बहुविवाह बहसबीच सार्वजनिक तीज गीत ‘भयो डामाडोल’

काठमाडौं – युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा नयाँ तीज गीत “भयो डामाडोल” सार्वजनिक भएको छ। हाल बहुविवाहलाई मान्यता दिने मस्यौदा तयार भएर बहस भइरहेका बेला सोही विषयलाई छोप्दै गीतले “घरकी भन्दा बाहिरकी राम्री” लागेको परिस्थितिको कथावाचन गरेको छ।

गीतको शब्द प्रतिमा शर्मा चपाईले लेखेकी हुन् भने संगीत सूर्य खड्काले भरेका छन्। संगीत संयोजन याम थापा मगरले गरेका छन्। रमाइलो नृत्य प्रस्तुत गरिएको भिडियोको कोरियोग्राफी र निर्देशन शिवम पोखरेलको रहेको छ।

भिडियोमा निर्मल क्षेत्री, रिना थापा, सिला पाण्डे र बिमल बस्नेतको नृत्य देख्न सकिन्छ। छायांकन सरोज शाही र उमेश बहादुर शाहले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्। शृंगारको जिम्मा सरिता प्रजापतिले सम्हालेकी छन्।

तीजमा नाच्न लायक गीतहरूको खडेरी रहेको अवस्थामै आएको यो गीतले उत्साह र आशा जगाएको निर्माण पक्षको विश्वास छ।

Share Post on Social media