कमेडी सिरियल ‘मिस्टर हस्बेन्ड एन्ड श्रीमती ज्यु’ सार्वजनिक

काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रमा निरन्तर नयाँ प्रयोगहरू भइरहेका छन् । यसैबीच, निर्देशक उत्तम केसी को नयाँ हास्य टेलिश्रृंखला ‘मिस्टर हस्बेन्ड एन्ड श्रीमती ज्यु’ सार्वजनिक भएको छ ।

चुईचुई पारेर टिभी युट्युब च्यानलमार्फत श्रावण ६ गतेदेखि प्रसारण सुरु भएको यो श्रृंखलाले पहिलो भागमै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

सिरियलले श्रीमान–श्रीमतीबीचको सम्बन्ध, झगडा, मेलमिलाप, माया र व्यवहारलाई हल्का फुर्काे तर गहिरो व्यङ्ग्यशैलीमा प्रस्तुत गर्दै मनोरञ्जन दिइरहेको छ ।

मुख्य भूमिकामा कमल प्रसाद भट्ट, उत्सव केसी, पवित्रा कुँवर र आयुष दाहाल रहेका छन् । उनीहरूले दाम्पत्य जीवनका उतारचढाव र रमाइला पक्षहरूलाई जीवन्त अभिनयमार्फत दर्शकसामु प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् ।

दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेका यस सिरियलमा सुमन फुयाल कार्यकारी निर्माता हुन् । छायांकन ज्ञान कुमार कटेल, सम्पादन साजन घले, र व्यवस्थापन किरण केसी को जिम्मेवारीमा रहेको छ ।

निर्देशक केसीका अनुसार, “सिरियलले केवल हँसाउने मात्र होइन, पारिवारिक सम्बन्धमा देखिने मनमुटाव र संवादहीनतालाई पनि व्यङ्ग्य शैलीमा उजागर गर्ने प्रयास गरेको छ ।”

प्रत्येक हप्ता मंगलबार चुईचुई पारेर टिभी च्यानलमा नियमित प्रसारण हुने यस श्रृंखलाले दर्शकहरूलाई हँसाउने मात्र होइन, सोच्न बाध्य बनाउने सामाजिक सन्देशसमेत बोकेको अपेक्षा गरिएको छ ।

Share Post on Social media