चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा, कमेडी जनरामा नयाँ प्रयास
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा नयाँ चलचित्र निर्माणको लहर तीव्र रूपमा बढिरहेको छ। यसै क्रममा निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ कमेडी चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ।

चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै यसको निर्माण घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा हिलो बाटोमा रोकिएको गाडी, र त्यो बाटोमा काम गरिरहेको एक व्यक्तिसँग संवाद गरिरहेको दृश्य देखाइएको छ, जसले ग्रामीण परिवेशमा आधारित कथाको संकेत दिन्छ।
ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा हेमन्त बस्नेतले लगानी गरेका छन् भने, कार्यकारी निर्माताको भूमिकामा इश्वर वल्लव उप्रेती रहेका छन्। फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका हुन्।
निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुने तयारीमा छ। हाल कलाकार छनोटको प्रक्रिया जारी रहेको निर्माण पक्षले जानकारी दिएको छ।
कमेडी जनरामा आधारित यो चलचित्रले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाली सिनेमामा बढ्दो कमेडी धारलाई यो फिल्मले अझ सशक्त बनाउने विश्वास गरिएको छ।
© २०२५ | अदृश्य सञ्चार

आफ्नो प्रतिक्रिया दिनुहोस्