मुईन इन्टरटेन्मेन्टको तीज गीत ‘आइन हो आमा’ सार्वजनिक
काठमाडौँ – तीजको अवसर पारेर मुईन इन्टरटेन्मेन्टले नयाँ तीज गीत ‘आइन हो आमा’ सार्वजनिक गरेको छ । श्रावण ३१ गते (१६ अगस्ट २०२५) युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा आमाप्रतिको सम्झना र चेलीले मनमा बोकेको पीडालाई मार्मिक रूपमा चित्रण गरिएको छ ।



कृष्ण भारद्वाज को शब्द–संगीतमा तयार भएको गीतमा लोकप्रिय गायिका एलिना चौहानको आवाज रहेको छ ।
गीतलाई मदन खड्काले निर्देशन गरेका हुन् भने सन्तोष गौतम र चन्जु राईले निर्माण गरेका हुन् ।
भिडियोमा रुशा न्यौपाने र राजकुमार सिंहको अभिनय रहेको छ ।
गीतको छायांकन प्रकाश खड्का र सम्पादन सुजन कोईरालाले गरेका हुन् ।
मेकअप आर्टिस्ट सबिना गुरुङले मेकअपको जिम्मेवारी सम्हालेकी छिन् ।
गीत डायनामिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, जसको रेकर्डिस्ट लक्ष्मण सेन्चुरी रहेका छन्, भने संगीत संयोजन बिमल छिनालले गरेका हुन् ।
भावनात्मक प्रस्तुतिमा आधारित यस गीतले श्रोता तथा दर्शकको सकारात्मक प्रतिक्रिया पाउन थालेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्