प्रभात पाल र स्मारिका ढकाल अभिनित ‘मुगलान’को ‘मेरो प्रियतम’ गीत सार्वजनिक
काठमाडौं : आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली फिल्म ‘मुगलान’को नयाँ गीत ‘मेरो प्रियतम’ सार्वजनिक गरिएको छ। सोमबार रिलिज गरिएको उक्त गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाललाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ, जोडीलाई निकै आकर्षक र सुहाउने केमिस्ट्री देखिन्छ।


गीतमा प्रताप दास र बेनिशा पौडेलको मधुर स्वर सुन्न सकिन्छ भने गीतका शब्द सिर्जना लम्सालले लेखेकी हुन्। आकर्षक संगीत किरण भुसालको रहेको छ भने रिदम कँडेलले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्। मनमोहक दृश्यसँग सजिएको भिडियोमा कोरियोग्राफी देबेन्द्र कुँवर र छायांकन अजय रेग्मीको छ।
यसअघि सार्वजनिक ‘पिन्टु पियारी’ गीत दर्शकले निकै मन पराएका थिए, जसका कारण ‘मुगलान’प्रति दर्शकको उत्साह झनै बढेको छ।
रिहान प्रोडक्सनको ब्यानरमा तयार भएको फिल्ममा प्रभात र स्मारिकाका साथै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब. पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ।
फिल्मको लेखन तथा निर्देशन आशिष ढकालले गरेका हुन्। निर्माता गोमन सिंहको यो डेब्यु निर्माण हो भने रिता चौधरी सह–निर्माताका रूपमा रहेको छन्।
फिल्ममा सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन जय बिष्ट र राम गुरु, र डीओपी अजय रेग्मी रहेका छन्।
गीतमा स्वर शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी)का छन्। गीत लेखनमा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) संलग्न छन्।
फिल्मलाई आर आर फिल्मस्ले वितरण गर्नेछ।
‘मेरो प्रियतम’ गीतलाई Yuna Entertainment युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्