपुलर अवार्ड अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई

जापानमा आयोजित ‘सूर्य इन्टरनेसनल अवार्ड– २०१९’ मा अनमोल केसीले चलचित्र क्याप्टेनबाट र कायराबाट साम्राज्ञी राज्यलक्ष्मी शाहले यस वर्षको पपुलर अवार्ड जितेका छन् । यस्तै सहअभिनेता अवार्ड चलचित्र चंगा चेटबाट बुद्धि तामाङले प्राप्त गर्दा सहअभिनेत्रीको अवार्ड चलचित्र गोपीबाट वर्षा राउतलाई प्रदान गरिएको छ । जापानको टोकियोस्थित नाकानो जिरो हलमा आइतबार राति आयोजित समारोहमा यो अवार्ड प्रदान गरिएको हो। सबै अवार्ड लोकप्रियताको हिसाबले प्रदान गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट चलचित्रको अवार्ड छक्का पञ्जा ३ ले जित्दा उत्कृष्ट निर्देशकको अवार्ड छक्का पञ्जा ३ बाटै दीपा श्री निरौलालाई प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘सूर्य रत्न सम्मान’ प्रदान गरिएको थियो । कार्यक्रमका आयोजक वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रको बजार विस्तार गर्ने उद्देश्यले जापानमा अवार्ड समारोह आयोजना गरिएको हो।

‘मिस वर्ल्ड’ प्रतियोगीतामा नेपाली सुन्दरी अनुष्का उत्कृष्ट ४० मा

‘मिस वर्ल्ड’ प्रतियोगीतामा १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा अनुष्का श्रेष्ठले डिसेम्बर १४÷२०१९ लण्डनमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’ प्रतियोगीतामा नेपालबाट प्रतिनिधित्व गरिरहेकी छिन् । दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर उक्त प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का उत्कृष्ट ४० मा आफूलाई सुरक्षित गरेकी हुन् । भोटिङको आधारमा हुने मल्टिमिडिया अवार्डको टप ३ मा अनुष्का परिसकेकी छिन् । अनुष्का श्रेष्ठल‘व्यूटी विथ पर्पोज’को उत्कृष्ट १० मा पनि आफ्नो स्थान बनाइसकेकी छिन् । ‘व्यूटी विथ पर्पोज’ जितेको खण्डमा अनुष्का उत्कृष्ट १६ मा पुग्नेछिन् ।

खोलाले बगाउँदा पाल्पामा एकको मृत्यु

नारायण प्रसाद कोइराला: पाल्पाको रम्भा गाउँपालिका वडा नंं १ हुंगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

हुंगीको झिर्दी खोलाले बगाउँदा वडा नंं. १ हुंगी खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए।

सोमबार बिहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिँडेका दुई जना महिलामध्ये सारुलाई एक्कासि माथिबाट आएको खोलाले बगाएको थियो।

खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा केही तल खोलाको किनारमा फालेको अवस्थामा स्थानीयले भेटाएका थिए। उनीसँगै गएकी अर्की महिला भने सकुशल रहेकी छन्।