नेपालको स्टार्टअप इकोसिस्टम सुदृढ बनाउन Alphalink Launched.

Everestwalk Groups .द्वारा विकसित अल्फालिङ्क (Alphalink)-एक नयाँ पुस्ताको स्टार्टअप इकोसिस्टम प्लेटफर्म-आज काठमाडौंको IMS Collge, Tinkune मा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। यस शुभारम्भ कार्यक्रमले नेपालका उद्यमी, लगानीकर्ता, सल्लाहकार, उद्योग विज्ञ तथा नवप्रवर्तनमा रुचि राख्ने युवाहरूलाई एकै थलोमा ल्याउँदै नेपालको उद्यमशीलताको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुङ्गा थपेको छ।

कार्यक्रमको मूल विषयवस्तु “Build Nepal’s Next 100 Startups – One at a time” रहेको थियो। यसै सन्दर्भमा अल्फालिङ्कले प्रारम्भिक चरणका आइडियाहरूलाई सक्षम, दिगो र लगानीयोग्य स्टार्टअपमा रूपान्तरण गर्ने आफ्नो लक्ष्य प्रस्तुत गरेको छ। एकीकृत प्लेटफर्मका रूपमा अल्फालिङ्कले नेपाली स्टार्टअपहरूले भोग्दै आएका मार्गदर्शन (मेंटोरसिप), लगानी पहुँच, दृश्यता तथा संरचित कार्यान्वयन सम्बन्धी चुनौतीहरू समाधान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा बोल्दै Hivelaya सीईओ तथा अल्फालिङ्ककी चिफ ग्रोथ अफिसर (CGO) Ms. Pranayna KC ले अल्फालिङ्कको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्नुभयो। उहाँले अल्फालिङ्क केवल स्टार्टअप सुरु गर्ने प्लेटफर्म नभई उद्यमीहरूलाई यात्रा सुरु हुने चरणदेखि विस्तारसम्म निरन्तर साथ दिने इकोसिस्टम भएको बताउनुभयो। उहाँका अनुसार मेंटरसिप, बजार पहुँच, स्टोरीटेलिङ र ग्रोथ–केन्द्रित रणनीतिमार्फत अल्फालिङ्कले नेपालभर उद्यमशीलतालाई सशक्त बनाउने लक्ष्य लिएको छ।

त्यसपछि बोल्दै Webpoint Technology Nepal सीईओ Mr. Sonam Sherpa ले अल्फालिङ्कका संस्थापक Bishal Shrestha का उद्यमशील गुणहरूको चर्चा गर्नुभयो। उहाँले बिशाल श्रेष्ठको दृढता, दूरदृष्टि र कार्यान्वयनमुखी सोचलाई प्रशंसा गर्दै, सफल स्टार्टअप इकोसिस्टम निर्माणका लागि बलियो नेतृत्व र निरन्तर प्रयास अपरिहार्य हुने बताउनुभयो।

कार्यक्रममा Mr. Umesh Raj Shrestha ले आफ्नो व्यक्तिगत उद्यमशील यात्राका अनुभवहरू साझा गर्नुभयो। सुरुवाती चरणमा भोगेका चुनौतीहरूको स्मरण गर्दै उहाँले नयाँ उद्यमीहरूलाई असफलताबाट सिक्दै अघि बढ्न र अल्फालिङ्कजस्ता प्लेटफर्महरूको उपयोग गरी आफ्नो यात्रालाई सहज बनाउन आग्रह गर्नुभयो।

कार्यक्रमको समापनतर्फ Dr. Sameer Dixit – Founder at The Fab Shwo ले उद्यमशील इकोसिस्टमको महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले सन् २००८ मा आफ्नो उद्यमशील यात्रा सुरु गर्दा अल्फालिङ्कजस्तो प्लेटफर्म उपलब्ध भएको भए, मार्गदर्शन, नेटवर्क र संरचित सहयोगका माध्यमबाट अझ प्रभावकारी रूपमा अघि बढ्न सकिने बताउनुभयो। साथै, उहाँले Himalaya TV – The FAB SHow जस्ता राष्ट्रिय मिडिया प्लेटफर्ममार्फत अल्फालिङ्कका विचार र कथाहरू राष्ट्रियस्तरमा पुग्न सके नेपालको उद्यमशीलता अझ व्यापक हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै CEO of Alphalink and Everestwalk Groups Mr. Bishal Shrestha ले अल्फालिङ्कलाई केवल एउटा प्लेटफर्म नभई National Movement to foster the Startup Ecosystem का रूपमा अघि बढाइने स्पष्ट पार्नुभयो। उहाँले प्रतिभा पहिचान, लगानीयोग्य स्टार्टअप निर्माण र दीर्घकालीन आर्थिक मूल्य सिर्जनामार्फत नेपालको अर्थतन्त्रमा वास्तविक प्रभाव पार्ने लक्ष्य रहेको बताउनुभयो।

शुभारम्भ कार्यक्रमले अल्फालिङ्कका आगामी पहलहरू पनि प्रस्तुत गर्‍यो, जसमा प्रविधि प्लेटफर्मको विस्तार, लगानीकर्ता तथा सल्लाहकार नेटवर्कको विस्तार, स्टार्टअप इकोसिस्टम कार्यक्रमहरूको आयोजना तथा स्टार्टअप एन्ड इनोभेसन टिभी शोको विकास समावेश छन्।

यस अवसरमा Alphalink को सफल शुभारम्भ सम्भव बनाएकोमा Mr. Prabin Mandal – CEO at Castin.io / MD at Everestwalk groups and Alphalink, Ms. Pushpalata Neupane – Co-founder/CXO at Everestwalk Groups. Mr. Samrat Aidi – Co-founder/COO at Alphalink and Ms. Pranayama KC – Co-founder/CGO at Alphalink, लगायत सम्पूर्ण टिम सदस्यहरूको समर्पण, नेतृत्व र सहकार्यप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

Everestwalk Groups .द्वारा विकसित Alphalink नेपाली उद्यमशीलता, नवप्रवर्तन तथा समावेशी आर्थिक विकासको उत्प्रेरक बन्ने लक्ष्यसहित नेपाललाई स्टार्टअप हबको रूपमा स्थापित गर्ने दिशामा अग्रसर भएको छ।

Share Post on Social media