सुरज र विनिताको फिल्म ‘पीआर’को ट्रेलर रिलिज

काठमाडौं – सुरज पौडेल र विनिता कार्की अभिनित फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक भएको छ। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यो फिल्मको ट्रेलर मंगलबार पत्रकार सम्मेलनमार्फत रिलिज गरिएको हो। ट्रेलरको समय ३ मिनेट १ सेकेण्ड रहेको छ।

ट्रेलरमा नेपालबाट पढ्न अष्ट्रेलिया पुगेका युवाहरुको कथा देखाइएको छ। ऋण खोजेर विदेश पुगेका युवाहरुले पीआर (Permanent Residency) पाउने सपना देख्छन्। तर, नेपालबाट पठाएको परिवारिक सहयोगले समयमै काम नगर्दा र विदेशको अवस्था बुझ्न नसक्दा उनीहरुको चुनौतीपूर्ण जीवन प्रस्तुत गरिएको छ।

फिल्ममा लभस्टोरी, बिछोड, र आफ्नो देशप्रतिको मायाको सन्देश दिन खोजिएको छ। आगामी मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुने यो फिल्मको प्रचारका लागि सुरज र विनिता नेपाल फर्किएका छन्।

फिल्ममा मुख्य भूमिकामा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, र नवीन घायल रहेका छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिएका छन्। ट्रेलरमा नीर शाहको ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’ संवादले दर्शकको ध्यानाकर्षण गरेको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारी ले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल ले लगानी गरेका छन्। छायांकन सौरभ सायमी र सौरभ लामाले, सम्पादन बन्दे प्रसादले, गीत लेखन गणेश बुढाथोकी, संगीत मानस राज, र गायन सनुप पौडेल र नीतु पुन ले गरेका छन्। कोरियोग्राफी रामजी लामिछाने, वितरण आर आर फिल्म्स।

Share Post on Social media