नयाँ नेपाली सेलो गीत ‘च्याङ्बाको बोली सारे मिठो’ सार्वजनिक
काठमाडौं – नेपाली मौलिकता र तामाङ सांगीतिक स्वाद बोकेको नयाँ सेलो गीत ‘च्याङ्बाको बोली सारे मिठो’ सार्वजनिक गरिएको छ। सुनिता कार्कीको प्रस्तुति रहेको यो गीतमा जीवन बम्जन तामाङ र सुनिता कार्कीले स्वर दिएका छन्।

गीतको शब्द पनि गायिका सुनिता कार्कीले नै लेखेकी हुन्। संगीत र एरेन्जमेन्ट बिक्कल खड्काले गरेका छन् भने मिक्सिङ र मास्टरिङ दीप घटानीले गरेका छन्।
सागर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुस्मिता कट्वाल, अस्मिता कार्की र प्रभात लामा सहयोगी कलाकारको रूपमा सहभागी छन्।
सार्वजनिक भएको केही घण्टामै गीतले दर्शक तथा श्रोताको ध्यान तानेको छ। लोकपप धारमा तयार पारिएको यो गीतलाई २०८२ सालको नयाँ सिर्जनाको रूपमा प्रस्तुत गरिएको छ।
गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ। निर्माताहरूले गीतले मौलिक नेपाली भाकालाई पुनः लोकप्रिय बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्