ओजस थिएटरमा ‘एक चिहान’ नाटकको विशेष मञ्चन, ब्राइट फ्युचर कलेजका १२०+ विद्यार्थीको अवलोकन
काठमाडौँ। साहित्यकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक आज ओजस थिएटर, रातो पुलमा विशेष रूपमा मञ्चन गरिएको छ। सो शोमा ब्राइट फ्युचर कलेज, इमाडोलका १२० भन्दा बढी विद्यार्थी र शिक्षकले नाटक अवलोकन गरेका छन्।










नाटकको निर्माता कल्पना थापा हुन् भने निर्देशक सागर कार्कीले निर्देशन गरेका छन्। उपन्यासको नाट्य रूपान्तरण हर्क मगरले तयार पारेका हुन्।
जेबी डिसी,कुमार गजुरेल ,मदन थापा, कल्पना थापा, रीता थापा, सानु पाण्डेय, आशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, विप्लव खड्का, उज्जवल राई, समिर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कँडेल, गोविन्द खड्का, रश्मि गुरुङ, अञ्जना दुलाल, प्रदिप विश्वकर्मा —को अभिनय समावेश थियो।
लाइट ,साउन्ड ,व्यवस्थापनमा राजु खतिवडा ,सन्तोष ढकाल,गोविन्द खड्का लगायतले व्यवस्थापन गरेका छ्न ।
थिएटरका अनुसार नाटकले कक्षा १२ को अनिवार्य नेपालीमा समावेश उपन्यास भएकाले विद्यार्थीले विषयवस्तु सहज तरिकाले बुझ्न मद्दत पुगेको छ। शैक्षिक प्रभाव तथा कथा–संवादले विद्यार्थी तथा शिक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थिएटरले जनाएको छ।
‘एक चिहान’ अहिले ओजस थिएटरको निरन्तर मञ्चनमा रहेको प्रस्तुति हो। नाटकले काठमाडौं उपत्यकाका विभिन्न कलेज तथा शैक्षिक संस्थासँग सहकार्यमा विशेष शो गर्दै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्