देउकी प्रथामा आधारित ‘छोरीका मुण्डामा फोली (पार्वती)’ नाटक आजबाट

काठमाडौं। सातदोबाटोस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल तथा कलेजले देउकी प्रथामा आधारित नाटक ‘छोरीका मुण्डामा फोली (पार्वती)’को मञ्चन आज मंसिर २१ गतेबाट औपचारिक रूपमा सुरु गरेको छ। सुदुरपश्चिममा प्रचलित देउकी परम्पराको सामाजिक प्रभाव र त्यसले बालिकामा पार्ने भावनात्मक पीडालाई उजागर गर्ने उद्देश्यले तयार गरिएको नाटकले समाजमा सकारात्मक चेतना फैलाउने अपेक्षा विद्यालयले गरेको छ।

नाटकका लेखक तथा निर्देशक पुष्पराज अवस्थीका अनुसार यो प्रस्तुति विद्यार्थीलाई सामाजिक विषयमा गहिरो समझ दिलाउने उद्देश्यका साथै सुदुरपश्चिमको भाषा, भेषभूषा, संस्कार र जीवनशैलीलाई काठमाडौंका दर्शकमा परिचित गराउने लक्ष्यसहित तयार गरिएको हो। रुबिन सुनार सह–निर्देशकका रूपमा आवद्ध छन्।

ब्राइट फ्युचर स्कुलका नाटक विषयका विद्यार्थीहरूले अभिनय गरेको यस नाटकमा गौरव हुमागाँई, संरक्षण मिश्र, रसिल बस्नेत, निस्ता सन्जेल, सफलता घिमिरे, रेश्मी राई, ज्ञानीसा खत्री, कृतिका बस्नेत, उत्प्रेणा पण्डित, अभिमानन श्रेष्ठ, आरोही घिमिरे, सचिना दुधराज, अभिमन्यु भट्ट, आरोग्य श्रेष्ठ, दृशना बोहोरा लगायतले संयुक्त रूपमा अभिनय गरेका छन्।

नाटक ओजस थिएटर (शैली थिएटर), रातोपुलमा आजदेखि मंसिर २५ गतेसम्म चल्नेछ। हरेक दिन बिहान ८:३० बजे, ११:०० बजे र दिउँसो २:०० बजे तीनवटा शो सञ्चालन गरिनेछ। परिवारसहित हेर्न उपयुक्त मानिएको नाटकले अभिभावक, विद्यार्थी तथा सर्वसाधारणमा सामाजिक संवेदनशीलता र सकारात्मक सोच फैलाउने लक्ष्य राखिएको छ।

सिट बुकिङ तथा जानकारीका लागि सम्पर्क

०१–५४३८३९१
०१–५४५८७८४
९८५१००२२५१
९८५११५३०६०
९८५१२४०१४३
मञ्च व्यवस्थापक: प्रसिज घिमिरे
प्रकाश परिकल्पना: उज्जवल साईपोम राई
विशेष सहयोगी: भोल्युन्टर सन्ध्या नेपाल, धिरेन तथा अन्य ।
यस नाटकको मिडिया पार्टनर को रुपमा अदृश्य संचार मिडिया रहेको छ।

Share Post on Social media