‘नेपालको ब्युटी चिनाउने अवसर हो’ — मिस युनिभर्स नेपाल २०२५लाई प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौँ, साउन १ — सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ का लागि देशभर अडिसन धमाधम भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगितामा सहभागी युवतीहरूलाई शुभकामना दिएका छन्।

पूर्वी नेपालका विभिन्न स्थानमा भइरहेको अडिसनका बीच प्रधानमन्त्री ओलीले भद्रपुर विमानस्थलमा प्रतियोगिता आयोजक टिमसँग भेट गर्दै आफ्नो शुभकामना व्यक्त गरेका हुन्। भेटमा ग्लोबल ग्ल्यामर भेन्चरकी संगीता पुरी, मिस युनिभर्स नेपाल २०२४ विजेता सम्पदा घिमिरेसहितको टिम सहभागी थियो।

प्रधानमन्त्री ओलीले भने,

“अन्तर्राष्ट्रिय स्तरको मिस युनिभर्स प्रतियोगिताको अडिसन दमकमा आयोजना भइरहेको थाहा पाउँदा खुसी लागिरहेको छ।
नेपाललाई चिनाउने, नेपालको ब्युटी र ट्यालेन्ट देखाउने उत्कृष्ट अवसर हो यो। हाम्रो चेलीहरूले यसलाई राम्ररी सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास छ।”

यस वर्षको अडिसन झापाको दमक र विराटनगरमा सम्पन्न भइसकेको छ। आयोजकका अनुसार पूर्वका यी दुई ठाउँमा ४० जनाले अडिसन दिएका छन् भने अब चितवन, पोखरा, बुटवल लगायतका शहरहरूमा अडिसनको तयारी भइरहेको छ।

Share Post on Social media