निकै व्यंग्यात्मक गाइजात्रा ‘ड्यामड्याम’ (भिडियोसहित)

“हरि ओम विष्णु विष्णु — नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु!”

यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, बरु चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को एक झलक हो, जसले यतिबेला सामाजिक सञ्जालमा धमाकेदार चर्चा पाइरहेको छ।

श्राद्ध ब्राह्मणको भेषमा देखिएका रुपाखेतीले “जसो जसो जजमान, तसो तसो स्वाहा” भन्दै संसदमा बोल्न नसक्ने, निदाउने र अनावश्यक उफ्रिने नेतामाथि तिखो कटाक्ष गरेका छन्। उनी “सिस्नु पानीले हान्नु नम!” भन्न पनि पछि परेका छैनन्।

रुपाखेतीका अनुसार ‘ड्यामड्याम’ केवल हाँसोको लागि नभई राजनीतिक चेतना जगाउने र दलगत स्वार्थविरुद्ध प्रहार गर्ने उद्देश्यले तयार पारिएको हो।

“यो नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो,” — दमन रुपाखेती

दमन रुपाखेतीको निर्देशनमा तयार भिडियोमा उत्तम अर्याल ‘कोदे’, मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझीको दमदार अभिनय देख्न सकिन्छ।

निर्माता दिलिप ढकाल रहेको यस भिडियोको छायांकन सागर खड्का र सम्पादन सुस्मा जिम्वाले गरेका हुन्। आजै सार्वजनिक भएको यो भिडियोले युट्युब र फेसबुकमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

Share Post on Social media