क्यारेक्टर लुक्स सहित ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं : दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित नेपाली फिल्म ‘परिवर्तन’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार सार्वजनिक गरेको पोस्टरमा सातै मुख्य कलाकारलाई आफ्ना-आफ्नै क्यारेक्टर लुक्स मा प्रस्तुत गरिएको छ, जसले फिल्मप्रति दर्शकमाझ नयाँ उत्सुकता थपेको छ।

पोस्टरमा अभिनेता सुशील श्रेष्ठ लाई पूर्ण एक्सन अवतार मा देखाइएको छ। घाइते अवस्थामै पनि लडाइँको मैदानमा बन्दुक तानेर उभिएको उनको लुक्सले पात्र परिवर्तनका लागि उनले सर्वस्व झोक्न तयार भएको संकेत गर्छ।

यस पटक अञ्जना बराईली प्रहरीले इन्स्पेक्टरको कडा र जिम्मेवार भूमिकामा देखिएकी छन्। उनको तीखो नजरले अपराध अनुसन्धानप्रतिको दृढता र न्यायप्रतिको प्रतिबद्धता झल्काउँछ।

त्यस्तै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे का क्यारेक्टर लुक्स पनि पोस्टरमा समावेश गरिएका छन्। विशेषगरी अञ्जना बराईलीलाई दर्शकले यसअघि नदेखेको नयाँ अवतारमा देखिने स्पष्ट संकेत पोस्टरले दिएको छ।

एक्सन–सस्पेन्स ज्यानरामा निर्माण भएको ‘परिवर्तन’को मूल कथा भने टिजर, ट्रेलर र फिल्म नै हेरेपछि मात्र थाहा हुने निर्माण टिमको भनाइ छ।

विजय केरुङ द्वारा निर्देशित फिल्ममा
सुशील श्रेष्ठ,अञ्जना बराईली, सरोज खनाल,करिश्मा मानन्धर, हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङलगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्।

फिल्मको कथा र निर्माण दीपक सिवाकोटी द्वारा, भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार गरेका हुन्।
डीओपी शिव ढकाल,
सम्पादन बन्दे प्रसाद (ट्रेलर पनि उनीकै सम्पादनमा),
कोरियोग्राफी रामजी लामिछाने,
संगीत एसडी योगी,
र द्वन्द्व निर्देशन श्री श्रेष्ठ रहेका छन्।

‘परिवर्तन’ आगामी माघ ९ गते (January 23) देखि देशभर प्रदर्शनमा आउनेछ।
फिल्मको डिजिटल साझेदार ओएसआर र वितरण आर.आर. फिल्म्सले गर्दैछन।

Share Post on Social media