‘ढाट्यो मायाले’ गीतका लागि सुमी पराजुलीलाई “Best Emotional Vocalist – Global Star Award 2025”
काठमाडौं, श्रावण १२।
नेपाली संगीत क्षेत्रकी उदीयमान गायिका सुमी पराजुलीले चर्चित गीत ‘ढाट्यो मायाले’ बाट “ग्लोबल स्टार अवार्ड २०२५” अन्तर्गत Best Emotional Vocalist को अवार्ड प्राप्त गरेकी छन्।

यस प्रतिष्ठित सम्मान कार्यक्रममा उनलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालको हातबाट सम्मानित गरियो। गायनमा देखिएको गहिरो भावना, मिठो स्वर र प्रस्तुति शैलीका कारण सुमीले सो अवार्ड प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ।
‘ढाट्यो मायाले’ बोलको गीतले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुल्न सफल भएको थियो। गीतको भावनात्मक गहिराइ र सुमीको समर्पित गायनले दर्शक तथा श्रोताको मन जितेको छ। यही गीतका कारण उनले Best Emotional Vocalist को रूपमा यो वर्षको अवार्ड हात पारेकी हुन्।
सम्मान ग्रहण गरेपछि गायिका सुमी पराजुलीले आफ्नो सामाजिक सञ्जालमा लेखिन्:
“पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको हातबाट ‘ढाट्यो मायाले’ बोलको गीतबाट ‘Best Emotional Vocalist – Global Star Award 2025’ ग्रहण गर्ने अवसर पाउँदा गर्व र खुशी छु। यो सम्मान तपाईंहरू सबैको माया र विश्वासको उपहार हो। सधैं साथ र समर्थनका लागि धन्यवाद।”
नेपाली संगीतप्रेमीहरू माझ आफ्नो स्वभाविक गायन र सरल प्रस्तुति शैलीका कारण लोकप्रिय बन्दै गरेकी सुमी पराजुलीको यो सफलता आगामी दिनमा उनको सांगीतिक यात्राका लागि थप प्रेरणादायी बन्ने विश्वास लिइएको छ।
ग्लोबल स्टार अवार्ड ले हरेक वर्ष कला, संगीत, साहित्य, अभिनय लगायतका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। आयोजकका अनुसार यो अवार्ड सुमी पराजुलीलाई ‘ढाट्यो मायाले’ गीतमा देखिएको भावनात्मक गायनका लागि प्रदान गरिएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस्