‘छोरीका मुण्डामा फोली’ नाटक मंसिर २१ देखि २५ गतेसम्म मञ्चन हुने

ललितपुर, सातदोबाटोस्थित ब्राइट फ्यूचर सेकेन्डरी स्कुल तथा कलेजले भावनात्मक तथा समाजिक सन्देशयुक्त नाटक ‘छोरीका मुण्डामा फोली (पार्वती)’ मञ्चन गर्ने भएको छ।

लेखक तथा निर्देशक पुष्पराज अवस्थीको कथा–निर्देशनमा तयार भएको उक्त नाटक मंसिर २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको औजस थिएटर (शैली थिएटर), रातोपुलमा मञ्चन हुनेछ।

समाजमा छोरीप्रति गरिने भेदभाव, बालमनोविज्ञान, दैनन्दिन संघर्ष र संवेदनशील भावनालाई उठान गर्ने उद्देश्यले निर्माण गरिएको यस नाटकमा सहायक निर्देशकका रूपमा रुबिन सुनार रहनुभएको छ।

नाटक बिहान ८:३०, ११:०० र २:०० बजे तीनवटा शोमा प्रस्तुत हुनेछ। परिवारसहित हेर्न उपयुक्त यो नाटकले अभिभावक र विद्यार्थीमा सकारात्मक सन्देश दिन मद्दत गर्ने अपेक्षा आयोजकले बताएका छन्।

आवश्यक जानकारी र सीट बुकिङका लागि ०१–५४३८३९१, ५४५८७८४, ९८५१००२२५१, ९८५११५३०६०, ९८५१२४०१४३ नम्बरमा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।

Share Post on Social media