तीजको सन्दर्भमा समाजिक यथार्थ उजागर गर्ने ‘घर झगडा ८’ सार्वजनिक
काठमाडौं – हिन्दू नारीहरूले श्रद्धा, समर्पण र परिवारको दीर्घायुको कामनासहित मनाउने तीज पर्वको सन्दर्भमा निर्माण गरिएको सामाजिक यथार्थ झल्काउने भिडियो ‘घर झगडा ८’ सार्वजनिक भएको छ।

यज्ञ सापकोटा प्रस्तुत ‘घर झगडा ८’ लाई मदन खड्काले निर्देशन गरेका हुन्। तीज पर्वलाई धार्मिक, सांस्कृतिक र आस्थासँग जोडेर महिलाको संघर्ष, समर्पण र पारिवारिक उल्झनलाई समेटिएको यो भिडियोले समाजमा भइरहेको वास्तविकता उजागर गरेको छ।
भिडियोमा यज्ञ सापकोटा, शुशिला थापा, टंक डुम्रे, अनिता थापा, कुमार भारती, गीताञ्जली योगी लगायत कलाकारहरूको अभिनय रहेको छ। बालकलाकारमा रसुना गौतम र आयुष गौतमले अभिनय गरेका छन्।
गीतमा यज्ञ सापकोटा, टिका सानु, उदयराज दुम्रे र सुमन थापाको स्वर रहेको छ भने शिव हमालको शब्द रचना तथा यज्ञ सापकोटाको संगीत रहेको छ। एरेन्ज याम थापाको रहेको छ।भिडियोलाई टकं के सी ले छायांकन गरेका हुन् भने सम्पादन रोजित महर्जनको रहेको छ।
‘घर झगडा ८’ लाई अकला देवी म्युजिक प्रा.लि. मार्फत युट्युब च्यानल Yagya Sapkota मा सार्वजनिक गरिएको छ। भिडियोले तीज जस्तो पवित्र पर्वको माध्यमबाट सामाजिक विकृति, पारिवारिक कलह र नारी पीडालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
भिडियोमा देखाइएका विषयहरू आजको समाजमा घटिरहेका वास्तविकता हुन्। निर्देशक मदन खड्काले तीजको मूल भावना भुलिंदै गएको वर्तमान समाजमा महिलाको अधिकार, पीडा र संघर्षलाई उजागर गर्न खोजेका छन्।
पक्कै पनि यो भिडियोले दर्शकको मन छुने विश्वास लिइएको छ।
© Adrisya Sanchar

आफ्नो प्रतिक्रिया दिनुहोस्