‘रियाल रिङ्गेट’ को ‘आमा’ गीत सार्वजनिक, प्रवासी नेपालीको पीडा बोल्ने प्रयास
काठमाडौं, साउन ११ — साउन १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को ‘आमा’ शीर्षकको गीत सार्वजनिक भएको छ। गीतमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्ने मानसिक र भावनात्मक संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा गायक रामचन्द्र काफ्लेको आवाज सुन्न सकिन्छ। मदन पुरस्कार विजेता अमर न्यौपानेले लेखेको यस गीतमा संगीत पनि काफ्लेकै रहेको छ भने संगीत संयोजन किरण तुलाधरले गरेका छन्।
गीतमार्फत प्रवासी युवाहरूको मनोदशा, आमाको सम्झना, र परदेशमा बितेका कठिन पलहरूलाई गहिरो भावनासहित चित्रण गरिएको छ। गीतले फिल्मको मूल कथा र भावनालाई उजागर गर्ने उद्देश्य बोकेको निर्माण पक्षको भनाइ छ।
‘रियाल रिङ्गेट’ फिल्मको नाम खाडी मुलुक तथा मलेसियाको मुद्रा रियाल र रिङ्गेटबाट प्रेरित छ। यी दुई मुलुकमा लाखौँ नेपाली श्रमिक कार्यरत छन्, र फिल्ममा उनीहरूको यथार्थ जीवनका संघर्षहरू उतारिएको छ।
फिल्ममा प्रमोद चौलागाईं र निता ढुंगाना मुख्य भूमिकामा छन्। साथमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, रामचन्द्र अधिकारी, रियर राई, सन्दीप तामाङ, सीमा केसी, विमला गिरी लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ।
फिल्मको निर्देशन विभोर पोखरेलले गरेका हुन्। कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायांकन हरि घले, सम्पादन विपिन मल्ल, ब्याकग्राउन्ड स्कोर किरण तुलाधर र कोरियोग्राफी राजीव समरको रहेको छ।
‘रियाल रिङ्गेट’ ले परदेशमा पसिना बगाउँदै आस्थाले भरिएका नेपालीहरूको कथा दर्शकसमक्ष पुर्याउने अपेक्षा गरिएको छ।‘रियाल रिङ्गेट’ को ‘आमा’ गीत सार्वजनिक, प्रवासी नेपालीको पीडा बोल्ने प्रयास
काठमाडौं, साउन ११ — साउन १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को ‘आमा’ शीर्षकको गीत सार्वजनिक भएको छ। गीतमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्ने मानसिक र भावनात्मक संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
गीतमा गायक रामचन्द्र काफ्लेको आवाज सुन्न सकिन्छ। मदन पुरस्कार विजेता अमर न्यौपानेले लेखेको यस गीतमा संगीत पनि काफ्लेकै रहेको छ भने संगीत संयोजन किरण तुलाधरले गरेका छन्।
गीतमार्फत प्रवासी युवाहरूको मनोदशा, आमाको सम्झना, र परदेशमा बितेका कठिन पलहरूलाई गहिरो भावनासहित चित्रण गरिएको छ। गीतले फिल्मको मूल कथा र भावनालाई उजागर गर्ने उद्देश्य बोकेको निर्माण पक्षको भनाइ छ।
‘रियाल रिङ्गेट’ फिल्मको नाम खाडी मुलुक तथा मलेसियाको मुद्रा रियाल र रिङ्गेटबाट प्रेरित छ। यी दुई मुलुकमा लाखौँ नेपाली श्रमिक कार्यरत छन्, र फिल्ममा उनीहरूको यथार्थ जीवनका संघर्षहरू उतारिएको छ।
फिल्ममा प्रमोद चौलागाईं र निता ढुंगाना मुख्य भूमिकामा छन्। साथमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, रामचन्द्र अधिकारी, रियर राई,सुवास सिंह ठ्कुरी , सन्दीप तामाङ, सीमा केसी, विमला गिरी लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ।
फिल्मको निर्देशन विभोर पोखरेलले गरेका हुन्। कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायांकन हरि घले, सम्पादन विपिन मल्ल, ब्याकग्राउन्ड स्कोर किरण तुलाधर र कोरियोग्राफी राजीव समरको रहेको छ।
‘रियाल रिङ्गेट’ ले परदेशमा पसिना बगाउँदै आस्थाले भरिएका नेपालीहरूको कथा दर्शकसमक्ष पुर्याउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्