‘मैझारो’ फिल्मको छायांकन इलामबाट सुरु, ‘तक्मेबुढा’को निर्देशनमा फिचर डेब्यु

इलाम, साउन १ – नेपाली सिने क्षेत्रका लोकप्रिय हास्य कलाकार विल्सन विक्रम राई (तक्मेबुढा) निर्देशनमा डेब्यु गर्दै आफ्नो पहिलो फिचर फिल्म ‘मैझारो’ को छायांकन इलामबाट औपचारिक रूपमा सुरु गरेका छन्।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यो फिल्मले पूर्वी पहाडी भेगको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ प्रस्तुत गर्नेछ। फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंले सम्हालेका छन्।

छायांकन इलाम र पाँचथरका विभिन्न रमणीय स्थानहरूमा हुने जनाइएको छ।
फिल्ममा अभिनय रहने कलाकारहरूमा:

धिरज मगर

मिरुना मगर

दिया पुन

सुनिल थापा

कविता आले

पुस्कर गुरुङ

अभयराज बराल

उदय सुब्बा

बुद्धि तामाङ

रजनी गुरुङ

विशाल लिम्बू

सुभाष सिंह ठकुरी
लगायतका कलाकारहरू रहेका छन्।

🎵 संगीत संयोजन अनमोल गुरुङ र तोरेम्पा हाङ राईले गरिरहेका छन्। गीतहरूमा राजेशपायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङ लगायतका गायक-गायिकाको स्वर रहनेछ।

🎥 छायांकन निर्देशक सौरभ लामा रहेका छन्।
यसअघिसम्म हास्य तथा सांगीतिक सामग्री निर्माण गर्दै आएको ‘तक्मे प्रोडक्सन’ले ‘मैझारो’मार्फत फिचर फिल्म क्षेत्रमा औपचारिक प्रवेश गरेको हो।

‘मैझारो’ ले पूर्वी पहाडको मौलिकता, कथा र दृश्यमार्फत दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ।

Share Post on Social media