गुरु पूर्णिमामा घोषणा : नवीन पन्तको निर्देशनमा नयाँ नेपाली फिल्म ‘बाकस’ आउने
काठमाडौं — गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली चलचित्र ‘बाकस’ को घोषणा गरिएको छ। पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने यस फिल्मको निर्देशन नवीन पन्तले गर्नेछन्। कथा लेखन पनि निर्देशक पन्त स्वयंले गरेका हुन्।

नेपाली परिवेशमा आधारित ‘बाकस’ नेपाल तथा विदेशका विभिन्न लोकेसनमा छायांकन गरिने तयारीमा रहेको छ। निर्माण पक्षका अनुसार फिल्मको स्क्रिप्ट लेखन अन्तिम चरणमा छ भने चाँडै कलाकार तथा प्राविधिकहरूको टिम घोषणा गरिनेछ।
फिल्ममा चर्चित गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीतहरू समावेश हुनेछन्। तिहारपछि छायांकन सुरु गर्ने लक्ष्य राखिएको ‘बाकस’ २०८३ सालमा प्रदर्शन गर्ने तयारीमा रहेको छ।
Share Post on Social media

आफ्नो प्रतिक्रिया दिनुहोस्