कमेडी र सस्पेन्सले भरिएको ‘चमेलीको पोई’ को फर्स्टलुक सार्वजनिक, प्रदर्शन चैत १३ गते राम नवमीमा

काठमाडौँ, असार ३२ – निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘चमेलीको पोई’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले राम नवमीको अवसर पारेर चैत १३ गते (Ram Navami)लाई चलचित्रको रिलिज मिति घोषणा गरेको हो।

बुधवार काठमाडौँको नारायणथानमा आयोजना गरिएको विशेष समारोहमा चलचित्रका तीन फरक पोस्टरहरू सार्वजनिक गरियो।
तीनमध्ये एक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तानिरहेको देखिन्छ, जुन दृश्यले हास्यको संकेत गर्छ। अर्को पोस्टरमा सुरक्षाले बन्दुक बोकेकी छन् भने मुकुनले एउटा हातमा ठेकी र अर्कोमा गुलाबको फूल समातेका छन्। तेस्रो पोस्टरमा भने चलचित्रका लगभग सबै कलाकारहरू देखिएका छन्, जसमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको दृश्य पनि समावेश छ।

पोस्टरहरुले नै चलचित्र कमेडी र सस्पेन्सको समिश्रण रहेको झल्को दिन्छ।

कलाकार र निर्माण टिम:

चलचित्रमा मुख्य भूमिकामा मुकुन भुसाल र सुरक्षा पन्त छन्।
साथै नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरीलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनिता सापकोटा र राम नारायण उपाध्यायले लगानी गरेका छन्।
उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता हुन् भने धनकुमारी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर हुन्।

सह-निर्मातामा यम ओली, सुदिप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य र प्रदीपकुमार सापकोटा छन्।

प्राविधिक पक्ष:

छायांकन: शेर बहादुर तामाङ

सम्पादन: बन्दे साह र सुजन वडाल

संगीत: राजनराज सिवाकोटी

कोरियोग्राफी: कविराज गहतराज

एक्सन: कुमार महर्जन

चलचित्रको वितरण अधिकार RR Filmsले लिएको छ।

‘चमेलीको पोई’ एक हास्यरस प्रधान चलचित्र भए पनि कथामा सस्पेन्स र सामाजिक सन्देशको झझल्को पाइने अनुमान गरिएको छ। राम नवमीको उपलक्ष्यमा रिलिज हुन लागेको चलचित्रले पारिवारिक दर्शक र हास्यप्रेमीहरूलाई लक्षित गरेको देखिन्छ।

Share Post on Social media