निर्माता तथा वितरक करण श्रेष्ठ लोसपाको समानुपातिक उम्मेदवार सूचीमा

काठमाडौँ । नेपाली फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका छन्।
श्रेष्ठ पार्टीको आदिवासी जनजाति क्लस्टरबाट सिफारिस भएका हुन्। उनी लामो समयदेखि लोसपाको राजनीतिमा सक्रिय रहँदै आएका छन् र हाल पनि पार्टीको बागमती प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालिरहेका छन् र उनी पार्टीका केन्द्रिय सदस्य पनि हुन।
फिल्म क्षेत्रसँगै राजनीतिमा समेत सक्रिय रहेका श्रेष्ठ अभिनेता समेत हुन्। उनले रिच इन्टरटेनमेन्टमार्फत नेपाली सिने उद्योगमा व्यावसायिक रूपमा सफल चलचित्रहरूको वितरण गर्दै आएका छन्।
श्रेष्ठ सामाजिक सेवामा समेत संलग्न रहँदै आएका छन्।

Share Post on Social media