‘प्रतिवैरम’ का क्यारेक्टर पोस्टर सार्वजनिक, आलिशा बास्तोलाको रहस्यमय नयाँ लुक पनि सार्वजनिक
काठमाडौं — रोजगार, राजनीति, व्यवस्था र विद्रोहको कथालाई पर्दामा उतार्न लागेको बहुप्रतीक्षित चलचित्र ‘प्रतिवैरम’ ले आफ्ना प्रमुख पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ उत्साह थप चुल्याएको छ। यसअघि सार्वजनिक तीन पुरुष पात्रसँगै अब क्यारेक्टर नाम नखुलाइएको अभिनेत्री आलिशा बास्तोलाको नयाँ लुक पनि सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरहरूले फिल्मको गहिरो कथावस्तु, पात्रहरूको मनोविज्ञान र विद्रोही चेतनालाई प्रभावशाली रूपमा उजागर गरेका छन्।
संजयको रूपमा रोन्नी यादव
धुम्रपान गर्दै कठोर नजरले भविष्यतर्फ हेरेको संजयको पोस्टरले मौन विद्रोह र आक्रोशको संकेत गर्छ। अभिनेता रोन्नी यादवको लुक्सले संजय अन्यायविरुद्ध उठ्ने आगोको प्रतीक हुने संकेत दिएको छ।
पञ्चलाइन:
“संजय चिच्याउँदैन, व्यवस्था नै हल्लाउँछ।”
रवि कुमारको रूपमा प्रदीप ढकाल
हात जोडेर उभिएको रवि कुमारको पोस्टरले राजनीति, सत्ता र जनभावनाबीचको द्वन्द्व झल्काउँछ। प्रदीप ढकालको गम्भीर हाउभाउले यो पात्र सत्ता भित्रै बसेर रणनीति बुन्ने प्रभावशाली व्यक्तित्व भएको देखाउँछ।
पञ्चलाइन:
“रवि कुमारको मौनतामा सत्ता लुकेको छ।”
रणजीतको रूपमा आशिष डीके
जटाधारी र रौद्र अवतारमा देखिएका रणजीतले क्रान्तिकारी सोच र विनाशकारी विद्रोहको प्रतिनिधित्व गर्छ। आशिष डीकेको लुक्सले यो पात्र कथाको निर्णायक मोड बन्ने संकेत गरेको छ।
पञ्चलाइन:
“रणजीत आउँछ, कथा बाँच्दैन—इतिहास बन्छ।”
क्यारेक्टर नाम नखुलाइएको एलिशा बास्तोलाको रहस्यमय लुक
चारौँ पोस्टरमार्फत अभिनेत्री आलिशा बास्तोलाको नयाँ लुक सार्वजनिक गरिएको छ। पोस्टरमा उनको क्यारेक्टर नाम भने खुलाइएको छैन, जसले कथाप्रति थप रहस्य र कौतुहलता पैदा गरेको छ। गम्भीर भाव, फरक अवतार र सशक्त उपस्थितिले आलिशाको भूमिका कथामा निर्णायक प्रभाव पार्ने अनुमान गरिएको छ।
बहुभाषिक फिल्म, विशाल क्यानभास
रेज इन्टरटेन्मेन्टको प्रस्तुति तथा किङ वाईटीसँगको सहकार्यमा निर्माण भइरहेको ‘प्रतिवैरम’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण हुँदैछ। फिल्मको कथा तथा निर्देशन रोशन दासले सम्हालेका छन्।
चलचित्र २०८३ जेठ (मे २०२६) मा प्रदर्शनमा आउने तयारीमा छ। क्यारेक्टर पोस्टर सार्वजनिक भएसँगै ‘प्रतिबैराम’ सामाजिक यथार्थ, राजनीति र विद्रोहको सशक्त प्रस्तुति हुने अपेक्षा गरिएको छ।
‘प्रतिबैराम’ —
जहाँ पात्रहरू केवल भूमिका होइनन्, विद्रोह हुन्।
जहाँ कथा होइन, आगो बल्छ।





आफ्नो प्रतिक्रिया दिनुहोस्