भूकम्प–सुरक्षित वातावरण मैत्री डोम हाउस प्रवर्द्धनमा अभिनेत्री बेनिशा हमाल ‘ब्रान्ड एम्बासडर’
काठमाडौं – विभिन्न क्षेत्रमा बस्ने गैर–आवासीय नेपाली (Non-Resident Nepali) सँगको सम्बन्धलाई सुदृढ गर्दै, नेपाली भाषा, भाइचारा, संस्कृति र बौद्धिक–प्राविधिक क्षमता विस्तार गर्ने उद्देश्यका साथ स्थापित IDEA FOR WORLD DREAMS COME TRUE ले नेपालमा दिगो र सुरक्षित आवास प्रवर्द्धनका लागि विशेष पहल थालेको छ।


सन् २००० तिर स्थापना भएको यस संस्थाले साझा ज्ञान, नवीनता र दिगो परियोजनाहरू मार्फत विश्वव्यापी परिवेशमा सकारात्मक योगदान पुर्याउँदै आएको छ। भूकम्पपछिको पुनर्निर्माण र दिगो आवास समाधानको आवश्यकता महसुस गर्दै, संस्थाले हाल डोम हाउस (गुम्बज घर) र राउन्ड क्याप्सुल हाउस (गोल घर) निर्माणमा ध्यान केन्द्रित गरेको छ।




संस्थाका अनुसार डोम हाउस लामो समय टिक्ने, हलुका तर बलियो, तुलनात्मक रूपमा सस्तो, ऊर्जा–सक्षम, र वातावरणमैत्री प्रविधिमा आधारित हुन्छन्। यी संरचनाहरू भूकम्प, आँधी–हुरी, उच्च तापमान तथा अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन्छन्। आवासीय, व्यावसायिक, शैक्षिक, कृषि तथा सामुदायिक प्रयोजनका साथै आपत्कालीन आवासका लागि पनि यसको प्रयोग सम्भव छ।
यस परियोजनाको जनचेतना र प्रवर्द्धनका लागि चर्चित नेपाली अभिनेत्री बेनिशा हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरिएको छ।
IDEA For World का Head of Technical Department With Marketing खगेन्द्र श्रेष्ठ का अनुसार:-बेनिशा हमालको लोकप्रियता र सामाजिक जिम्मेवारीप्रति लगावले यो अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न ठूलो मद्दत पुर्याउनेछ।
श्रेष्ठले थपे, “डोम हाउसको नमुना संरचना नेपालका विभिन्न प्रदेशमा निर्माण गरेर यसको प्रभावकारिता परीक्षण गरिनेछ, त्यसपछि व्यवहारिक कार्यान्वयन सुरु हुनेछ।” IDEA For World ले जानकारी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्