बनेपामा ‘एक चिहान’ नाटकको विशेष मञ्चन र उत्कृष्ट प्रतिक्रिया

काभ्रेपलान्चोक, बनेपा – साहित्यकार हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ को नाटक सोमबार बनेपा पुल बजारस्थित हलमा विशेष रूपमा मञ्चन भएको छ। यस कार्यक्रममा ज्ञानकुन्ज कलेज र निस्ट कलेजका शिक्षक र विद्यार्थीहरू सहभागी थिए।

नाटक १२ कक्षाको पाठ्यक्रममा समावेश भएकाले विद्यार्थीहरूले सजिलै बुझ्न सकुन् भनी उपन्यासलाई नाट्य रूपान्तरण गरेर मञ्चन गरिएको थियो। यसले विद्यार्थीहरूमा कथाको भाव र यथार्थ जीवनप्रति सहज समझ जगाउन मद्दत गरेको छ।

नाटकको निर्माता: कल्पना थापा
निर्देशक: सागर कार्की
व्यवस्थापन टिम: राजु खतिवडा, सन्तोष ढकाल लगायतको टोली

नाटकमा जेबी डिसी, मदन थापा, रीता थापा, सानु पाण्डे, आशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, विप्लव खड्का, उज्जवल राई, समिर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कँडेल, गोविन्द खड्का, रश्मि गुरुङ, अञ्जना दुलाल, प्रदिप विश्वकर्मा लगायत कलाकारहरूको अभिनयले दर्शकलाई मोहित बनाएको थियो।

नेपाली किसान र मजदुरको जीवन, नेवार समुदायको पारिवारिक परिवेश, गरिबी, बाध्यता र विवशताको यथार्थ प्रस्तुत गर्ने यस नाटकले बजारमा उत्कृष्ट प्रतिक्रिया पाएको छ। ओजस थिएटरको प्रस्तुती जताततै उच्च सराहनीय भएको उल्लेख गरिएको छ।

Share Post on Social media